singel post top banner

भारतको ‘र्‍याट माइनर्स’ टोली नेपालमा बाढी पीडितहरूको उद्धारका लागि आउन चाहन्छ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, भाद्र १८, २०८३
56 Views
भारतको ‘र्‍याट माइनर्स’ टोली नेपालमा बाढी पीडितहरूको उद्धारका लागि आउन चाहन्छ
समाचार सारांश
  • काठमाडौं — भोटेकोशी बाढीका कारण रसुवाका विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्।
  • बाढीको कारण आयोजना भित्र काम गर्दै आएका अनेकौँ कर्मचारी र कामदार बेपत्ता भएका छन्।

काठमाडौं — भोटेकोशी बाढीका कारण रसुवाका विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्। बाढीको कारण आयोजना भित्र काम गर्दै आएका अनेकौँ कर्मचारी र कामदार बेपत्ता भएका छन्। सुरुङमा काम भइरहेका बेला अचानक बाढी प्रवेश गरेपछि उनीहरूको अवस्थाबारे जानकारी पाउन सकिएको छैन।

यसैबीच, भारतीय ‘र्‍याट माइनर्स’ टोलीले नेपालमा उद्धार कार्यका लागि आफ्नो इच्छा व्यक्त गरेको छ। टोलीले काठमाडौँस्थित भारतीय दूतावासलाई सहजीकरणका लागि पत्र पठाएको हो। टोलीले अनुमति प्राप्त भएमा आवश्यक उपकरण र जनशक्तिसहित नेपाल आउन चाहेको जानकारी दिएको छ।

‘र्‍याट माइनर्स’ टोलीले यसअघि सन् २०२३ मा सिल्क्यारा सुरुङमा फसेका ४१ जना मजदुरहरूको उद्धारमा महत्वपूर्ण भूमिका निभाएको थियो। टाइम्स अफ इन्डियासँगको कुराकानीमा टोलीका सदस्य आनन्द कंसलले नेपालस्थित भारतीय राजदूतलाई पत्र लेखेर उद्धार कार्यमा परिचालन हुन चाहेको बताएका छन्।

उनले भने, “नेपालमा आएको बाढीको फोटो र भिडियो हेरेर हामी धेरै भावुक भयौं। हाम्रो विज्ञता र अनुभवले यहाँको उद्धार कार्यमा मद्दत गर्न सक्ने देखिएपछि हामीले अनुमति मागेका हौं।”

‘र्‍याट माइनर्स’ टोलीले बाढी प्रभावित क्षेत्रमा आफ्नो सेवा प्रदान गर्न चाहन्छ भन्ने स्पष्ट पारेको छ। यदि अनुमति प्राप्त भए, उनीहरूले नेपाली सरकार र सम्बन्धित निकायसँग समन्वय गरी उद्धार कार्यलाई तीव्रता दिने योजना बनाएका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

हेटौँडाबाट लागुऔषध खैरो हिरोइनसहित ३ जना पक्राउ
हेटौँडाबाट लागुऔषध खैरो हिरोइनसहित ३ जना पक्राउ
प्रतिनिधिसभा निर्वाचन २०८२ का उम्मेदवारलाई खर्च विवरण सार्वजनिक गर्न निर्देशन
प्रतिनिधिसभा निर्वाचन २०८२ का उम्मेदवारलाई खर्च विवरण सार्वजनिक गर्न निर्देशन
विश्वव्यापी तेल संकट: इरान-अमेरिका तनावबाट उत्पन्न थप संकट र यसको प्रभाव
विश्वव्यापी तेल संकट: इरान-अमेरिका तनावबाट उत्पन्न थप संकट र यसको प्रभाव
काठमाडौंमा ग्यास अभावको समाधान: नेपाल आयल निगमले टेकु कार्यालयबाटै बिक्री सुरु
काठमाडौंमा ग्यास अभावको समाधान: नेपाल आयल निगमले टेकु कार्यालयबाटै बिक्री सुरु
सार्वजनिक यातायातका चालकलाई छुट्टै व्यावसायिक लाइसेन्स अनिवार्य गर्ने प्रस्ताव
सार्वजनिक यातायातका चालकलाई छुट्टै व्यावसायिक लाइसेन्स अनिवार्य गर्ने प्रस्ताव
सुनसरी हरिनगर वडानं. २ मा हिंसात्मक झडप, सुरक्षा व्यवस्था कडा बनाइएको
सुनसरी हरिनगर वडानं. २ मा हिंसात्मक झडप, सुरक्षा व्यवस्था कडा बनाइएको
सरकारले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा घोषणा
सरकारले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा घोषणा
नवलपरासीमा सवारी दुर्घटना; स्कुटर चालकको मृत्यु
नवलपरासीमा सवारी दुर्घटना; स्कुटर चालकको मृत्यु
विराटनगरको दरैयामा एसएसबीद्वारा नेपाली युवक कुटिए
विराटनगरको दरैयामा एसएसबीद्वारा नेपाली युवक कुटिए
सिभिल अस्पतालका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सिभिल अस्पतालका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?