सिरहामा ९० किलो गाँजासहित एक जना पक्राउ
- सिरहा ।
- सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्याणपुरबाट प्रहरीले ९० किलो गाँजा बरामद गरेको छ।
सिरहा । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्याणपुरबाट प्रहरीले ९० किलो गाँजा बरामद गरेको छ। गाँजासहित ४३ वर्षीय जगदीश यादव पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गाँजा बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा गए राति करिब ११ बजे इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी महेशवारीबाट संयुक्त टोली खटिएको थियो।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार टोलीले कल्याणपुरस्थित यादवको घरमा खानतलासी गर्दा सेतो बोराभित्र प्लास्टिकमा राखिएको गाँजा फेला पारेको थियो।
बरामद गाँजासहित यादवलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






