singel post top banner

ठमेलमा गैरकानुनी बसोबास र शंकास्पद गतिविधिमा संलग्न १० बङ्गलादेशी नागरिक पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, भाद्र २३, २०८३
56 Views
ठमेलमा गैरकानुनी बसोबास र शंकास्पद गतिविधिमा संलग्न १० बङ्गलादेशी नागरिक पक्राउ
समाचार सारांश
  • काठमाडौं ।
  • ठमेल क्षेत्रको विभिन्न होटल र गेष्टहाउसमा गैरकानुनी रूपमा बसोबास गरिरहेको र शंकास्पद गतिविधि सञ्चालन गर्दै आएको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ।

काठमाडौं । ठमेल क्षेत्रको विभिन्न होटल र गेष्टहाउसमा गैरकानुनी रूपमा बसोबास गरिरहेको र शंकास्पद गतिविधि सञ्चालन गर्दै आएको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेल क्षेत्रबाट पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताएका छन्।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू गाजीपुर, भारतको गाजीपुर पुलिस स्टेशन गदबपुर घर भई हाल ठमेल बस्दै आएका हुन्। उनीहरूमा फहिमा अक्तार हसन (४६), महामुद (४८), महबूब हसन (४५), रेपोन मेहमूद (४९), एमडी–केरामोत अलीखान (३०), साहिदुर रहमान (३०), एमडी खलिलुर रहमान (५०), आरिफुर रहमान (२८), एमडी मारुफ मृधा (४२), र मोहम्मद हनिफ मियाँ (६४) रहेका छन्।

प्रहरीले उनीहरूलाई होटल ढाका एक्सप्रेस, होटल डि भेढा र होटल अलरहमानलगायतका स्थानबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबै व्यक्तिहरूलाई थप अनुसन्धान र आवश्यक कानूनी कारबाहीको लागि अध्यागमन विभागलाई सोपाइ गरिएको छ।

प्रशासनिक र सुरक्षा निकायहरूले यस्तो गैरकानुनी गतिविधिको गम्भीरता देखाउँदै यसप्रकारको गतिविधि नियन्त्रण गर्न कडा कदम चाल्ने बताएका छन्। यो कार्यवाहीले काठमाडौंमा शान्ति र सुरक्षा कायम राख्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

प्रदेश सरकारहरूले ४ महिनामा २१ अर्बभन्दा बढी खर्च
प्रदेश सरकारहरूले ४ महिनामा २१ अर्बभन्दा बढी खर्च
काठमाडौंमा आत्मदाह गर्ने गणेश नेपालीको परिवारले जाहेरी दिंदै
काठमाडौंमा आत्मदाह गर्ने गणेश नेपालीको परिवारले जाहेरी दिंदै
सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर साहको मृत्यु; सशस्त्र प्रहरीले भन्यो, दुई वटा सफारीमा आएर आक्रमण प्रयास
सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर साहको मृत्यु; सशस्त्र प्रहरीले भन्यो, दुई वटा सफारीमा आएर आक्रमण प्रयास
सर्लाहीमा उपचार क्रममा किशोरीको मृत्यु, चिकित्सक पक्राउ
सर्लाहीमा उपचार क्रममा किशोरीको मृत्यु, चिकित्सक पक्राउ
भारतीय सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा
भारतीय सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा
हुम्ला र भोजपुरबाहेक ७५ जिल्लामा घरदैलोमै राहदानी सेवा सुरु: मन्त्री पोखरेल
हुम्ला र भोजपुरबाहेक ७५ जिल्लामा घरदैलोमै राहदानी सेवा सुरु: मन्त्री पोखरेल
एफक्यान रोड रेस सम्पन्न: ४७१ धावकको सहभागीता, आर्मीका राजन रोकाय र पूर्णलक्ष्मी न्यौपाने पहिलो
एफक्यान रोड रेस सम्पन्न: ४७१ धावकको सहभागीता, आर्मीका राजन रोकाय र पूर्णलक्ष्मी न्यौपाने पहिलो
बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्ति मिल्न आवश्यक भएको बताए, बालेन सँग भेटवार्ता
बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्ति मिल्न आवश्यक भएको बताए, बालेन सँग भेटवार्ता
अमेरिकामा लामो सटडाउन अन्त्य, २०२६ को जनवरी ३१ सम्म सरकारी कामकाजको लागि बजेट स्वीकृत
अमेरिकामा लामो सटडाउन अन्त्य, २०२६ को जनवरी ३१ सम्म सरकारी कामकाजको लागि बजेट स्वीकृत
हङ्कङमा १२८ जनाको ज्यान जाने भयानक आगलागीपछि चीनभरि भवन सुरक्षा अभियान सुरू
हङ्कङमा १२८ जनाको ज्यान जाने भयानक आगलागीपछि चीनभरि भवन सुरक्षा अभियान सुरू
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?