singel post top banner

सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी; नागरिकता प्राप्त गर्न नयाँ मार्ग

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, माघ २०, २०८२
194 Views
सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी; नागरिकता प्राप्त गर्न नयाँ मार्ग
समाचार सारांश
  • सर्लाही — जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलो पटक आमाको नाममा नागरिकता जारी गरेको छ।
  • सोमबार यहाँको लालबन्दी नगरपालिका–७ का राम मनोहर गुप्तालाई जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता प्रदान गरेको हो।

सर्लाही — जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलो पटक आमाको नाममा नागरिकता जारी गरेको छ। सोमबार यहाँको लालबन्दी नगरपालिका–७ का राम मनोहर गुप्तालाई जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता प्रदान गरेको हो।

नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन र नागरिकता नियमावली, २०६३ का चौथो संशोधनका आधारमा बाबु विदेशी र आमा नेपाली भएका गुप्तालाई अङ्गीकृत नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कँडरियाले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी कँडरियाका अनुसार, “ऐन र नियमावली संशोधनपछि जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट सोमबार पहिलोपटक नागरिकता जारी गरेको हो। यसबाट बुबाको अत्तोपत्तो नभएका, विदेशी बुवा र नेपाली आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नेपाली नागरिकता प्राप्त गर्न सक्ने मार्ग खुल्दछ।” यस कदमले जिल्लाका धेरै नागरिकता विहीन नेपाली सन्तानको समस्या समाधान हुने अपेक्षा गरिएको छ।

संशोधन ऐनअनुसार, जिल्ला प्रशासनले दुई हप्ता अगाडि नै सबै पालिकामा परिपत्र गरेको र सोहीअनुसार प्रक्रिया पूरा गरी नागरिकता जारी गरिएको प्रजिअ कँडरियाले बताए।

नागरिकता नभएको कारण शिक्षाका अवसर र रोजगारीमा समस्या परिरहेका व्यक्तिहरूलाई अब समाधान मिल्ने विश्वास व्यक्त गरिएको छ। बैंक खातादेखि टेलिफोन सिमकार्ड प्रयोग गर्न नपाउने जस्ता समस्या पनि समाधान हुने अपेक्षा गरिएको छ।

गुप्ताले नागरिकता प्राप्त गरेपछि भने, “आजदेखि आधिकारिक रूपमा म नेपाली नागरिक भएको छु। नेपाली नागरिकबाट नेपाल भूगोलमा जन्मिएको सन्तानले आफूलाई नेपाली भन्दै करार गर्नुपरेको संघर्ष पीडादायी र चुनौतीपूर्ण छ।”

यस कदमले सर्लाही जिल्लाका नागरिकता समस्या समाधान र नेपाली नागरिकता प्राप्तिका नयाँ बाटो खोल्ने एउटा महत्वपूर्ण अध्याय हो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बझाङको दुर्गाथली गाउँपालिकामा भ्रष्टाचार मुद्दा, २२ लाखभन्दा बढी रकम फसुलीमा परेका आरोप
बझाङको दुर्गाथली गाउँपालिकामा भ्रष्टाचार मुद्दा, २२ लाखभन्दा बढी रकम फसुलीमा परेका आरोप
झापाका सरोज शर्मा हत्या प्रकरणमा उच्चस्तरीय अनुसन्धान गर्ने इन्स्पेक्टर केसी ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा
झापाका सरोज शर्मा हत्या प्रकरणमा उच्चस्तरीय अनुसन्धान गर्ने इन्स्पेक्टर केसी ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा
काठमाडौँ देखि धनगढी जाँदै गरेको बसको दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
काठमाडौँ देखि धनगढी जाँदै गरेको बसको दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
सिरहामा बस र मोटरसाइकलको टक्कर: २ युवकको मृत्यु, १ घाइते
सिरहामा बस र मोटरसाइकलको टक्कर: २ युवकको मृत्यु, १ घाइते
काठमाडौँमा तोडफोड र आगजनी गरेको आरोपमा एक व्यक्ति पक्राउ
काठमाडौँमा तोडफोड र आगजनी गरेको आरोपमा एक व्यक्ति पक्राउ
सेयर बजारमा उछाल, बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीको सहमतिले उत्साह बढ्यो
सेयर बजारमा उछाल, बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीको सहमतिले उत्साह बढ्यो
गाजामा मानवतावादी संकट गहिरिँदै: उद्धार टोली सक्रिय
गाजामा मानवतावादी संकट गहिरिँदै: उद्धार टोली सक्रिय
टेलर स्विफ्टको रेकर्डै रेकर्ड, बिलबोर्डको सबै सूची कब्जा
टेलर स्विफ्टको रेकर्डै रेकर्ड, बिलबोर्डको सबै सूची कब्जा
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
मन्त्रालय र काउन्सिलको टोली राजविराज जाँदै: अस्पतालबाहिर सुत्केरी घटनाको छानबिनको तयारी
मन्त्रालय र काउन्सिलको टोली राजविराज जाँदै: अस्पतालबाहिर सुत्केरी घटनाको छानबिनको तयारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?