वीरगञ्जबाट बेवारिसे भारतीय नम्बर प्लेटको कारबाट ४ पेस्तोल र ६ गोली बरामद
- पर्सा — वीरगञ्ज महानगरपालिका-१५ का वास्तुबिहार चोकमा बुधबार बेवारिसे अवस्थामा रहेको भारतीय नम्बर प्लेटको कारबाट चार थान पेस्तोल र ६ थान गोली प्रहरीले बरामद गरेको छ।
- सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोले प्राप्त विशेष सूचनाका आधारमा उक्त कारलाई जाँच गरेको हो।
पर्सा — वीरगञ्ज महानगरपालिका-१५ का वास्तुबिहार चोकमा बुधबार बेवारिसे अवस्थामा रहेको भारतीय नम्बर प्लेटको कारबाट चार थान पेस्तोल र ६ थान गोली प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोले प्राप्त विशेष सूचनाका आधारमा उक्त कारलाई जाँच गरेको हो।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले भारतीय नम्बर प्लेटको उक्त कारबाट दुई थान कटुवा पेस्तोल, दुई थान सिक्सर पेस्तोल र ती पेस्तोलमा प्रयोग हुने ७.६२ एमएमका ६ थान गोली जफत गरेको हो। बरामद गरिएको पेस्तोल र गोली थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।
आगामी दिनहरूमा यस सम्बन्धमा थप अनुसन्धान जारी रहने प्रहरीले जनाएको छ। यस घटनाले क्षेत्रको सुरक्षा र शान्ति कायम राख्न थप सतर्कता अपनाउन आवश्यक भएको देखिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






