singel post top banner

दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, आश्विन १५, २०८३
49 Views
दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन
समाचार सारांश
  • काठमाडौं ।
  • सूचना तथा सञ्चारमन्त्री डा.

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरबारे नेपाल दूरसञ्चार प्राधिकरणसँग जानकारी लिँदै नियमित अनुगमन प्रतिवेदन मन्त्रालयमा पेस गर्न निर्देशन दिएका छन्।

टेलिफोन र इन्टरनेट सेवाको गुणस्तर कमजोर भएको भन्दै उपभोक्ताका गुनासा नघटेको सन्दर्भमा मन्त्री तिमिल्सिनाले आज प्राधिकरणका पदाधिकारीसँग सेवा अवस्था, गुणस्तर परीक्षण, नियमन र सेवा विस्तारबारे छलफल गरेका हुन्।

छलफलमा सञ्चार सचिव राजेन्द्रकुमार पौडेल, प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेलगायत मन्त्रालय तथा प्राधिकरणका पदाधिकारी सहभागी थिए। मन्त्री तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तर खस्किएको उपभोक्ताको बुझाइ रहेको र काठमाडौं उपत्यकाजस्तो क्षेत्रमा समेत टेलिफोन तथा इन्टरनेट सेवा कमजोर हुनु गम्भीर विषय भएको बताए।

“दूरसञ्चार सेवाको पहुँच र गुणस्तर कमजोर भयो भन्ने गुनासो अझै हट्न सकेको छैन। यसमा जसरी पनि सुधार गर्नैपर्छ,” उनले भने, “नागरिकका आकांक्षा पूरा गर्ने गरी काम गर्नुको विकल्प छैन।”

नागरिकले अपेक्षा गरेअनुसार भरपर्दो, गुणस्तरीय र सहज दूरसञ्चार सेवा उपलब्ध गराउन नियामक निकाय र सेवा प्रदायक दुवै जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।

बैठकमा प्राधिकरणका पदाधिकारीले गुणस्तर परीक्षण तथा अनुगमनका क्रममा देखिएका समस्या र चुनौतीबारे जानकारी गराएका थिए। प्राधिकरणका अनुसार गुणस्तर परीक्षणका लागि आवश्यक सवारीसाधन र ड्राइभ टेस्ट उपकरण पर्याप्त छैनन्। परीक्षणका लागि आवश्यक क्षमता तथा उपकरणको अभाव र उपकरण खरिदका केही पुराना प्रक्रिया कानुनी विवादमा पर्नुले अनुगमनमा कठिनाइ भएको जनाइएको छ।

प्राधिकरणका अध्यक्ष घिमिरेले देशभर दूरसञ्चार सेवाको नियमित अनुगमन तथा निरीक्षण भइरहेको बताए। टेलिफोन सेवाको गुणस्तर कमजोर भएको विषयमा सेवा प्रदायकलाई यसअघि सचेत गराइएको उल्लेख गर्दै उनले अब कानुनअनुसार कारबाही तथा जरिबाना गरिने बताए।

छलफलमा प्राधिकरणको स्तरीकरण महाशाखाका निर्देशक मिनप्रसाद अर्याल, सेवा गुणस्तर स्तरीकरण शाखाका सहायक निर्देशक सुगन शाक्य, विवेकनाथ महासेठलगायत सहभागी थिए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

इरानमा अमेरिका–इजरायलको संयुक्त आक्रमण, मृतक संख्या ११८ पुगे, विद्यालयमा ठूलो क्षति
इरानमा अमेरिका–इजरायलको संयुक्त आक्रमण, मृतक संख्या ११८ पुगे, विद्यालयमा ठूलो क्षति
चितवन राष्ट्रिय निकुञ्जले सफलतापूर्वक उद्धार गर्यो दुर्लभ अतिसङ्कटापन्न घडियाल गोही
चितवन राष्ट्रिय निकुञ्जले सफलतापूर्वक उद्धार गर्यो दुर्लभ अतिसङ्कटापन्न घडियाल गोही
सर्लाहीमा अवैध गाँजा खेती फँडानी, प्रहरीको ठूलो अभियान
सर्लाहीमा अवैध गाँजा खेती फँडानी, प्रहरीको ठूलो अभियान
रौतहटमा मदिरा उद्योगमा विष्फोट: मृत्यु र घाइतेको जानकारी
रौतहटमा मदिरा उद्योगमा विष्फोट: मृत्यु र घाइतेको जानकारी
Trump Warns Iran of ‘Annihilation’ as He Calls for Economic Pressure at UN
Trump Warns Iran of ‘Annihilation’ as He Calls for Economic Pressure at UN
निर्वाचनको सुरक्षा सुनिश्चितता: तीन महिनाअघि देखि सेनाको परिचालन तयारी
निर्वाचनको सुरक्षा सुनिश्चितता: तीन महिनाअघि देखि सेनाको परिचालन तयारी
कञ्चनपुर कारागारभित्र झडप: घटना छानबिन समिति गठन
कञ्चनपुर कारागारभित्र झडप: घटना छानबिन समिति गठन
भरतपुरको विकास मोडल: संघीयता अनुरूप समग्र र समावेशी विकासको उदाहरण
भरतपुरको विकास मोडल: संघीयता अनुरूप समग्र र समावेशी विकासको उदाहरण
मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् आज थपिने ४ मन्त्री
मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् आज थपिने ४ मन्त्री
नेपाली सेना: स्वाधीनता र राष्ट्रिय एकता कायम राख्नको लागि अविराम समर्पण र कार्यदक्षता
नेपाली सेना: स्वाधीनता र राष्ट्रिय एकता कायम राख्नको लागि अविराम समर्पण र कार्यदक्षता
singel sidbar banner
singel sidbar banner 2