singel post top banner

नारिनोमा अवैध सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, कार्तिक ४, २०८३
38 Views
नारिनोमा अवैध सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते
समाचार सारांश
  • कोलम्बिया ।
  • कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

कोलम्बिया । कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। क्षेत्रीय अधिकारीहरूका अनुसार सोमबार राति खोजी तथा उद्धार कार्य सम्पन्न भएको छ।

नारिनो प्रान्तीय सरकारले सान्ता बार्बरा डे इस्कुआन्डे सहरनजिकै खानी भत्किएको जनाएको छ। घटनाले अनौपचारिक रूपमा सञ्चालन हुने खानीमा कामदारले सामना गर्नुपर्ने जोखिमलाई पुनः उजागर गरेको सरकारले बताएको छ। तीन महिनाभन्दा कम अवधिमा प्रान्तमा भएको यो दोस्रो खानी दुर्घटना हो। यी दुई घटनामा गरी २७ जनाको मृत्यु भएको सरकारले जनाएको छ।

घना वर्षावनले घेरिएको सान्ता बार्बरा डे इस्कुआन्डे पुग्न डुङ्गा वा साना विमानको सहारा लिनुपर्छ। दुर्गम भौगोलिक अवस्थाका कारण उद्धार तथा सहायता टोलीलाई घटनास्थल पुग्न कठिन भएको थियो। नारिनोका गभर्नर लुइस अल्फोन्सो एस्कोबारले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै, “यसबाट पूरै परिवार प्रभावित भएका छन्,” भने।

कोलम्बियामा सरकारी अनुमति नलिई सञ्चालन गरिएका सयौँ साना खानी छन्। तीमध्ये केही सशस्त्र विद्रोही समूहको नियन्त्रणमा रहेको बताइन्छ। उक्त क्षेत्रमा सन् २०१६ को शान्ति सम्झौतामा सहभागी हुन अस्वीकार गरेका फार्कका पूर्वसदस्यको नेतृत्वमा रहेको ज्याकोबो एरेनास समूहसहित दुई विद्रोही समूह सक्रिय छन्।

कोलम्बियाको लोकपाल कार्यालयले सशस्त्र समूहहरूलाई प्रभावित सहरमा मानवीय सहायता पुर्‍याउन अवरोध नगर्न आग्रह गरेको छ। कार्यालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ, “हाम्रा सबै प्रयास जीवन बचाउन र यस आपत्कालीन अवस्थाको सामना गर्न केन्द्रित हुनुपर्छ।”

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

विराटनगरमा आज राधाकृष्ण रथयात्राको भव्य आयोजना
विराटनगरमा आज राधाकृष्ण रथयात्राको भव्य आयोजना
‘बिग बास १७’ बाट चिनिएर आयशा खान अहिले सोशल मिडियामा निकै चर्चित, अब बलिउडमा पनि एंट्री गर्न लाग्दै
‘बिग बास १७’ बाट चिनिएर आयशा खान अहिले सोशल मिडियामा निकै चर्चित, अब बलिउडमा पनि एंट्री गर्न लाग्दै
बालेन्द्र शाहको ऐतिहासिक जित: नयाँ पुस्ताका नेता र नेपाली राजनीतिमा परिवर्तनको संकेत
बालेन्द्र शाहको ऐतिहासिक जित: नयाँ पुस्ताका नेता र नेपाली राजनीतिमा परिवर्तनको संकेत
संघर्ष र तनावको चर्को अवस्था: सिमरा क्षेत्रमा लगातार दोहोरिएको झडप र कर्फ्यु घोषणा
संघर्ष र तनावको चर्को अवस्था: सिमरा क्षेत्रमा लगातार दोहोरिएको झडप र कर्फ्यु घोषणा
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका दलहरूको बैठक आह्वान
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका दलहरूको बैठक आह्वान
मनाङको तिलिचो बेसक्याम्पमा पहिलो पटक फोरजी सेवा विस्तार, स्थानीय र पर्यटकलाई राहत।
मनाङको तिलिचो बेसक्याम्पमा पहिलो पटक फोरजी सेवा विस्तार, स्थानीय र पर्यटकलाई राहत।
रसुवा–नुवाकोट बाढी प्रभावित क्षेत्रमा अस्पताल सुरक्षित, थप बिरामी आउन सक्ने
रसुवा–नुवाकोट बाढी प्रभावित क्षेत्रमा अस्पताल सुरक्षित, थप बिरामी आउन सक्ने
कालीकोटमा जीप दुर्घटना; तीन जनाको मृत्यु
कालीकोटमा जीप दुर्घटना; तीन जनाको मृत्यु
विशेष महाधिवेशन: संस्थापनको कारबाहीपछि गगन थापा महाधिवेशनस्थलमा पुगे
विशेष महाधिवेशन: संस्थापनको कारबाहीपछि गगन थापा महाधिवेशनस्थलमा पुगे
दुई विधेयकलाई सम्बन्धित समितिमा दफावार छलफलका लागि पठायो
दुई विधेयकलाई सम्बन्धित समितिमा दफावार छलफलका लागि पठायो
singel sidbar banner
singel sidbar banner 2