singel post top banner

मधेश प्रदेश सरकारले किसान र बेरोजगार युवाहरूलाई राहत र बेरोजगार भत्ता दिने घोषणा

belwo post title ad banner
महेश सिंह महेश सिंह
बुधबार, मंसिर १०, २०८२
120 Views
मधेश प्रदेश सरकारले किसान र बेरोजगार युवाहरूलाई राहत र बेरोजगार भत्ता दिने घोषणा
समाचार सारांश
  • मधेश प्रदेश सरकारले खडेरी र डुबानबाट प्रभावित किसानहरूलाई राहतस्वरूप प्रति काठ्ठा १,५०० रुपैयाँ वितरण गर्ने र बेरोजगार युवाहरूलाई मासिक २ हजार रुपैयाँ भत्ता दिने तयारी गरेको छ।
  • यस योजनाको लागि कुल अनुमानित खर्च ७१ करोड रुपैयाँ रहेको छ।

मधेश प्रदेश सरकारले खडेरी र डुबानबाट प्रभावित किसानहरूलाई राहतस्वरूप प्रति काठ्ठा १,५०० रुपैयाँ वितरण गर्ने र बेरोजगार युवाहरूलाई मासिक २ हजार रुपैयाँ भत्ता दिने तयारी गरेको छ। यस योजनाको लागि कुल अनुमानित खर्च ७१ करोड रुपैयाँ रहेको छ। मुख्यमन्त्री सरोज कुमार यादवले आज पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन्।

उनले भने, “किसानहरूलाई राहत स्वरूप १,५०० रुपैयाँ प्रतिकाठ्ठा वितरण गर्न प्रक्रिया अघि बढाइरहेको छु। कृषि मन्त्रालयको तथ्यांकअनुसार यसमा करिब ३६ करोड रुपैयाँ खर्च हुनेछ।”

गत असोजको अविरल वर्षापछि लामो खडेरी र डुबानको पीडाबाट पीडित भएका किसानहरूलाई राहत दिने यस कदमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। प्रदेश सरकारले यसअघि नै सुक्खाग्रस्त घोषणा पनि गरेको थियो।

त्यसैगरी, प्रदेश सरकारले १८ देखि ३५ वर्ष उमेरका बेरोजगार युवाहरूलाई मासिक २ हजार रुपैयाँ भत्ता दिने तयारी गरेको छ। मुख्यमन्त्री यादवले भने, “यस योजनाअनुसार, राष्ट्रिय युवा नीतिअनुसार १८–३५ वर्ष उमेर समूहका स्नातकहरूलाई बेरोजगारी भत्ता दिइनेछ। हाल तिनको संख्या करिब १ लाख ४८ हजार रहेको तथ्यांक छ।”

योजना कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको जानकारी मुख्यमन्त्री यादवले दिए। यस कदमले किसान र युवाहरूको जीवनस्तर सुधारमा मद्दत पुग्ने आशा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मधेस प्रदेशको मुख्यमन्त्री यादवले सरकार अस्थिरता र विघटनको धम्की, समर्थन नपाए प्रदेशसभा विघटनको चेतावनी
मधेस प्रदेशको मुख्यमन्त्री यादवले सरकार अस्थिरता र विघटनको धम्की, समर्थन नपाए प्रदेशसभा विघटनको चेतावनी
भक्तपुर सल्लाघारीमा लुकाइएको गोली बरामद, प्रहरीको अनुसन्धान जारी
भक्तपुर सल्लाघारीमा लुकाइएको गोली बरामद, प्रहरीको अनुसन्धान जारी
नेपालमा विगत १२ वर्षमा चट्याङका घटना र जोखिम न्युनिकरणका उपायहरू – सम्भावित खतरा र बचावका सुझावहरू
नेपालमा विगत १२ वर्षमा चट्याङका घटना र जोखिम न्युनिकरणका उपायहरू – सम्भावित खतरा र बचावका सुझावहरू
सप्तरीमा कर कार्यालय पुनर्स्थापना र रिले अनशन जारी, सरकारको निर्णयप्रति विरोध
सप्तरीमा कर कार्यालय पुनर्स्थापना र रिले अनशन जारी, सरकारको निर्णयप्रति विरोध
मकवानपुरमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
मकवानपुरमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
नेपाली महिला नक्कली भारतीय दस्तावेज बनाउने आरोपमा पक्राउ
नेपाली महिला नक्कली भारतीय दस्तावेज बनाउने आरोपमा पक्राउ
काठमाडौँ र धनुषामा दुई जना मृत अवस्थामा फेला
काठमाडौँ र धनुषामा दुई जना मृत अवस्थामा फेला
कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा भूत मेला र धार्मिक अनुष्ठानको उल्लासपूर्ण श्रद्धालु भीड
कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा भूत मेला र धार्मिक अनुष्ठानको उल्लासपूर्ण श्रद्धालु भीड
सशस्त्र प्रहरीका दुई महिला आरोहीले गरे सगरमाथा र लोत्से हिमाल सफलतापूर्वक आरोहण
सशस्त्र प्रहरीका दुई महिला आरोहीले गरे सगरमाथा र लोत्से हिमाल सफलतापूर्वक आरोहण
विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्री भएपछि प्रिय क्लास छुटेको स्वीकार
विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्री भएपछि प्रिय क्लास छुटेको स्वीकार
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?