singel post top banner

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीसँग विस्तृत छलफल

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, आषाढ ४, २०८३
134 Views
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीसँग विस्तृत छलफल
समाचार सारांश
  • काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन्।
  • उनले केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। उनले केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। मन्त्री खनाल गत ३१ जेठमा चीनका विदेशमन्त्री वाङ यीको निम्तामा चीन भ्रमणमा गएका थिए।

चीनको बेइजिङमा परराष्ट्रमन्त्री खनालले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। यस क्रममा दुवै देशका प्रतिनिधिमण्डलबीच नेपाल–चीन सम्बन्धका सबै पक्षहरूमा गहन र उपलब्धिमूलक छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएकै छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आपसी मित्रता, सद्भावना र सहयोगमा आधारित नेपाल–चीन सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा दुवै पक्षबीच सहमति भएको छ।”

द्विपक्षीय वार्ताका क्रममा पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि र डिजिटलाइजेशन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्ध जस्ता विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा समेत छलफल भएको छ।

नेपाल र चीनबीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले भएको यो भ्रमणले दुवै देशका बीचको मित्रता र सहयोगलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मेयर बालेन शाह माघ ५ गते राजीनामा दिने, झापा–५ बाट चुनाव लड्ने तयारीमा
मेयर बालेन शाह माघ ५ गते राजीनामा दिने, झापा–५ बाट चुनाव लड्ने तयारीमा
गाजामा मानवतावादी संकट गहिरिँदै: उद्धार टोली सक्रिय
गाजामा मानवतावादी संकट गहिरिँदै: उद्धार टोली सक्रिय
दोस्रो चितवन मह उत्सव सफल, महको गुणस्तर र बजारिकरणमा सफलता प्राप्त
दोस्रो चितवन मह उत्सव सफल, महको गुणस्तर र बजारिकरणमा सफलता प्राप्त
प्रदेश प्रमुखको कार्यशैलीप्रति सोनलको गम्भीर टिप्पणी: ‘आमाभित्रको पुतना’ निस्किनुभएको
प्रदेश प्रमुखको कार्यशैलीप्रति सोनलको गम्भीर टिप्पणी: ‘आमाभित्रको पुतना’ निस्किनुभएको
चलचित्र प्रदर्शनबाट रेकर्ड तोड्ने सफलता, अनमोल केसीको ‘जेरी अन टप’ र अन्य चलचित्रहरुको कमाइ सार्वजनिक
चलचित्र प्रदर्शनबाट रेकर्ड तोड्ने सफलता, अनमोल केसीको ‘जेरी अन टप’ र अन्य चलचित्रहरुको कमाइ सार्वजनिक
रुपन्देहीमा एक किलो सुनका गरगहनासहित काठमाडौंकी महिला पक्राउ
रुपन्देहीमा एक किलो सुनका गरगहनासहित काठमाडौंकी महिला पक्राउ
नागरिक लगानी कोषले ८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर घोषणा
नागरिक लगानी कोषले ८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर घोषणा
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल
सरकारले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा घोषणा
सरकारले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा घोषणा
जेनजी आन्दोलनको दमन र आगजनीको छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष र सदस्यविरुद्ध सर्वोच्चमा रिट दायर
जेनजी आन्दोलनको दमन र आगजनीको छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष र सदस्यविरुद्ध सर्वोच्चमा रिट दायर
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?