singel post top banner

पालुङ–हेटौँडा सडकमा १०० भन्दा बढी बस अलपत्र, हजारौँ यात्रु ३६ घण्टादेखि समस्यामा

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, आश्विन २५, २०८३
53 Views
पालुङ–हेटौँडा सडकमा १०० भन्दा बढी बस अलपत्र, हजारौँ यात्रु ३६ घण्टादेखि समस्यामा
समाचार सारांश
  • काठमाडौँ ।
  • पालुङ–हेटौँडा सडकखण्डमा १०० भन्दा बढी यात्रुवाहक बस अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र परेका छन्।

काठमाडौँ । पालुङ–हेटौँडा सडकखण्डमा १०० भन्दा बढी यात्रुवाहक बस अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र परेका छन्। शुक्रबारदेखि अवरुद्ध सडकका कारण दशैँलगायतका चाडपर्व मनाउन घर फर्किएका यात्रुहरू खानपिन र शौचालयको सुविधाबाट समेत वञ्चित भएका छन्।

सिन्धुली सडकखण्डमा शुक्रबार एलपीजी ग्यास बोकेको बुलेट पल्टिनु र सडक धस्सिनुका कारण यातायात प्रभावित भएको हो। वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको पालुङ सडक साँघुरो र घुमाउरो भएकाले दुवैतर्फका सवारी सहज रूपमा आवतजावत गर्न नसकेको बताइएको छ।

यात्रुहरू मकवानपुरको थाहा नगरपालिका–४, सिमभञ्ज्याङदेखि हेटौँडा जाने सडकखण्डको जङ्गल क्षेत्रमा रोकिएका छन्। नेटवर्क सुविधा नहुँदा उनीहरूलाई आफन्तसँग सम्पर्क गर्नसमेत कठिनाइ भएको छ। लामो समयदेखि जाममा फसेका बालबालिका, सुत्केरी महिला र ज्येष्ठ नागरिक बिरामी पर्न थालेको यात्रुहरूले बताएका छन्।

यात्रु प्रकाश उप्रेतीका अनुसार स्थानीय निकाय र मकवानपुर जिल्ला प्रशासन कार्यालयबीच प्रभावकारी समन्वय नहुँदा यात्रुहरू थप समस्यामा परेका छन्। उनले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सडक खुलाउन प्रभावकारी पहल नभएको गुनासो गरे।

शनिबार बिहान ६ बजेदेखि करिब नौ घण्टा सवारी आवागमन ठप्प भएको थियो। अपराह्न ३ बजेतिर केही सवारी अघि बढे पनि सडकमा जाम कायमै रहेको यात्रुहरूको भनाइ छ। हाल सिमभञ्ज्याङदेखि तल करिब १२० यात्रुवाहक बस आवागमनको प्रतीक्षामा रहेको बताइएको छ। विपरीत दिशाबाट काठमाडौँतर्फ गइरहेका १८ देखि २२ चक्के मालवाहक सवारीले पनि जाम थप बढाएको छ।

सडकलाई समयअनुसार खोल्ने र बन्द गर्ने गरिएको भन्दै यात्रुहरूले निर्धारित समयमा गन्तव्यमा पुग्न नसकेको बताएका छन्। उप्रेतीका अनुसार अझै करिब ३४ किलोमिटर कच्ची सडक पार गर्न बाँकी छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
सर्लाहीमा गाडी दुर्घटना: एकको मृत्यु, ११ जना घाइते, चालक पक्राउ
सर्लाहीमा गाडी दुर्घटना: एकको मृत्यु, ११ जना घाइते, चालक पक्राउ
सपना प्रधान मल्ल कार्यकाल सुरू, सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीश बने
सपना प्रधान मल्ल कार्यकाल सुरू, सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीश बने
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिदमा कुनै बाधा नहोस्, आन्तरिक स्वायत्ततामा हस्तक्षेप नगर्ने
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिदमा कुनै बाधा नहोस्, आन्तरिक स्वायत्ततामा हस्तक्षेप नगर्ने
जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर
जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर
चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला विवाद : पाँच वर्षपछि पनि ऋण चुक्ता नहुँदा धुर्मुस तनावमा
चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला विवाद : पाँच वर्षपछि पनि ऋण चुक्ता नहुँदा धुर्मुस तनावमा
गाजामा मानवतावादी संकट गहिरिँदै: उद्धार टोली सक्रिय
गाजामा मानवतावादी संकट गहिरिँदै: उद्धार टोली सक्रिय
रामेछापमा चोरीको सुन खरिद गरेको आरोपमा दुई सुनचाँदी व्यवसायी पक्राउ
रामेछापमा चोरीको सुन खरिद गरेको आरोपमा दुई सुनचाँदी व्यवसायी पक्राउ
काठमाडौँ उपत्यकामा लागुऔषधसहित पाँच जना पक्राउ
काठमाडौँ उपत्यकामा लागुऔषधसहित पाँच जना पक्राउ
रूसको आक्रमणबाट युक्रेनमा दुईजनाको मृत्यु
रूसको आक्रमणबाट युक्रेनमा दुईजनाको मृत्यु
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?