singel post top banner

टेलर स्विफ्टको रेकर्डै रेकर्ड, बिलबोर्डको सबै सूची कब्जा

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
मंगलबार, कार्तिक ४, २०८२
254 Views
टेलर स्विफ्टको रेकर्डै रेकर्ड, बिलबोर्डको सबै सूची कब्जा
समाचार सारांश
  • लस एन्जलस ।
  • टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ ।

लस एन्जलस । टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ ।

चार्ट कम्पनीका अनुसार स्विफ्टको १५ औं एल्बमले ४.००२ मिलियन बराबरका एल्बम युनिट्स (शुद्ध एल्बम बिक्री र स्ट्रिमहरूसहित) सँग डेब्यू गरेको थियो, जुन आधुनिक युगमा अहिलेसम्मकै उच्च संख्या हो ।

बिलबोर्डका अनुसार, ‘द लाइफ अफ अ शोगर्ल’ले ३४ लाख ७९ हजार ५०० शुद्ध एल्बम बिक्री गर्‍यो जसमध्ये १.३ मिलियन एल्बमको भिनिल प्रतिलिपिहरू थिए ।

स्विफ्टले एल्बम बिक्रीमा पपस्टार एडेललाई पनि उछिनेकी छन् । सन् २०१५ मा एडेलको एल्बमले ३.४८२ मिलियन युनिटको पहिलो हप्ताको बिक्री रेकर्ड राखेको थियो । ‘द लाइफ अफ अ शोगर्ल’ अमेरिकामा एकै हप्तामा ४० लाख युनिटभन्दा बढी युनिट कमाउने इतिहासको पहिलो एल्बम हो ।

‘मसँग ४० लाख धन्यवाद र पहिले भन्दा बढी गर्व गर्न सक्ने ४ लाख कारण छन्’ स्विफ्टले इन्स्टाग्राममा लेखिन् “फिल्म थिएटरमा यो प्रोजेक्ट मनाउन निस्कनु भएकोमा, भिनिलमा लगानी गर्नु भएकोमा, स्ट्रिमिङ गर्नु भएकोमा, भिडियो हेर्नु भएकोमा, सीडीहरू किन्नुभएकोमा, प्याकेजिङ भित्र मैले लेखेका कविता पढ्नु भएकोमा र द लाइफ अफ अ शोगर्ल भित्र आफूलाई डुबाउनु भएकोमा धन्यवाद । म यो भावनालाई सधैंभरि कदर गर्नेछु ।’

‘द लाइफ अफ अ शोगर्ल’ सँगै, स्विफ्ट ‘बिलबोर्ड २००’ मा १५ नम्बर एल्बम स्कोर गर्ने इतिहासमा पहिलो एकल कलाकार बनेकी छिन् । सन् १९५६ मा ‘बिलबोर्ड २००’ साप्ताहिक रूपमा प्रकाशन गर्न थालेदेखि उनीसँग दोस्रो सबैभन्दा धेरै नम्बर १ एल्बम छन् र उनीभन्दा अगाडि द बीटल्स (१९ नम्बर १) मात्र छ ।

स्वाभाविक रूपमा, एल्बमको ठूलो सफलता एकल चार्टमा पनि महसुस गरियो । ‘द फेट अफ ओफेलिया’ हट १०० मा नम्बर १ मा डेब्यू भयो ।

यस हप्ताको ‘हट १००’ मा शीर्ष १२ गीत ‘द लाइफ अफ अ शोगर्ल’का गीतले ओगटेका छन् । स्विफ्टले यसअघि सन् २०२२ मा ‘मिडनाइट्स’ र सन् २०२४ मा ‘द टर्चर्ड पोएट्स डिपार्टमेन्ट’मार्फत शीर्ष १० मा स्थान बनाएकी थिइन् । इतिहासमा अन्य कुनै पनि कलाकारले यो एक पटक पनि गर्न सकेका छैनन् ।

सोमबार स्विफ्ट र डिज्नी प्लसले ‘टेलर स्विफ्ट : द इरास टुर । द एन्ड अफ एन इरा,’ को ६ भागको डकुमेन्ट्रीको घोषणा गरेका थिए । डिज्नी प्लसले डिसेम्बरमा वृत्तचित्रसँगै कन्सर्ट फिल्म ‘द इरास टुर : द फाइनल शो’ पनि ल्याउनेछ ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

हिन्दू राष्ट्र र सांस्कृतिक राष्ट्रवादको नारासहित राष्ट्रिय एकता दलको भव्य घोषणा सभा
हिन्दू राष्ट्र र सांस्कृतिक राष्ट्रवादको नारासहित राष्ट्रिय एकता दलको भव्य घोषणा सभा
सरकारले बाढीपछिको खोज तथा उद्धारमा खटिएका कर्मचारीहरूलाई राहत र सुविधाको घोषणा
सरकारले बाढीपछिको खोज तथा उद्धारमा खटिएका कर्मचारीहरूलाई राहत र सुविधाको घोषणा
जनकपुरधाममा सडक दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते
जनकपुरधाममा सडक दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते
जलेश्वर कारागारबाट भागेका फरार कैदीबन्दीको संख्या २७३ रहेको, खोजी प्रक्रिया जारी
जलेश्वर कारागारबाट भागेका फरार कैदीबन्दीको संख्या २७३ रहेको, खोजी प्रक्रिया जारी
वीरगञ्जमा सशस्त्र प्रहरी बलको महिला कैदीबन्दीलाई न्यानो कपडा वितरण
वीरगञ्जमा सशस्त्र प्रहरी बलको महिला कैदीबन्दीलाई न्यानो कपडा वितरण
मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
स्काउट निर्देशक नियुक्ति विवाद : धर्ना र आरोपप्रति राजनीतिक र प्रशासनिक आरोप-प्रत्यारोप
स्काउट निर्देशक नियुक्ति विवाद : धर्ना र आरोपप्रति राजनीतिक र प्रशासनिक आरोप-प्रत्यारोप
ज्याक स्मिथको खुलासा: ट्रम्पको भूमिका र जनवरी ६ को क्यापिटल दंगा
ज्याक स्मिथको खुलासा: ट्रम्पको भूमिका र जनवरी ६ को क्यापिटल दंगा
सात प्रदेशमा बजेट पेश गर्ने लक्ष्य पूरा, मधेस र मधेस प्रदेशमा चुनौतीपूर्ण अवस्था
सात प्रदेशमा बजेट पेश गर्ने लक्ष्य पूरा, मधेस र मधेस प्रदेशमा चुनौतीपूर्ण अवस्था
एमाले उपमहासचिव रघुवीर महासेठको सरकारलाई सुझाव: प्रतिपक्षसँग सहकार्य र कर नीतिमा सुधार आवश्यक
एमाले उपमहासचिव रघुवीर महासेठको सरकारलाई सुझाव: प्रतिपक्षसँग सहकार्य र कर नीतिमा सुधार आवश्यक
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?