singel post top banner

मानव बेचबिखन रोकथामका चुनौती र प्रयास: खुला सीमा, प्रविधिको दुरुपयोग र उद्धार कार्य

belwo post title ad banner
रासस रासस
आइतबार, पौष १३, २०८२
238 Views
मानव बेचबिखन रोकथामका चुनौती र प्रयास: खुला सीमा, प्रविधिको दुरुपयोग र उद्धार कार्य
समाचार सारांश
  • कञ्चनपुर — खुला सीमा, प्रविधिको दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन र ओसारपसारको जोखिम बढिरहेको छ।
  • मुख्य नाका गड्डाचौकी मात्र नभई वैकल्पिक र अवैध मार्गको प्रयोग बढ्दै जाँदा यस समस्या थप जटिल बन्दै गएको हो।

कञ्चनपुर — खुला सीमा, प्रविधिको दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन र ओसारपसारको जोखिम बढिरहेको छ। मुख्य नाका गड्डाचौकी मात्र नभई वैकल्पिक र अवैध मार्गको प्रयोग बढ्दै जाँदा यस समस्या थप जटिल बन्दै गएको हो। माइती नेपालका संयोजक महेश्वरी भट्टले यसलाई चिन्ताजनक अवस्था भएको बताए।

उनका अनुसार, मानव बेचबिखनको स्वरूप समयक्रमसँगै परिवर्तन हुँदै गएको छ। पछिल्लो समयमा वैदेशिक रोजगारीको प्रलोभन, नक्कली विवाह, पर्यटन तथा अनलाइनमार्फत हुने साइबर ट्राफिकिङका घटना बढ्दै गएको छ। गरिबी, बेरोजगारी, सीपको अभाव र सामाजिक सञ्जालको दुरुपयोग जस्ता कारणले आफन्त र चिनजानकै व्यक्तिको संलग्नता बेचबिखनको मुख्य चुनौती बनेको छ।

संयोजक भट्टले थपे, “खुला सीमा, प्रविधिमैत्री निगरानीको कमी, प्रमाण सङ्कलनमा कठिनाइ र मुद्दा प्रक्रियामा ढिलाइ मानव बेचबिखन नियन्त्रणका मुख्य चुनौतीहरू हुन्।” उनले भने, “पीडित र परिवारको मौनता तथा उजुरी गर्न डरले पनि मानव तस्करहरूको मनोबल बढाएको छ। पछिल्लो समयमा तस्करहरूले बाइक र स्थानीय ट्याक्सी जस्ता निजी सवारीसाधन प्रयोग गरी वैकल्पिक मार्गबाट सीमा पार गराउने नयाँ शैली अपनाएका छन्।”

उनका अनुसार, मानव बेचबिखनमा परेकालाई यौन शोषण, बालश्रम, जबर्जस्ती आपराधिक गतिविधि र अङ्ग प्रत्यारोपणसम्म प्रयोग गरिने गरेको पाइएको छ। यस क्षेत्रमा अन्तर्राष्ट्रिय अपराध सञ्जालको संलग्नता पनि देखिएको छ।

पछिल्लो एक वर्षको अवधिमा पश्चिमी सीमाकाका गड्डाचौकी र आसपासका क्षेत्रबाट मानव बेचबिखनको जोखिममा परेका २०९ जना महिला र बालबालिकालाई सीमाबाटै उद्धार गरिएको छ। यसमध्ये ९० जना बालबालिका र ११९ जना महिला छन्। उद्धार गरिएका स्थानअनुसार गड्डाचौकी सीमानाकाबाट ८९ जना, महेन्द्रनगर बसपार्क र अन्य स्थानबाट ६४, महाकाली चारलेन पुलबाट ३१ र झोलुङ्गे पुलबाट २९ जना रहेका छन्।

उद्धार गरिएकामध्ये १८२ जना सुदूरपश्चिम प्रदेशकै नागरिक हुन्। जिल्लागत रूपमा कञ्चनपुरका १००, कैलालीका ३२, बैतडीका १४, बझाङका १० र डोटीका ८ जना छन्। पछिल्लो तीन वर्षमा भारतका विभिन्न शहरबाट ४९ जना महिला र बालबालिका सकुशल उद्धार गरिएको छ। २०२३ मा २५, २०२४ मा १४ र २०२५ मा १० जनाको उद्धार भएको माइती नेपालले जनाएको छ।

