सिरहामा सशस्त्र प्रहरीको ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद
- सिरहा – सिरहामा सशस्त्र प्रहरी बल नेपाल नं.
- ७ गण हेडक्वार्टर सिरहाले अवैध लागुऔषध गाँजा बरामद गरेको छ।
सिरहा – सिरहामा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले अवैध लागुऔषध गाँजा बरामद गरेको छ। गस्ती टोलीले औरही गाउँपालिका-४, इट्टाटारस्थित सीमा क्षेत्रबाट करिब १५७ किलो २०७ ग्राम गाँजा नियन्त्रणमा लिईएको हो।
गस्ती टोलीले बुधवार बिहान करिब १:३५ बजे नेपालबाट अवैध रूपमा टाउकोमा बोकेर भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा देखेपछि ती व्यक्तिहरू गाँजा छोडेर फरार भएका थिए। प्रहरीका अनुसार, फरार आरोपितहरूलाई खोजी र पक्राउ गर्न खोजीकार्य जारी रहेको छ।
प्रहरीले बरामद गाँजालाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक गणपति एसपी सुमनजंग थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रणका लागि गस्ती र निगरानीलाई थप प्रभावकारी बनाएको बताउँदै, यस प्रकारका कारबाहीहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। यस घटनाले सीमा क्षेत्रमा सुरक्षा र नियन्त्रणको महत्त्वलाई पुनः औंल्याएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






