भारतको ‘र्याट माइनर्स’ टोली नेपालमा बाढी पीडितहरूको उद्धारका लागि आउन चाहन्छ
- काठमाडौं — भोटेकोशी बाढीका कारण रसुवाका विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्।
- बाढीको कारण आयोजना भित्र काम गर्दै आएका अनेकौँ कर्मचारी र कामदार बेपत्ता भएका छन्।
काठमाडौं — भोटेकोशी बाढीका कारण रसुवाका विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्। बाढीको कारण आयोजना भित्र काम गर्दै आएका अनेकौँ कर्मचारी र कामदार बेपत्ता भएका छन्। सुरुङमा काम भइरहेका बेला अचानक बाढी प्रवेश गरेपछि उनीहरूको अवस्थाबारे जानकारी पाउन सकिएको छैन।
यसैबीच, भारतीय ‘र्याट माइनर्स’ टोलीले नेपालमा उद्धार कार्यका लागि आफ्नो इच्छा व्यक्त गरेको छ। टोलीले काठमाडौँस्थित भारतीय दूतावासलाई सहजीकरणका लागि पत्र पठाएको हो। टोलीले अनुमति प्राप्त भएमा आवश्यक उपकरण र जनशक्तिसहित नेपाल आउन चाहेको जानकारी दिएको छ।
‘र्याट माइनर्स’ टोलीले यसअघि सन् २०२३ मा सिल्क्यारा सुरुङमा फसेका ४१ जना मजदुरहरूको उद्धारमा महत्वपूर्ण भूमिका निभाएको थियो। टाइम्स अफ इन्डियासँगको कुराकानीमा टोलीका सदस्य आनन्द कंसलले नेपालस्थित भारतीय राजदूतलाई पत्र लेखेर उद्धार कार्यमा परिचालन हुन चाहेको बताएका छन्।
उनले भने, “नेपालमा आएको बाढीको फोटो र भिडियो हेरेर हामी धेरै भावुक भयौं। हाम्रो विज्ञता र अनुभवले यहाँको उद्धार कार्यमा मद्दत गर्न सक्ने देखिएपछि हामीले अनुमति मागेका हौं।”
‘र्याट माइनर्स’ टोलीले बाढी प्रभावित क्षेत्रमा आफ्नो सेवा प्रदान गर्न चाहन्छ भन्ने स्पष्ट पारेको छ। यदि अनुमति प्राप्त भए, उनीहरूले नेपाली सरकार र सम्बन्धित निकायसँग समन्वय गरी उद्धार कार्यलाई तीव्रता दिने योजना बनाएका छन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






