singel post top banner

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सरकारी जिम्मेवारी नै सर्वोपरि रहेको बताएका छन्।

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, माघ २८, २०८२
107 Views
प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सरकारी जिम्मेवारी नै सर्वोपरि रहेको बताएका छन्।
समाचार सारांश
  • काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धनका लागि सरकार निरन्तर काम गरिरहेको स्पष्ट पारे।
  • उनले भने, “भ्रष्टाचार नियन्त्रण हाम्रो पहिलो दायित्व हो, र यसको लागि हामीले दृढ संकल्प र प्रतिबद्धता देखाउँदै आएको छु।

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धनका लागि सरकार निरन्तर काम गरिरहेको स्पष्ट पारे। उनले भने, “भ्रष्टाचार नियन्त्रण हाम्रो पहिलो दायित्व हो, र यसको लागि हामीले दृढ संकल्प र प्रतिबद्धता देखाउँदै आएको छु।”

प्रधानमन्त्रीले मुलुकमा भ्रष्टाचारविरुद्धको अभियानलाई युवाको नेतृत्वमा भएको ‘जेनजी’ आन्दोलनसँग जोड्दै यसले भ्रष्टाचारविरुद्धको जनआन्दोलनका रूपमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, “जेनजी आन्दोलनले मुलुकमा आम नागरिकलाई जागरूक बनाएको छ। यसले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन मद्दत गरेको छ।”

उनले सरकारले भ्रष्टाचारविरुद्धका कदमहरूलाई अझ प्रभावकारी बनाउँदै जनहितका सेवाहरूलाई सरल, शीघ्र र सुलभ बनाउन लागिपरेको जानकारी दिए। “नागरिकता, राहदानी, सवारी अनुमति पत्रलगायत सेवाहरूलाई सहज बनाउन हामीले सुधार गरेका छौं। यसलाई अझ प्रभावकारी बनाउने हाम्रो प्रयास जारी छ,” प्रधानमन्त्रीले बताए।

प्रधानमन्त्रीले आगामी निर्वाचनपछि आउने सरकारलाई मार्गदर्शन गर्ने उद्देश्यले ‘सुशासनको मार्गचित्र’ तयार गरिएको र यसको कार्यान्वयनको अन्तिम चरणमा रहेको जानकारी दिए। उनले भने, “हामीले दीर्घकालीन सुशासनको आधार तयार गरेका छौं, जसलाई आगामी सरकारले अघि बढाउनु पर्नेछ।”

अख्तियारको भूमिकालाईप्रशंसासहित उनले यसको स्वायत्तता र सक्रियता आवश्यक रहेको बताए। “अख्तियारलाई अझ प्रभावकारी र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध छ। भ्रष्टाचारविरुद्धको अभियानलाई मजबूत बनाउन हामीले आवश्यक सुधारहरू गरिरहेका छौं,” उनले थपे।

प्रधानमन्त्रीले भ्रष्टाचारमा शून्य सहनशीलता नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुका साथै संयुक्त राष्ट्रसङ्घको भ्रष्टाचारविरुद्धको महासन्धिअनुरूप नयाँ राष्ट्रिय नीतिको अन्तिम चरणमा पुगिएको जानकारी दिए। उनले भने, “हामीले भ्रष्टाचार विरुद्ध दृढता र प्रतिबद्धता देखाउँदै आएको छौं।”

उनले शान्ति र स्थिरता कायम राख्दै आगामी निर्वाचनलाई लोकतान्त्रिक संस्कृतिको महाअभियानका रूपमा लिन आग्रह गरे। “निर्वाचनपछि नयाँ जनादेशसहित आउने सरकारले ‘जेनजी’ पुस्ताका भावना अनुरूप सुशासन कायम गर्न थप कदम चाल्नुपर्छ,” उनले बताए।

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक कानूनी र नीतिगत व्यवस्था उपलब्ध भए तापनि कार्यान्वयनमा समस्या देखिएको बताएका छन्। “भ्रष्टाचारको अन्त्य गर्न हामीलाई अझ बढी प्रतिबद्धता र जिम्मेवारीको भावना आवश्यक छ। प्रत्येक निकायका प्रमुखले आफ्नो कार्यालयमा भ्रष्टाचार र घुसखोरी विरुद्ध जिम्मेवारी लिनुपर्छ,” उनले जोड दिए।

उनले जिम्मेवारीबोध र नैतिक चेतनाको अभावले सुशासन कमजोर भएको धारणा व्यक्त गर्दै, “आफ्नो जिम्मेवारीको बोध गरी राष्ट्रसेवक र नेताहरूले नैतिकता र उत्तरदायित्वको पालना गर्नुपर्छ,” भने।

अन्त्यमा, उनले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सदाचार स्थापनाको महान अभियानको रूपमा लिन आग्रह गरे। “सदाचार र स्वच्छ छवि भएका नेताहरूलाई प्रतिनिधि सभा पठाउन हामी सबैले मिलेर काम गर्नुपर्छ,” उनले अपिल गरे।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top

यो पनि पढौँ

also rade ad banner

यो पनि पढौँ

निर्वाचन आयोगको नयाँ दल दर्ताको अन्तिम म्याद आज सकिँदै
निर्वाचन आयोगको नयाँ दल दर्ताको अन्तिम म्याद आज सकिँदै
नेपालका शीर्ष नेताहरुविरुद्ध भ्रष्टाचार मुद्दा: माधव नेपालसहित ९३ प्रतिवादीमाथि ठूला आरोपहरू
नेपालका शीर्ष नेताहरुविरुद्ध भ्रष्टाचार मुद्दा: माधव नेपालसहित ९३ प्रतिवादीमाथि ठूला आरोपहरू
बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचन तयारी तीव्र, उम्मेदवार तयारी र निर्वाचन प्रक्रिया शुरु
बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचन तयारी तीव्र, उम्मेदवार तयारी र निर्वाचन प्रक्रिया शुरु
निजामती सेवा विधेयकको मस्यौदा र फिर्ता प्रक्रियामा जटिलता, मन्त्री र कानुन मन्त्रालयबीच छलफल आवश्यक
निजामती सेवा विधेयकको मस्यौदा र फिर्ता प्रक्रियामा जटिलता, मन्त्री र कानुन मन्त्रालयबीच छलफल आवश्यक
काठमाडौंको धोबीखोलामा महिलाको हाम फाल्ने प्रयास, प्रहरी खोजीमा
काठमाडौंको धोबीखोलामा महिलाको हाम फाल्ने प्रयास, प्रहरी खोजीमा
बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय
बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
नेपाली सेनाको मुख्यालय जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक सुरु
नेपाली सेनाको मुख्यालय जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक सुरु
सीमा नाका ७२ घण्टाका लागि बन्द, निर्वाचनको सुरक्षा सुनिश्चितता
सीमा नाका ७२ घण्टाका लागि बन्द, निर्वाचनको सुरक्षा सुनिश्चितता
सुर्खेतमा आगजनी, लुटपाट र चोरीका घटनालाई राजनीतिक आवरण दिएर ढाकछोप गर्न नमिल्ने: मुख्यमन्त्री कँडेल
सुर्खेतमा आगजनी, लुटपाट र चोरीका घटनालाई राजनीतिक आवरण दिएर ढाकछोप गर्न नमिल्ने: मुख्यमन्त्री कँडेल
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?