singel post top banner

मधेश प्रदेश सरकारले किसान र बेरोजगार युवाहरूलाई राहत र बेरोजगार भत्ता दिने घोषणा

belwo post title ad banner
महेश सिंह महेश सिंह
बुधबार, मंसिर १०, २०८२
155 Views
मधेश प्रदेश सरकारले किसान र बेरोजगार युवाहरूलाई राहत र बेरोजगार भत्ता दिने घोषणा
समाचार सारांश
  • मधेश प्रदेश सरकारले खडेरी र डुबानबाट प्रभावित किसानहरूलाई राहतस्वरूप प्रति काठ्ठा १,५०० रुपैयाँ वितरण गर्ने र बेरोजगार युवाहरूलाई मासिक २ हजार रुपैयाँ भत्ता दिने तयारी गरेको छ।
  • यस योजनाको लागि कुल अनुमानित खर्च ७१ करोड रुपैयाँ रहेको छ।

मधेश प्रदेश सरकारले खडेरी र डुबानबाट प्रभावित किसानहरूलाई राहतस्वरूप प्रति काठ्ठा १,५०० रुपैयाँ वितरण गर्ने र बेरोजगार युवाहरूलाई मासिक २ हजार रुपैयाँ भत्ता दिने तयारी गरेको छ। यस योजनाको लागि कुल अनुमानित खर्च ७१ करोड रुपैयाँ रहेको छ। मुख्यमन्त्री सरोज कुमार यादवले आज पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन्।

उनले भने, “किसानहरूलाई राहत स्वरूप १,५०० रुपैयाँ प्रतिकाठ्ठा वितरण गर्न प्रक्रिया अघि बढाइरहेको छु। कृषि मन्त्रालयको तथ्यांकअनुसार यसमा करिब ३६ करोड रुपैयाँ खर्च हुनेछ।”

गत असोजको अविरल वर्षापछि लामो खडेरी र डुबानको पीडाबाट पीडित भएका किसानहरूलाई राहत दिने यस कदमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। प्रदेश सरकारले यसअघि नै सुक्खाग्रस्त घोषणा पनि गरेको थियो।

त्यसैगरी, प्रदेश सरकारले १८ देखि ३५ वर्ष उमेरका बेरोजगार युवाहरूलाई मासिक २ हजार रुपैयाँ भत्ता दिने तयारी गरेको छ। मुख्यमन्त्री यादवले भने, “यस योजनाअनुसार, राष्ट्रिय युवा नीतिअनुसार १८–३५ वर्ष उमेर समूहका स्नातकहरूलाई बेरोजगारी भत्ता दिइनेछ। हाल तिनको संख्या करिब १ लाख ४८ हजार रहेको तथ्यांक छ।”

योजना कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको जानकारी मुख्यमन्त्री यादवले दिए। यस कदमले किसान र युवाहरूको जीवनस्तर सुधारमा मद्दत पुग्ने आशा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बगदादमा अमेरिकी दूतावासमाथि पनिषण आक्रमण, इरान-इजरायल तनावको प्रत्यक्ष प्रभाव
बगदादमा अमेरिकी दूतावासमाथि पनिषण आक्रमण, इरान-इजरायल तनावको प्रत्यक्ष प्रभाव
मधेश र पहाडको सम्बन्ध जोड्ने अभियान: पाँच दिने यात्राको विशेष रिपोर्ट
मधेश र पहाडको सम्बन्ध जोड्ने अभियान: पाँच दिने यात्राको विशेष रिपोर्ट
मकवानपुरमा १०९.०९६ किलोग्राम गाँजा सहित दुई व्यक्तिहरू पक्राउ
मकवानपुरमा १०९.०९६ किलोग्राम गाँजा सहित दुई व्यक्तिहरू पक्राउ
कोरिया पठाउने भन्दै दुई वर्षदेखि अलपत्र पारेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ
कोरिया पठाउने भन्दै दुई वर्षदेखि अलपत्र पारेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ
निर्वाचनको मौन अवधि: निर्वाचन आयोगले प्रचार–प्रसार र प्रभावकारी गतिविधि माथि लगाएको कडा प्रतिबन्ध
निर्वाचनको मौन अवधि: निर्वाचन आयोगले प्रचार–प्रसार र प्रभावकारी गतिविधि माथि लगाएको कडा प्रतिबन्ध
महिला टी-२० विश्वकप ग्लोबल छनोट; स्कटल्यान्डविरुद्ध नेपाल क्रिकेट टोलीको हार
महिला टी-२० विश्वकप ग्लोबल छनोट; स्कटल्यान्डविरुद्ध नेपाल क्रिकेट टोलीको हार
बाल सुधार गृह सुधारका लागि कानुनी र संरचनात्मक कदमहरू: वर्तमान अवस्था र आगामी योजनाहरू
बाल सुधार गृह सुधारका लागि कानुनी र संरचनात्मक कदमहरू: वर्तमान अवस्था र आगामी योजनाहरू
जाँचबुझ प्रतिवेदन: सरकारलाई बुझाए पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको आयोग
जाँचबुझ प्रतिवेदन: सरकारलाई बुझाए पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको आयोग
मिथिलाको महाकुम्भ: १५ दिने धार्मिक माध्यमिकी परिक्रमा आजदेखि सुरु
मिथिलाको महाकुम्भ: १५ दिने धार्मिक माध्यमिकी परिक्रमा आजदेखि सुरु
प्रचण्डले भदौ २४ को विध्वंसात्मक घटनाको गम्भीर र बहुआयामिक अनुसन्धानको माग गरे
प्रचण्डले भदौ २४ को विध्वंसात्मक घटनाको गम्भीर र बहुआयामिक अनुसन्धानको माग गरे
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?