singel post top banner

मदाने गाउँपालिका–१ कचुरखर्कमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चालक नियन्त्रणमा

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
आइतबार, कार्तिक ९, २०८२
188 Views
मदाने गाउँपालिका–१ कचुरखर्कमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चालक नियन्त्रणमा
समाचार सारांश
  • गुल्मीको मदाने गाउँपालिका– १ अन्तर्गत कचुरखर्कमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा मदाने गाउँपालिका– १ अग्लुङका १९ वर्षीय सहचालक मेघराज पुन रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए।

गुल्मीको मदाने गाउँपालिका– १ अन्तर्गत कचुरखर्कमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मदाने गाउँपालिका– १ अग्लुङका १९ वर्षीय सहचालक मेघराज पुन रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए।

गए राति मदाने गाउँपालिका– १ अग्लुङ फेदीबाट बालुवा लोड गरेर वडा कार्यालयतर्फ आइरहेको रा१त ३५०२ नम्बरको ट्याक्टर उकालोमा लोड तान्न नसकी ब्याक भई ब्रेकले काम नगरेपछि दुर्घटना भएको जानकारी अधिकारी सारुले दिए।

ट्याक्टरबाट हामफाल्ने क्रममा बाटोबाट उछिट्टिएर गम्भीर घाइते बनेका पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरीक्षक रेबन्त सेनको नेतृत्वमा प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो।

ट्याक्टर चालक मदाने–१ अग्लुङ निवासी २२ वर्षीय निमन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?
नेपालमा सुनको मूल्य घट्यो, आज तोलामा ६०० रुपैयाँले घटेर २,६७,५०० मा पुगे
नेपालमा सुनको मूल्य घट्यो, आज तोलामा ६०० रुपैयाँले घटेर २,६७,५०० मा पुगे
सिरहाका सीमा क्षेत्रबाट ७ लाख ७२ हजार रुपैयाँभन्दा बढीका सामान बरामद
सिरहाका सीमा क्षेत्रबाट ७ लाख ७२ हजार रुपैयाँभन्दा बढीका सामान बरामद
नेपाली सेनाको परिचालन, सुरक्षित र निष्पक्ष निर्वाचनका लागि तयार
नेपाली सेनाको परिचालन, सुरक्षित र निष्पक्ष निर्वाचनका लागि तयार
कपिलवस्तुका पूर्वमेयर किरण सिंहको शव गोरुसिंगे जंगलमा फेला, तीन दिनदेखि हराइरहेका थिए
कपिलवस्तुका पूर्वमेयर किरण सिंहको शव गोरुसिंगे जंगलमा फेला, तीन दिनदेखि हराइरहेका थिए
सुरक्षा थ्रेट रहेको भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा टेकुमा
सुरक्षा थ्रेट रहेको भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा टेकुमा
रवि र छविको मुद्दामा बहस सकियो; उच्च अदालत बुटवलमा सुनुवाइ सम्पन्न
रवि र छविको मुद्दामा बहस सकियो; उच्च अदालत बुटवलमा सुनुवाइ सम्पन्न
निर्वाचन आयोगले दल दर्ताका लागि अवधि तोके, १२४ दल दर्ता अद्यावधिक, नयाँ दलहरूको नामावली सार्वजनिक
निर्वाचन आयोगले दल दर्ताका लागि अवधि तोके, १२४ दल दर्ता अद्यावधिक, नयाँ दलहरूको नामावली सार्वजनिक
ग्रीसको क्रिट टापुमा डुङ्गामा खचाखच भरिएका ५४० आप्रवासीको उद्धार
ग्रीसको क्रिट टापुमा डुङ्गामा खचाखच भरिएका ५४० आप्रवासीको उद्धार
सप्तरीको सुरुङा नगरपालिकामा प्रेम विवाहपछि दाइजो र पारिवारिक दबावका कारण पीडित युवतीलाई अमानवीय व्यवहार।
सप्तरीको सुरुङा नगरपालिकामा प्रेम विवाहपछि दाइजो र पारिवारिक दबावका कारण पीडित युवतीलाई अमानवीय व्यवहार।
singel sidbar banner
singel sidbar banner 2