सुनचाँदी रत्न महासंघले डिजिटल प्लेटफर्म सार्वजनिक, व्यवसायलाई प्रविधि-मैत्री बनाउने अभियान सुरु
- काठमाडौं — नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले आफ्ना सदस्य व्यवसायीहरूको व्यावसायिक आवश्यकताहरु सम्बोधन गर्न र दैनिक कारोबारलाई सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले आफ्नो आधिकारिक वेबसाइट र मोबाइल एप्लिकेशन सार्वजनिक गरेको छ।
- कार्यक्रम त्रिपुरेश्वरस्थित बोगेनभिल्लामा महासंघको सचिवालय कार्यालयमा आयोजित थियो, जहाँ नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले वेबसाइट र मोबाइल एपको औपचारिक शुभारंभ गरे।
काठमाडौं — नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले आफ्ना सदस्य व्यवसायीहरूको व्यावसायिक आवश्यकताहरु सम्बोधन गर्न र दैनिक कारोबारलाई सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले आफ्नो आधिकारिक वेबसाइट र मोबाइल एप्लिकेशन सार्वजनिक गरेको छ।
कार्यक्रम त्रिपुरेश्वरस्थित बोगेनभिल्लामा महासंघको सचिवालय कार्यालयमा आयोजित थियो, जहाँ नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले वेबसाइट र मोबाइल एपको औपचारिक शुभारंभ गरे। प्रमुख अतिथिको रूपमा बोल्दै, अग्रवालले प्रविधिको प्रयोगले व्यवसायलाई आधुनिक, व्यवस्थित र पारदर्शी बनाउने महासंघको प्रयासलाई समयानुकूल र दूरदर्शी कदम भएको बताए। उनले प्रविधिको प्रभावकारी प्रयोगले व्यवसाय सञ्चालन, सेवा प्रवाह र सूचना आदानप्रदानलाई थप सहज, छिटो र विश्वसनीय बनाउने विश्वास व्यक्त गरे।
महासंघका अध्यक्ष किसान सुनारले यस डिजिटल प्लेटफर्मको उद्देश्य, आवश्यकता र यसको विशेषताबारे विस्तृत जानकारी दिए। उनले भने, “महासंघलाई प्रविधिमैत्री संस्थामा परिणत गर्दै सदस्य व्यवसायीहरूलाई एउटै डिजिटल प्लेटफर्ममार्फत आवश्यक सूचना, सेवा र व्यवसाय व्यवस्थापनसम्बन्धी सुविधा उपलब्ध गराउने हाम्रो लक्ष्य छ।”
सार्वजनिक गरिएको वेबसाइट र मोबाइल एपमार्फत सदस्य व्यवसायीहरूले सुन र चाँदीको दैनिक बजार मूल्य, महासंघका सूचना र परिपत्र, ऐन, नियम र निर्देशिका, कार्यक्रमसम्बन्धी जानकारी, संस्थागत तथा व्यवसाय व्यवस्थापनसम्बन्धी सेवा र अन्य आवश्यक सूचनाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछ। यस डिजिटल प्रणालीले व्यवसाय सञ्चालनलाई थप व्यवस्थित, सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउने महासंघको विश्वास छ।
कार्यक्रममा महासंघका अध्यक्ष, पदाधिकारी र प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो। सहभागीहरूले वेबसाइट र एपको उपयोगिता र आगामी दिनमा थप सेवा सुविधा समावेश गर्न सुझाव दिएका थिए।
कार्यक्रमको समापनमा महासंघका प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्माले धन्यवाद ज्ञापन गर्दै व्यवसायीहरूलाई अधिकतम उपयोग गर्न आग्रह गरे। उनले भने, “महासंघले सञ्चालनमा ल्याएको यो प्रविधि-आधारित प्लेटफर्मलाई कसरी प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित रहनु आवश्यक छ।“
महासंघका महासचिव निरबहादुर विश्वकर्माका अनुसार, आगामी दिनहरूमा पनि सूचना प्रविधिको अधिकतम उपयोगमार्फत सुनचाँदी र आभूषण व्यवसायलाई आधुनिक, प्रतिस्पर्धी र प्रविधि-मैत्री बनाउने अभियान निरन्तरता पाउनेछ। यस कदमले नेपाली व्यवसायिक परिदृश्यमा नयाँ परिर्वतन ल्याउने अपेक्षा गरिएको छ।
यदि तपाईं यस सम्बन्धमा थप जानकारी चाहनुहुन्छ भने, कृपया हाम्रो वेबसाइट र मोबाइल एप डाउनलोड गरी प्रयोग गर्न सक्नुहुन्छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






