नेपाल–कतार सम्बन्ध प्रवर्द्धन: आर्थिक, पर्यटन र हवाई सहकार्यबारे छलफल
- काठमाडौँ — नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवद्र्धन र सहयोग आदानप्रदानका विषयमा महत्वपूर्ण छलफल भएको छ।
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बीन मोहम्मद अलि अल अन्सारीले भेटवार्तामा भाग लिएका थिए।
काठमाडौँ — नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवद्र्धन र सहयोग आदानप्रदानका विषयमा महत्वपूर्ण छलफल भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बीन मोहम्मद अलि अल अन्सारीले भेटवार्तामा भाग लिएका थिए। यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एम। ए। अलोबैदली र कतार एयरवेजका प्रतिनिधिहरूले समेत सहभागिता जनाएका थिए।
भेटघाटका क्रममा दुवै पक्षले नेपालको पर्यटन, लगानी र व्यापार विस्तारका लागि आवश्यक नीतिगत सुधारहरूमा जोड दिनुका साथै हवाई सम्पर्क विस्तार गर्न महत्वपूर्ण कदम चाल्ने सहमति जनाएका छन्। विशेष गरी, नेपाल र कतारबीच सिधा हवाई उडान संख्या बढाउने, नयाँ गन्तव्य थप्ने र सहकार्यका नयाँ अवसरहरू अन्वेषण गर्ने विषयमा विस्तृत छलफल भएको थियो।
मन्त्री सिन्हाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न अन्तर्राष्ट्रिय एयरलाइन्सको सक्रिय सहभागिता आवश्यक रहेको औंल्याएका थिए। उनले नेपालमा पर्यटन, लगानी र व्यापार प्रवद्र्धनका लागि सरकारले नीति र सहजीकरणमा जोड दिइरहेको जानकारी दिए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले नेपाल–कतारबीच पर्यटन, उड्डयन, होटल र पूर्वाधार क्षेत्रमा सम्भावनाहरू रहेको बताए। उनले कतारी लगानीकर्ताका लागि नेपालमा जलविद्युत्, पर्यटन, कृषि र सेवाका क्षेत्रमा आकर्षक अवसरहरू रहेको उल्लेख गरे।
कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एम। ए। अलोबैदलीले दीर्घकालीन आर्थिक सहकार्य र निजी क्षेत्रको चासो व्यक्त गर्दै, उड्डयन र पर्यटनले दुई देशबीचको व्यापार र जनस्तरको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे।
यस भेटघाटले नेपाल–कतार सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने र पर्यटन प्रवद्र्धन तथा हवाई सम्पर्क विस्तारमार्फत आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। कतारी प्रतिनिधि मण्डल नेपाल कतार संयुक्त व्यवसाय परिषद् (जेबिसी) को बैंठकका लागि नेपाल आएको हो।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






