singel post top banner

सिराहा प्रहरीको ठूलो सफलता: २२ ग्राम ब्राउन सुगरसहित ४ युवक पक्राउ

belwo post title ad banner
महेश सिंह महेश सिंह
शनिबार, पौष ५, २०८२
243 Views
सिराहा प्रहरीको ठूलो सफलता: २२ ग्राम ब्राउन सुगरसहित ४ युवक पक्राउ
समाचार सारांश
  • सिराहा — सिराहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट २२ ग्राम ब्राउन सुगरसहित ४ युवकलाई नियन्त्रणमा लिएको छ।
  • प्रहरीको टोलीले शुक्रबार अपराह्न धनगढी माई नगरपालिका ८ को कसहाबाट ६ ग्राम ५ सय मिलिग्राम र लहान नगरपालिका २३ बाट १६ ग्राम ५ मिलिग्राम लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो।

सिराहा — सिराहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट २२ ग्राम ब्राउन सुगरसहित ४ युवकलाई नियन्त्रणमा लिएको छ। प्रहरीको टोलीले शुक्रबार अपराह्न धनगढी माई नगरपालिका ८ को कसहाबाट ६ ग्राम ५ सय मिलिग्राम र लहान नगरपालिका २३ बाट १६ ग्राम ५ मिलिग्राम लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले विशेष सूचनाको आधारमा कार्यवाही गरेको हो। धनगढीमाई नगरपालिका ८ का २९ वर्षीय देवराज वली र सिन्धुलीको कमलामाई नगरपालिका ६ का ३४ वर्षीय सुशील अधिकारीलाई ज.१ ह ३९३० नम्बरको अटोमा सवार भएर जाँच गर्न आएको बेला लागूऔषधसहित पक्राउ गरिएको हो।

अस्थायी प्रहरी पोस्ट कसहा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा गोलबजारबाट खटिएको टोलीले जाँच गर्दा उक्त पदार्थ फेला परेको हो। प्रहरीका अनुसार, उनीहरूलाई लागुऔषधको मात्रा र प्रयोगका बिषयमा थप अनुसन्धान भइरहेको छ।

त्यसैगरी, लहान नगरपालिका २३ का गढिया चोकबाट स्थानीय ३६ वर्षीय विजयकुमार साह र ३१ वर्षीय सुरेन्द्रकुमार दासलाई १६ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका निमित्त सूचना अधिकारी ओमप्रकाश पण्डितले बताए।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको र लागुऔषध कारोबार रोक्नका लागि कडाइका साथ कदम चालेको जानकारी दिएको छ। यस प्रकारको सफल कार्यवाहीले सिराहा जिल्लामा लागूऔषधको अवैध कारोबारलाई नियन्त्रण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

दार्चुलामा फरार महिला र पुरुष करणी मुद्दामा ९ वर्षपछि पक्राउ
दार्चुलामा फरार महिला र पुरुष करणी मुद्दामा ९ वर्षपछि पक्राउ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष (पीआइसीयू) सुरु
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष (पीआइसीयू) सुरु
नयाँ सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारमा पदबहाली गरे
नयाँ सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारमा पदबहाली गरे
गुल्मीमा जंगली जनावर धपाउन प्रयोग गरिएको करेन्टले एकको मृत्यु
गुल्मीमा जंगली जनावर धपाउन प्रयोग गरिएको करेन्टले एकको मृत्यु
पशुपतिको विद्युतीय शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार मुद्दाको पेसी स्थगित
पशुपतिको विद्युतीय शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार मुद्दाको पेसी स्थगित
दमकमा एमालेको ठूलो आन्तरिक विभाजन: युवा संघको पदाधिकारी टोली नै बालेन शाहको समर्थनमा
दमकमा एमालेको ठूलो आन्तरिक विभाजन: युवा संघको पदाधिकारी टोली नै बालेन शाहको समर्थनमा
च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिलाहरू सुरक्षित रूपमा परिवारसँग पुनः सम्पर्कमा
च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिलाहरू सुरक्षित रूपमा परिवारसँग पुनः सम्पर्कमा
जेनजी आन्दोलनमा भिमफेदी कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या, ५ जना नियन्त्रणमा।
जेनजी आन्दोलनमा भिमफेदी कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या, ५ जना नियन्त्रणमा।
बाँकेका विभिन्न नगरपालिका र गाउँपालिकाका प्रशासनिक भवन निर्माणमा ठेकेदारको लापरबाही
बाँकेका विभिन्न नगरपालिका र गाउँपालिकाका प्रशासनिक भवन निर्माणमा ठेकेदारको लापरबाही
अमेरिका कंगोमा इबोला संक्रमणको जोखिमले अमेरिकी नागरिकलाई तत्काल उडान रोक लगाइयो
अमेरिका कंगोमा इबोला संक्रमणको जोखिमले अमेरिकी नागरिकलाई तत्काल उडान रोक लगाइयो
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?