हुथी विद्रोहीद्वारा साउदी अरबका तेल केन्द्र र विमानस्थलमा आक्रमणको दाबी
- काठमाडौं ।
- यमनका हुथी विद्रोहीहरूले साउदी अरबको इस्ट–वेस्ट तेल पाइपलाइन, तेल प्रशोधन केन्द्र र विभिन्न विमानस्थललाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका छन्।
काठमाडौं । यमनका हुथी विद्रोहीहरूले साउदी अरबको इस्ट–वेस्ट तेल पाइपलाइन, तेल प्रशोधन केन्द्र र विभिन्न विमानस्थललाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका छन्।
हुथी प्रवक्ता याह्या सरीले पछिल्लो वक्तव्यमा साउदी अरबका विभिन्न रणनीतिक तथा महत्त्वपूर्ण स्थानमा हमला गरिएको बताएका हुन्। उनका अनुसार आक्रमणको निशानामा यान्बुस्थित साउदी अरामकोको तेल प्रशोधन केन्द्र, राबिग तेल रिफाइनरी र रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल परेका छन्।
त्यस्तै, दम्मामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल, नज्रान विमानस्थल र खमिस मुसैतस्थित एक सैन्य हवाई अड्डालाई पनि निशाना बनाइएको हुथी प्रवक्ताको दाबी छ। हुथीहरूको दाबीबारे साउदी अरब सरकारले अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन।
यसैबीच, साउदी अरबको रक्षा मन्त्रालयले हुथीहरूले प्रहार गरेका र हावामै नष्ट गरिएका दुई ब्यालिस्टिक मिसाइलका अवशेष मक्काको वादी अल–मुग्मास क्षेत्रमा खसेको जनाएको छ। मन्त्रालयका अनुसार मिसाइलका टुक्रा जेद्दा, ताइफ र राबिग क्षेत्रमा पनि फेला परेका छन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






