अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख डलरभन्दा बढी नोक्सानी पुर्याएको आरोपमा पाकिस्तानी नागरिक पक्राउ
- काठमाडौँ ।
- अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी नोक्सानी पुर्याएको आरोपमा पाकिस्तानका अधिकारीहरूले ३३ वर्षीय फहीम अकरमलाई पक्राउ गरेका छन्।
काठमाडौँ । अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी नोक्सानी पुर्याएको आरोपमा पाकिस्तानका अधिकारीहरूले ३३ वर्षीय फहीम अकरमलाई पक्राउ गरेका छन्। उनीमाथि अनलाइनमार्फत नक्कली हुलाक लेबल बिक्री गर्ने वेबसाइट सञ्चालन गरेको आरोप छ।
राष्ट्रिय साइबर अपराध अनुसन्धान एजेन्सीका वरिष्ठ अधिकारी आतिफ अमीरका अनुसार एक सातासम्म खोजी गरेपछि अकरमलाई मङ्गलबार पक्राउ गरिएको हो। अमेरिकी अधिकारीहरूले उनले सन् २०२३ अगस्टदेखि सन् २०२६ सेप्टेम्बरसम्म ‘लेबल्सब्याङ्क डट कम’ नामक अनधिकृत वेबसाइट सञ्चालन गरेको बताएका छन्।
अमेरिकी सरकारी वकिलको कार्यालयका अनुसार उक्त वेबसाइटमार्फत पाँच हजार २०० भन्दा बढी ग्राहकलाई ५१ लाखभन्दा बढी नक्कली हुलाक लेबल बिक्री गरिएको थियो। ती लेबल प्रयोग हुँदा अमेरिकी हुलाक सेवाले राजस्व गुमाउनुका साथै ढुवानी खर्चसमेत बेहोर्नुपरेको आरोप छ।
पाकिस्तानी अनुसन्धानकर्ताहरूका अनुसार अकरमले व्यवसाय सञ्चालनका लागि आफ्ना भाइ, पत्नी, बहिनी र काकीसहित परिवारका सदस्यका नाममा रहेका १६ वटा बैंक खाता प्रयोग गरेका थिए। अकरमलाई अमेरिकामा सुपुर्दगी गरिने वा पाकिस्तानमै मुद्दा चलाइने भन्नेबारे अहिलेसम्म स्पष्ट भइसकेको छैन।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