पछिल्लो एक वर्षमा मात्रै बिहार, चण्डिगढ, मुम्बई, दिल्ली, हैदरावाद लगायत सहरबाट ८ बालिका र २ महिला उद्धार गरिएको हो। यसै अवधिमा माइती नेपालमा १८९ वटा खोजतलासका निवेदन दर्ता भएका छन्। तीमध्ये ८१ जनालाई फेला पारेर परिवारको जिम्मा लगाइएको छ। खोजतलासका लागि परेका निवेदनमध्ये १६३ जना सुदूरपश्चिम प्रदेशका नागरिक छन्।

मानव बेचबिखन रोकथामका लागि सीमाक्षेत्रमा १२,०८५८ सवारीसाधन जाँच गरिएको छ। यस क्रममा ४४,५८१ जना सुरक्षित बसाइँसराइ र परामर्श प्राप्त गरेका छन्। साथै, २२७ जनालाई मनोसामाजिक सल्लाह, १८९ जनालाई पारिवारिक पुनर्मिलन र ३३ जनालाई सीमाबाटै घर फर्काइएको छ।

समुदायस्तरमा घरदैलो कार्यक्रम, विद्यालयमा सचेतनामूलक गतिविधि र यातायातकर्मीहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको छ। प्रहरीसँगको समन्वयमा जबर्जस्ती करणी तथा मानव बेचबिखन सम्बन्धी मुद्दा दर्ता भई कानुनी प्रक्रियामा रहेको पनि ज्ञात छ।

संयोजक भट्टले भने, “खुला सीमा र प्रविधिको दुरुपयोगले मानव बेचबिखनको जोखिम अझ बढिरहेको छ। यसलाई नियन्त्रण गर्न सीमास्तरको निगरानी, समुदाय सचेतना र बहुपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउनु आवश्यक छ।”

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
रासस
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि अभिमुखीकरण तालिम सञ्चालन
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि अभिमुखीकरण तालिम सञ्चालन
बजार अनुगमन: रमेश थापा स्टोरलाई रु १० हजार जरिवाना, गणपति जी ट्रेडर्सलाई निर्देशन
बजार अनुगमन: रमेश थापा स्टोरलाई रु १० हजार जरिवाना, गणपति जी ट्रेडर्सलाई निर्देशन
सिराहा–धनुषा सीमामा नयाँ डाइभर्सन र पुल निर्माणले यातायात सहजता बढ्यो
सिराहा–धनुषा सीमामा नयाँ डाइभर्सन र पुल निर्माणले यातायात सहजता बढ्यो
बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचन तयारी तीव्र, उम्मेदवार तयारी र निर्वाचन प्रक्रिया शुरु
बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचन तयारी तीव्र, उम्मेदवार तयारी र निर्वाचन प्रक्रिया शुरु
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
गृहमन्त्री अर्यालले नयाँ पुस्ताको भावनाअनुरूप काम गर्न कर्मचारीलाई निर्देशन
गृहमन्त्री अर्यालले नयाँ पुस्ताको भावनाअनुरूप काम गर्न कर्मचारीलाई निर्देशन
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
काठमाडौंमा इस्कोन गुरुकुलमा बाल यौन दुर्व्यवहार: पक्राउ परेका सञ्चालक र पीडित बालबालिकाको पीडा
काठमाडौंमा इस्कोन गुरुकुलमा बाल यौन दुर्व्यवहार: पक्राउ परेका सञ्चालक र पीडित बालबालिकाको पीडा
मन्त्रिपरिषद्को निर्णय: पारिश्रमिक, प्रतिनिधिमण्डल भ्रमण र बढुवाका विषयमा महत्वपूर्ण निर्णयहरू
मन्त्रिपरिषद्को निर्णय: पारिश्रमिक, प्रतिनिधिमण्डल भ्रमण र बढुवाका विषयमा महत्वपूर्ण निर्णयहरू
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?