singel post top banner

विराटनगरका व्यवसायी लालजीप्रसाद गुप्ता केशलिया खोलामा मृत फेला

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, कार्तिक ९, २०८३
35 Views
विराटनगरका व्यवसायी लालजीप्रसाद गुप्ता केशलिया खोलामा मृत फेला
समाचार सारांश
  • विराटनगर ।
  • विराटनगरमा लामो समयदेखि व्यवसाय गर्दै आएका ६५ वर्षीय लालजीप्रसाद गुप्ता सुनसरीको केशलिया खोलाको किनारमा मृत फेला परेका छन्।

विराटनगर । विराटनगरमा लामो समयदेखि व्यवसाय गर्दै आएका ६५ वर्षीय लालजीप्रसाद गुप्ता सुनसरीको केशलिया खोलाको किनारमा मृत फेला परेका छन्।

विराटनगर महानगरपालिका–६ र सुनसरीको बर्जु गाउँपालिका जोड्ने पुलनजिक, बर्जु गाउँपालिका–२ भीमपुरतर्फको खोला किनारमा आइतबार बिहान स्थानीयले बोरामा बेरिएको अवस्थामा शव देखेका थिए। उनीहरूले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

गुप्ता पछिल्लो ३० वर्षदेखि विराटनगर महानगरपालिका–६ महावीर रोडमा ‘लाल ब्याट्री पसल’ सञ्चालन गर्दै आएका थिए। उनी भारतीय नागरिक रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चन्द्र खड्काका अनुसार गुप्ता विराटनगर–६ मा ब्याट्री मर्मतसम्बन्धी पसल चलाउँथे। शव बोरामा बेरिएको अवस्थामा फेला परेकाले घटना शंकास्पद देखिएको उनले बताए।

“घटनाको प्रकृति हेर्दा हत्या गरेर शव फालिएको जस्तो देखिन्छ। विभिन्न कोणबाट विस्तृत अनुसन्धान गरिरहेका छौँ,” डीएसपी खड्काले भने। प्रहरीले घटनास्थलमा तालिमप्राप्त कुकुरसहित प्राविधिक टोली परिचालन गरी प्रमाण संकलन गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

ज्याक स्मिथको खुलासा: ट्रम्पको भूमिका र जनवरी ६ को क्यापिटल दंगा
ज्याक स्मिथको खुलासा: ट्रम्पको भूमिका र जनवरी ६ को क्यापिटल दंगा
ट्रम्पले बीबीसीविरुद्ध पाँच अर्ब डलरको मानहानि मुद्दा दायर, सम्पादनलाई लिएर विवाद
ट्रम्पले बीबीसीविरुद्ध पाँच अर्ब डलरको मानहानि मुद्दा दायर, सम्पादनलाई लिएर विवाद
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा भूत मेला र धार्मिक अनुष्ठानको उल्लासपूर्ण श्रद्धालु भीड
कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा भूत मेला र धार्मिक अनुष्ठानको उल्लासपूर्ण श्रद्धालु भीड
सामाजिक सञ्जालमा झुटा प्रचारविरुद्ध कडा कदम: ६१२ भन्दा बढी हानिकारक सामग्री ट्र्याक
सामाजिक सञ्जालमा झुटा प्रचारविरुद्ध कडा कदम: ६१२ भन्दा बढी हानिकारक सामग्री ट्र्याक
डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य कदमहरूलाई लिएर गम्भीर चेतावनी दिए
डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य कदमहरूलाई लिएर गम्भीर चेतावनी दिए
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीसँग विस्तृत छलफल
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीसँग विस्तृत छलफल
सुन र चाँदीको मूल्य आक्रमणको भोलिपल्ट नै रेकर्डस्तरमा बढ्यो
सुन र चाँदीको मूल्य आक्रमणको भोलिपल्ट नै रेकर्डस्तरमा बढ्यो
टेलर स्विफ्टको रेकर्डै रेकर्ड, बिलबोर्डको सबै सूची कब्जा
टेलर स्विफ्टको रेकर्डै रेकर्ड, बिलबोर्डको सबै सूची कब्जा
आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल
आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?