singel post top banner

सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी; नागरिकता प्राप्त गर्न नयाँ मार्ग

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, माघ २०, २०८२
228 Views
सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी; नागरिकता प्राप्त गर्न नयाँ मार्ग
समाचार सारांश
  • सर्लाही — जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलो पटक आमाको नाममा नागरिकता जारी गरेको छ।
  • सोमबार यहाँको लालबन्दी नगरपालिका–७ का राम मनोहर गुप्तालाई जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता प्रदान गरेको हो।

सर्लाही — जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलो पटक आमाको नाममा नागरिकता जारी गरेको छ। सोमबार यहाँको लालबन्दी नगरपालिका–७ का राम मनोहर गुप्तालाई जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता प्रदान गरेको हो।

नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन र नागरिकता नियमावली, २०६३ का चौथो संशोधनका आधारमा बाबु विदेशी र आमा नेपाली भएका गुप्तालाई अङ्गीकृत नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कँडरियाले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी कँडरियाका अनुसार, “ऐन र नियमावली संशोधनपछि जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट सोमबार पहिलोपटक नागरिकता जारी गरेको हो। यसबाट बुबाको अत्तोपत्तो नभएका, विदेशी बुवा र नेपाली आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नेपाली नागरिकता प्राप्त गर्न सक्ने मार्ग खुल्दछ।” यस कदमले जिल्लाका धेरै नागरिकता विहीन नेपाली सन्तानको समस्या समाधान हुने अपेक्षा गरिएको छ।

संशोधन ऐनअनुसार, जिल्ला प्रशासनले दुई हप्ता अगाडि नै सबै पालिकामा परिपत्र गरेको र सोहीअनुसार प्रक्रिया पूरा गरी नागरिकता जारी गरिएको प्रजिअ कँडरियाले बताए।

नागरिकता नभएको कारण शिक्षाका अवसर र रोजगारीमा समस्या परिरहेका व्यक्तिहरूलाई अब समाधान मिल्ने विश्वास व्यक्त गरिएको छ। बैंक खातादेखि टेलिफोन सिमकार्ड प्रयोग गर्न नपाउने जस्ता समस्या पनि समाधान हुने अपेक्षा गरिएको छ।

गुप्ताले नागरिकता प्राप्त गरेपछि भने, “आजदेखि आधिकारिक रूपमा म नेपाली नागरिक भएको छु। नेपाली नागरिकबाट नेपाल भूगोलमा जन्मिएको सन्तानले आफूलाई नेपाली भन्दै करार गर्नुपरेको संघर्ष पीडादायी र चुनौतीपूर्ण छ।”

यस कदमले सर्लाही जिल्लाका नागरिकता समस्या समाधान र नेपाली नागरिकता प्राप्तिका नयाँ बाटो खोल्ने एउटा महत्वपूर्ण अध्याय हो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

आरजु देउवाको दाबी: मेरो घरमा नोट जलेको छैन
आरजु देउवाको दाबी: मेरो घरमा नोट जलेको छैन
सप्तरीको भेटेरिनरी अस्पतालमा घुसजोकारी: अख्तियारले छापा मार्‍यो, कार्यालय प्रमुख र चालक नियन्त्रणमा
सप्तरीको भेटेरिनरी अस्पतालमा घुसजोकारी: अख्तियारले छापा मार्‍यो, कार्यालय प्रमुख र चालक नियन्त्रणमा
नेपाली सेनाको संरक्षण तथा जनचेतनामूलक कार्यक्रमले राष्ट्रिय निकुञ्ज र स्थानीय समुदायमा जागरूकता फैलाउँदै
नेपाली सेनाको संरक्षण तथा जनचेतनामूलक कार्यक्रमले राष्ट्रिय निकुञ्ज र स्थानीय समुदायमा जागरूकता फैलाउँदै
मधेश प्रदेशका १८ सरकारी कार्यालयमा छड्के अनुगमन, ७२ कर्मचारी कारबाहीमा
मधेश प्रदेशका १८ सरकारी कार्यालयमा छड्के अनुगमन, ७२ कर्मचारी कारबाहीमा
इन्डोनेसियाको पश्चिम जाभामा पहिरोमा कम्तीमा ७ को मृत्यु, ८२ जना बेपत्ता
इन्डोनेसियाको पश्चिम जाभामा पहिरोमा कम्तीमा ७ को मृत्यु, ८२ जना बेपत्ता
नेपालले जलवायु परिवर्तनविरुद्ध तत्काल कदम र न्यायको आह्वान गर्यो
नेपालले जलवायु परिवर्तनविरुद्ध तत्काल कदम र न्यायको आह्वान गर्यो
महोत्तरीसहित नेपालको जलस्रोत संकट गहिरिंदै, चुनावी प्रचारप्रसार प्रभावित
महोत्तरीसहित नेपालको जलस्रोत संकट गहिरिंदै, चुनावी प्रचारप्रसार प्रभावित
झापाको कमल गाउँपालिकामा मतदातामाथि आक्रमण, राजनीतिक दबाब र डर फैलिँदै
झापाको कमल गाउँपालिकामा मतदातामाथि आक्रमण, राजनीतिक दबाब र डर फैलिँदै
नर्सहरूको आन्दोलन: १५ बुँदे माग पूरा गर्न माग, जीवन रक्षाका लागि आवाज
नर्सहरूको आन्दोलन: १५ बुँदे माग पूरा गर्न माग, जीवन रक्षाका लागि आवाज
चोलेन्द्रशमशेर जबरा पक्राउ प्रकरण: एसएसपी सन्तोष खड्कालाई मानव अधिकार आयोगले बोलायो
चोलेन्द्रशमशेर जबरा पक्राउ प्रकरण: एसएसपी सन्तोष खड्कालाई मानव अधिकार आयोगले बोलायो
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?