singel post top banner

जनकपुर चुरोट कारखानाले दाबी पेस गर्न २१ दिनको म्याद दियो

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, आश्विन २६, २०८३
34 Views
जनकपुर चुरोट कारखानाले दाबी पेस गर्न २१ दिनको म्याद दियो
समाचार सारांश
  • काठमाडौँ ।
  • सरकारको पूर्ण स्वामित्वमा रहेको जनकपुर चुरोट कारखाना लिमिटेडले बक्यौता तथा अन्य दायित्वको फरफारकका लागि सरोकारवालालाई २१ दिनभित्र प्रमाणसहित दाबी पेस गर्न आग्रह गरेको छ।

काठमाडौँ । सरकारको पूर्ण स्वामित्वमा रहेको जनकपुर चुरोट कारखाना लिमिटेडले बक्यौता तथा अन्य दायित्वको फरफारकका लागि सरोकारवालालाई २१ दिनभित्र प्रमाणसहित दाबी पेस गर्न आग्रह गरेको छ।

कारखानाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) सम्पन्न भएपछि दाबी पेस गर्न सार्वजनिक सूचना जारी गरिएको हो। मन्त्रिपरिषद्ले २०८२ वैशाख १५ गते कारखानामा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीले डीडीए गरेको कारखानाले जनाएको छ।

सोमबार जारी सूचनामा कारखानासँग कारोबार गरेका ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालालाई दाबी भएमा आवश्यक प्रमाणसहित सम्पर्क गर्न भनिएको छ। कुनै निकायको फैसला वा निर्णयअनुसार लिनुपर्ने वा दिनुपर्ने रकम, जग्गा रोक्का, बिमा तथा कर्मचारीका सेवा–सुविधासम्बन्धी दाबी भए २१ दिनभित्र पेस गर्नुपर्नेछ।

कारखानालाई तिर्न वा बुझाउन बाँकी बक्यौता भएमा सम्बन्धित व्यक्ति वा संस्थाले पनि तोकिएको म्यादभित्र सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ। म्यादभित्र दाबी नपरे प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढाइने र त्यसपछि कारखानामाथि दाबी गर्न नपाइने कारखानाले जनाएको छ।

दाबी पेस गर्न धनुषाको जनकपुरस्थित कारखाना परिसरमा सम्पर्क गर्न सकिनेछ। साथै, ९८४५१०५००८ नम्बरमा फोन गर्न वा सूचनामा उल्लेख गरिएको इमेल ठेगानामार्फत सम्पर्क गर्न सकिने व्यवस्था छ।

2026-10-12-12-11-24-2083-06-26-22

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सुनको इँटा किन्न भारत पुगेका कञ्चनपुरका दम्पती ठगीको शिकार
सुनको इँटा किन्न भारत पुगेका कञ्चनपुरका दम्पती ठगीको शिकार
बिहेको प्रलोभनसहितको शारीरिक सम्बन्धलाई स्वतन्त्र सहमति मान्न सकिन्न: सर्वोच्च अदालत
बिहेको प्रलोभनसहितको शारीरिक सम्बन्धलाई स्वतन्त्र सहमति मान्न सकिन्न: सर्वोच्च अदालत
ठमेलमा गैरकानुनी बसोबास र शंकास्पद गतिविधिमा संलग्न १० बङ्गलादेशी नागरिक पक्राउ
ठमेलमा गैरकानुनी बसोबास र शंकास्पद गतिविधिमा संलग्न १० बङ्गलादेशी नागरिक पक्राउ
सुनचाँदी रत्न महासंघले डिजिटल प्लेटफर्म सार्वजनिक, व्यवसायलाई प्रविधि-मैत्री बनाउने अभियान सुरु
सुनचाँदी रत्न महासंघले डिजिटल प्लेटफर्म सार्वजनिक, व्यवसायलाई प्रविधि-मैत्री बनाउने अभियान सुरु
५७८ ठेक्काको विस्तृत अध्ययन र सुधारका उपायहरू सहितको प्रतिवेदन सार्वजनिक
५७८ ठेक्काको विस्तृत अध्ययन र सुधारका उपायहरू सहितको प्रतिवेदन सार्वजनिक
मुग्ला गाउँपालिका-५ पुलु बजारमा पहिरोले तीन वर्षीय बालकको मृत्यु, उद्धार कार्य जारी
मुग्ला गाउँपालिका-५ पुलु बजारमा पहिरोले तीन वर्षीय बालकको मृत्यु, उद्धार कार्य जारी
भरतपुरबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालन गरेको भारतीय नागरिक पक्राउ
भरतपुरबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालन गरेको भारतीय नागरिक पक्राउ
युएई र कतारमाथि इरानको हवाई आक्रमण
युएई र कतारमाथि इरानको हवाई आक्रमण
गुल्मीमा जंगली जनावर धपाउन प्रयोग गरिएको करेन्टले एकको मृत्यु
गुल्मीमा जंगली जनावर धपाउन प्रयोग गरिएको करेन्टले एकको मृत्यु
सर्वोच्चको अन्तरिम आदेश पालना गर्न ट्रक व्यवसायीलाई संघीय र प्रदेश सरकारलाई महासंघको आग्रह
सर्वोच्चको अन्तरिम आदेश पालना गर्न ट्रक व्यवसायीलाई संघीय र प्रदेश सरकारलाई महासंघको आग्रह
singel sidbar banner
singel sidbar banner 2