ठमेलमा गैरकानुनी बसोबास र शंकास्पद गतिविधिमा संलग्न १० बङ्गलादेशी नागरिक पक्राउ
- काठमाडौं ।
- ठमेल क्षेत्रको विभिन्न होटल र गेष्टहाउसमा गैरकानुनी रूपमा बसोबास गरिरहेको र शंकास्पद गतिविधि सञ्चालन गर्दै आएको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौं । ठमेल क्षेत्रको विभिन्न होटल र गेष्टहाउसमा गैरकानुनी रूपमा बसोबास गरिरहेको र शंकास्पद गतिविधि सञ्चालन गर्दै आएको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेल क्षेत्रबाट पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताएका छन्।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू गाजीपुर, भारतको गाजीपुर पुलिस स्टेशन गदबपुर घर भई हाल ठमेल बस्दै आएका हुन्। उनीहरूमा फहिमा अक्तार हसन (४६), महामुद (४८), महबूब हसन (४५), रेपोन मेहमूद (४९), एमडी–केरामोत अलीखान (३०), साहिदुर रहमान (३०), एमडी खलिलुर रहमान (५०), आरिफुर रहमान (२८), एमडी मारुफ मृधा (४२), र मोहम्मद हनिफ मियाँ (६४) रहेका छन्।
प्रहरीले उनीहरूलाई होटल ढाका एक्सप्रेस, होटल डि भेढा र होटल अलरहमानलगायतका स्थानबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबै व्यक्तिहरूलाई थप अनुसन्धान र आवश्यक कानूनी कारबाहीको लागि अध्यागमन विभागलाई सोपाइ गरिएको छ।
प्रशासनिक र सुरक्षा निकायहरूले यस्तो गैरकानुनी गतिविधिको गम्भीरता देखाउँदै यसप्रकारको गतिविधि नियन्त्रण गर्न कडा कदम चाल्ने बताएका छन्। यो कार्यवाहीले काठमाडौंमा शान्ति र सुरक्षा कायम राख्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






