singel post top banner

भारतमा दिएको अभिव्यक्तिलाई लिएर अर्थमन्त्री वाग्लेको आलोचना, सरकारको धारणा माग

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, कार्तिक ९, २०८३
22 Views
भारतमा दिएको अभिव्यक्तिलाई लिएर अर्थमन्त्री वाग्लेको आलोचना, सरकारको धारणा माग
समाचार सारांश
  • काठमाडौं ।
  • भारत भ्रमणका क्रममा नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोड्ने युग सकिएको अभिव्यक्ति दिएपछि अर्थमन्त्री डा.

काठमाडौं । भारत भ्रमणका क्रममा नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोड्ने युग सकिएको अभिव्यक्ति दिएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आलोचनामा परेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले वाग्लेको भनाइ नेपाली राष्ट्रियताको अवमूल्यन भएको टिप्पणी गर्दै सरकारको धारणा माग गरेका छन् ।

भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै वाग्लेले नयाँ पुस्ताको प्राथमिकता आर्थिक समृद्धि, सुशासन र असल छिमेकी सम्बन्ध रहेको बताएका थिए । विगतमा वैचारिक प्रशिक्षणका कारण नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोडेर हेर्ने भाष्य बनेको उल्लेख गर्दै उनले भनेका थिए, “नेपाली राष्ट्रवादलाई ‘एन्टी–इन्डियनिज्म’सँग जोड्ने युग अब सकियो ।”

थापाले सामाजिक सञ्जालमा लेख्दै नेपालको राष्ट्रवाद कुनै मुलुकविशेषको विरोधमा आधारित नरहेको बताएका छन् । उनका अनुसार नेपालको राष्ट्रियता सार्वभौमिकता र नेपाली जनताको हितको रक्षामा केन्द्रित छ । भारतसँग समानता र सम्मानमा आधारित सम्बन्ध चाहनु र सीमा मिचिने, डुबान तथा नाकाबन्दीजस्ता विषयमा आवाज उठाउनु भारतविरोध नभई राष्ट्रप्रतिको निष्ठा हो ।

“विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्दै राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने तर्क गैरजिम्मेवार छ,” थापाले लेखेका छन् । उनले प्रधानमन्त्री वालेन्द्र शाहलाई मेन्सन गर्दै वाग्लेको अभिव्यक्तिबारे सरकारको आधिकारिक धारणा के हो भन्ने प्रश्नसमेत गरेका छन् ।

थापाले वाग्लेको भनाइलाई सानो समूहका अपवादात्मक धारणाका आधारमा समग्र नेपाली राष्ट्रिय भावनालाई संकुचित रूपमा हेर्ने दृष्टिकोणको उपज भनेका छन् । साथै, यो अभिव्यक्ति वाग्लेले विगतमा अघि सारेको ‘दक्षिण एसियाली मनरो डक्ट्रिन’सम्बन्धी धारणासँग जोडिएको त होइन भन्ने प्रश्न उठाएका छन् ।

मनरो डक्ट्रिनसम्बन्धी पुरानो बहस

राष्ट्रिय स्वतन्त्र पार्टीले २०८० साल फागुन २१ गते आयोजना गरेको ऊर्जा क्षेत्रसम्बन्धी नीतिगत छलफलमा वाग्लेले जलविद्युत् र भूराजनीतिबारे धारणा राखेका थिए । उनले चिनियाँ लगानी वा ठेकेदार संलग्न आयोजनाबाट उत्पादित बिजुली खरिद नगर्ने भारतको नीतिलाई ‘दक्षिण एसियाली मनरो डक्ट्रिन’सँग तुलना गरेका थिए ।

भारतले नेपालसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको छ । तर, चिनियाँ लगानी वा निर्माण कम्पनी संलग्न जलविद्युत् आयोजनाको बिजुली खरिद गर्न भारतले अस्वीकार गर्दै आएको छ । यसले नेपाली जलविद्युत्मा भारतको एकाधिकार स्थापित हुन सक्ने भन्दै केहीले चिन्ता व्यक्त गरेका छन् ।

त्यसबेला वाग्लेले भारतको अडानलाई भूराजनीतिक प्रतिस्पर्धासँग जोड्दै व्यावहारिक दृष्टिकोण अपनाउनुपर्ने बताएका थिए । कच्चा राष्ट्रवाद वा अतिराष्ट्रवादभन्दा राष्ट्रिय हितका लागि उपयुक्त साधन र साध्य छुट्याउनुपर्ने उनको भनाइ थियो । उक्त अभिव्यक्तिले पनि त्यतिबेला विवाद निम्त्याएको थियो ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

आज २०८१ साल फागुन २६ गते सोमबारको राशिफल
आज २०८१ साल फागुन २६ गते सोमबारको राशिफल
झापामा सवारी दुर्घटना बालकको मृत्यु, १२ घाइते, बस चालक फरार
झापामा सवारी दुर्घटना बालकको मृत्यु, १२ घाइते, बस चालक फरार
सप्तरीमा कर कार्यालय पुनर्स्थापना र रिले अनशन जारी, सरकारको निर्णयप्रति विरोध
सप्तरीमा कर कार्यालय पुनर्स्थापना र रिले अनशन जारी, सरकारको निर्णयप्रति विरोध
आज २०८१ साल फागुन २१ गते बुधबारको राशिफल
आज २०८१ साल फागुन २१ गते बुधबारको राशिफल
राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित, चलचित्र क्षेत्रको विकासमा नयाँ अध्याय सुरु
राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित, चलचित्र क्षेत्रको विकासमा नयाँ अध्याय सुरु
राष्ट्रिय प्राकृतिक स्रोत र वित्त आयोगले प्रदेश र स्थानीय तहलाई अनुदान कटौती नगर्न सरकारलाई ध्यानाकर्षण
राष्ट्रिय प्राकृतिक स्रोत र वित्त आयोगले प्रदेश र स्थानीय तहलाई अनुदान कटौती नगर्न सरकारलाई ध्यानाकर्षण
प्रतिनिधिसभा निर्वाचन तयारी: मतपत्र छपाइ, मतदाता शिक्षा र अन्तर्राष्ट्रिय ब्रिफिङ सम्पन्न
प्रतिनिधिसभा निर्वाचन तयारी: मतपत्र छपाइ, मतदाता शिक्षा र अन्तर्राष्ट्रिय ब्रिफिङ सम्पन्न
मुख्यमन्त्री नियुक्ति विवादः सात दलको विरोध जारी, सांसदहरूले धर्ना र मुद्दाप्रति आक्रोश व्यक्त
मुख्यमन्त्री नियुक्ति विवादः सात दलको विरोध जारी, सांसदहरूले धर्ना र मुद्दाप्रति आक्रोश व्यक्त
नेपालगञ्जमा दुई दिने निर्वाचन व्यवस्थापन अभिमुखिकरण कार्यक्रम सुरु
नेपालगञ्जमा दुई दिने निर्वाचन व्यवस्थापन अभिमुखिकरण कार्यक्रम सुरु
दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान: मन्त्री सीता बादी र उपसभामुख रुबी कुमारीबीच छलफल
दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान: मन्त्री सीता बादी र उपसभामुख रुबी कुमारीबीच छलफल
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?