singel post top banner

मनाङको तिलिचो बेसक्याम्पमा पहिलो पटक फोरजी सेवा विस्तार, स्थानीय र पर्यटकलाई राहत।

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
शनिबार, कार्तिक ८, २०८२
192 Views
मनाङको तिलिचो बेसक्याम्पमा पहिलो पटक फोरजी सेवा विस्तार, स्थानीय र पर्यटकलाई राहत।
समाचार सारांश
  • पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा असोज ३१ गते पहिलो पटक फोरजी सेवा विस्तार भएपछि स्थानीय र त्यहाँ पुग्ने पर्यटकहरूलाई ठूलो राहत मिलेको छ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको चासो र सक्रियतापछि तिलिचो आसपासमा भ्वाइस र डाटाको सेवा पुगेको हो।

पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा असोज ३१ गते पहिलो पटक फोरजी सेवा विस्तार भएपछि स्थानीय र त्यहाँ पुग्ने पर्यटकहरूलाई ठूलो राहत मिलेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको चासो र सक्रियतापछि तिलिचो आसपासमा भ्वाइस र डाटाको सेवा पुगेको हो।

मन्त्री खरेलले विज्ञप्तिमा भने, “सरकारले दुर्गम क्षेत्रमा भ्वाइस र डाटा पुर्‍याउने लक्ष्य लिएको छ, सोहीअनुसार तिलिचो आसपास क्षेत्रमा फोरजी सेवा सञ्चालन भएको हो। अब त्यहाँ पुग्ने पर्यटक र स्थानीयलाई ठूलो राहत भएको छ। हाम्रो उद्देश्य टेलिफोन र इन्टरनेट नपुगेका मुलुकका दुर्गम क्षेत्रमा सेवा विस्तार हो।”

यसैबीच, मन्त्री खरेलको सक्रियतामा असोज ३० गतेदेखि बझाङको तलकोटमा पनि पहिलो पटक फोरजी सेवा विस्तार भएको छ। तलकोट गाउँपालिका-४ बुङ्गाडाँडामा बिटिएस टावर जडान गरेर सेवा सुरु गरिएको हो। त्यहाँ रहनुभएका टेलिकमका प्रादेशिक निर्देशनालय, अत्तरियाका इन्जिनियर तिलक धामीले जानकारी दिए, “तलकोट-१ र ४ मा सेवा सुरु भइसकेको छ र चाँडै नै जयपृथ्वी नगरपालिका-१ र ५ मा पनि सेवा सञ्चालन गरिनेछ।”

यसैबीच, दार्चुलाको मार्मा गाउँपालिका-५ मा नेपाल टेलिकमले टुजी र फोरजी सेवा विस्तार गरेको छ। दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले भने, “पहिले एउटा मात्रै टावर रहेकामा नयाँ टावर स्थापना गरी सेवा सुरु गरिएको हो। यसले स्थानीयलाई दैनिक जीवन, सञ्चार, डिजिटल भुक्तानी जस्ता क्षेत्रमा सहजता ल्याएको छ।”

अर्कोतर्फ, डोटी जिल्लाको दीपायल सिलगढी नगरपालिकामा पनि फोरजी सेवा विस्तार भएको छ। साथै, जाजरकोटको बारेकोटमा गत असोज ९ गते चट्याङका कारण अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालनमा ल्याइएको छ। यसले १० हजारभन्दा बढी सेवाग्राहीलाई राहत दिएको छ।

सरकारले ग्रामीण र दुर्गम क्षेत्रमा सञ्चार पहुँच विस्तार गर्न विशेष प्राथमिकता दिएको छ। नेपाल टेलिकम र एनसेलको बजार हिस्सा क्रमशः ५५.९६ र ४४.०४ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ। हालसम्म देशभर ८८.६८ प्रतिशत फोरजी सेवा, ४८.८१ प्रतिशत फाइबर सेवा र विभिन्न मोबाइल सेवा सञ्चालनमा छन्।

सञ्चारमन्त्री खरेलले डिजिटल रुपान्तरण, सुशासन र प्रविधिको प्रयोगमार्फत देशको विकासमा टेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, “दुर्गम क्षेत्रमा फोरजी सेवा विस्तारले सञ्चार सम्पर्कमा सहजता र डिजिटल भुक्तानीमा वृद्धि भएको छ। यसले पर्यटन र स्थानीय जीवनस्तरमा सकारात्मक प्रभाव पार्नेछ।”

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top

यो पनि पढौँ

also rade ad banner

यो पनि पढौँ

संघर्ष र तनावको चर्को अवस्था: सिमरा क्षेत्रमा लगातार दोहोरिएको झडप र कर्फ्यु घोषणा
संघर्ष र तनावको चर्को अवस्था: सिमरा क्षेत्रमा लगातार दोहोरिएको झडप र कर्फ्यु घोषणा
नेपाली कांग्रेसले जनताको प्रतिबद्धता र भिजन १० सार्वजनिक
नेपाली कांग्रेसले जनताको प्रतिबद्धता र भिजन १० सार्वजनिक
राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
डेढ क्विन्टल गाँजासहित एक युवक पक्राउ, मोटरसाइकल चालक फरार
डेढ क्विन्टल गाँजासहित एक युवक पक्राउ, मोटरसाइकल चालक फरार
मधेस प्रदेश सरकार संकटमा, कांग्रेस र एमालेको समीकरण आवश्यक, जसपाको निर्णायक भूमिका
मधेस प्रदेश सरकार संकटमा, कांग्रेस र एमालेको समीकरण आवश्यक, जसपाको निर्णायक भूमिका
सरकारले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा घोषणा
सरकारले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा घोषणा
कञ्चनपुर कारागारभित्र झडप: घटना छानबिन समिति गठन
कञ्चनपुर कारागारभित्र झडप: घटना छानबिन समिति गठन
दक्षिणी अफ्रिकामा भीषण वर्षा र बाढी, १०० भन्दा बढीको मृत्यु, लाखौं प्रभावित
दक्षिणी अफ्रिकामा भीषण वर्षा र बाढी, १०० भन्दा बढीको मृत्यु, लाखौं प्रभावित
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
अवैध क्रिप्टो र हुण्डी कारोबार गर्दै ४ पक्राउ, ३० लाख नगद र उपकरण जप्त
अवैध क्रिप्टो र हुण्डी कारोबार गर्दै ४ पक्राउ, ३० लाख नगद र उपकरण जप्त
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?