singel post top banner

अवधेश मण्डललाई नछोडिए आन्दोलन गर्ने राष्ट्रिय एकता दलको चेतावनी

belwo post title ad banner
विजय सिंह विजय सिंह
आइतबार, भाद्र २१, २०८३
67 Views
अवधेश मण्डललाई नछोडिए आन्दोलन गर्ने राष्ट्रिय एकता दलको चेतावनी
समाचार सारांश
  • वीरगञ्ज।
  • भोटेकोशी बाढीमा परी बेपत्ता भएका आफन्तको खोजी तथा उद्धारका लागि निरन्तर पहल गरिरहेका बारा, परवानीपुर गाउँपालिका–१ निवासी तथा राष्ट्रिय एकता दलका जिल्ला सदस्य अवधेश मण्डललाई प्रहरीले पक्राउ गरेको घटनाप्रति राष्ट्रिय एकता दलले गम्भीर आपत्ति जनाएको छ।

वीरगञ्ज। भोटेकोशी बाढीमा परी बेपत्ता भएका आफन्तको खोजी तथा उद्धारका लागि निरन्तर पहल गरिरहेका बारा, परवानीपुर गाउँपालिका–१ निवासी तथा राष्ट्रिय एकता दलका जिल्ला सदस्य अवधेश मण्डललाई प्रहरीले पक्राउ गरेको घटनाप्रति राष्ट्रिय एकता दलले गम्भीर आपत्ति जनाएको छ।

राष्ट्रिय एकता दलका मधेश प्रदेश सचिव दिलीप गुप्ताले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत मण्डललाई तत्काल रिहा गर्न माग गरेका हुन्।

दलका अनुसार बाढीमा आफ्ना सालो बेपत्ता भएपछि मण्डलले खोजी तथा उद्धारका लागि सम्बन्धित क्षेत्रका सांसद रहबर अन्सारीसँग पटक–पटक सहयोगको आग्रह गरेका थिए। तर अपेक्षित सहयोग नपाएपछि पीडित अवस्थामा उनले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि र आक्रोश व्यक्त गरेका थिए।

दलले विपद्को समयमा आफन्तको जीवनरक्षाका लागि जनप्रतिनिधिसँग जवाफदेहिता माग गर्ने पीडित नागरिकलाई नै पक्राउ गर्नु गैरजिम्मेवार तथा निन्दनीय कार्य भएको जनाएको छ।

राष्ट्रिय एकता दलले सरकार र प्रशासनसमक्ष पक्राउ परेका अवधेश मण्डललाई विना शर्त तत्काल ससम्मान रिहा गर्न, भोटेकोशी बाढीमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन र राहत व्यवस्थापन प्रभावकारी बनाउन माग गरेको छ।

त्यस्तै, नागरिकको असन्तुष्टि दबाउन प्रहरी शक्तिको दुरुपयोग गरिएको भए त्यसबारे छानबिन गरी दोषी देखिएका सांसद तथा सम्बन्धित निकायमाथि आवश्यक कारबाही गर्न पनि दलले माग गरेको छ।

दलले प्रधानमन्त्री बालेन्द्र शाहले विपद् पीडितले सरकारप्रति आलोचना वा असन्तुष्टि व्यक्त गरेकै आधारमा कारबाही नगर्न दिएको निर्देशन तथा नीतिको समेत उक्त गिरफ्तारीबाट उल्लंघन भएको दाबी गरेको छ।

राष्ट्रिय एकता दलले नागरिकको वाक् स्वतन्त्रता तथा विपद् पीडितको न्यायका पक्षमा पार्टी दृढतापूर्वक उभिएको स्पष्ट पार्दै अवधेश मण्डललाई अविलम्ब रिहा नगरिए सशक्त संघर्षका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
विजय सिंह
विजय सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

प्रचण्डले संविधानको पूर्ण कार्यान्वयन र राष्ट्रिय एकताको महत्त्वमा जोड
प्रचण्डले संविधानको पूर्ण कार्यान्वयन र राष्ट्रिय एकताको महत्त्वमा जोड
उद्योगी व्यवसायीले सुरक्षाको ग्यारेन्टी र प्रवर्द्धनको माग गर्दै नेपाल उद्योग महासंघको चितवन सभा
उद्योगी व्यवसायीले सुरक्षाको ग्यारेन्टी र प्रवर्द्धनको माग गर्दै नेपाल उद्योग महासंघको चितवन सभा
नेपालमा सुनको मूल्य तीन लाख रुपैयाँ नाघ्यो, अन्तर्राष्ट्रिय बजारको प्रभाव
नेपालमा सुनको मूल्य तीन लाख रुपैयाँ नाघ्यो, अन्तर्राष्ट्रिय बजारको प्रभाव
सुनको मूल्य एकै दिन ११ हजार ६ सय रुपैयाँले घट्यो, चाँदीको मूल्य समेत घट्यो
सुनको मूल्य एकै दिन ११ हजार ६ सय रुपैयाँले घट्यो, चाँदीको मूल्य समेत घट्यो
मुग्ला गाउँपालिका-५ पुलु बजारमा पहिरोले तीन वर्षीय बालकको मृत्यु, उद्धार कार्य जारी
मुग्ला गाउँपालिका-५ पुलु बजारमा पहिरोले तीन वर्षीय बालकको मृत्यु, उद्धार कार्य जारी
काठमाडौँमा निर्वाचन तयारी र गोरखापत्रको भूमिका : मन्त्री खरेलको प्रमुख वक्तव्य
काठमाडौँमा निर्वाचन तयारी र गोरखापत्रको भूमिका : मन्त्री खरेलको प्रमुख वक्तव्य
शिक्षक–विद्यार्थीबीच आत्मीयता बढाउँदै गोल्डेन फ्युचर एकेडेमीको दसैँ मिलन कार्यक्रम
शिक्षक–विद्यार्थीबीच आत्मीयता बढाउँदै गोल्डेन फ्युचर एकेडेमीको दसैँ मिलन कार्यक्रम
भक्तपुरमा पछिल्लो एक महिनामा १५२ आपराधिक मुद्दा दर्ता
भक्तपुरमा पछिल्लो एक महिनामा १५२ आपराधिक मुद्दा दर्ता
सुनसरीका तत्कालीन सब-इन्जिनियर मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा मुद्दा दायर
सुनसरीका तत्कालीन सब-इन्जिनियर मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा मुद्दा दायर
विराटनगर–कटहरी सडक मर्मत नभएपछि मालबाहक ट्रकहरू फसे
विराटनगर–कटहरी सडक मर्मत नभएपछि मालबाहक ट्रकहरू फसे
singel sidbar banner
singel sidbar banner 2