काठमाडौँ उपत्यकामा लागुऔषधसहित पाँच जना पक्राउ
- काठमाडौँ ।
- काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्।
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले उनीहरूलाई शुक्रबार र आज पक्राउ गरेको हो।
पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र बिक्री गर्न पाइने डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन र ट्रामाडोल बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–६ का ३४ वर्षीय विक्रम घले, मकवानपुरको थाहा नगरपालिका–१२ का २४ वर्षीय विजय तामाङ, राक्सिराङ गाउँपालिका–३ का ३३ वर्षीय ललितबहादुर स्याङ्ताङ, काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६ का ३४ वर्षीय गणेश लामा र सिन्धुलीको हरिहरपुर नगरपालिका–११ का ३२ वर्षीय रत्न तामाङ छन्।
लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार उनीहरूबाट ५ लाख ६० हजार ४०० रुपैयाँ नगद, एउटा मोटरसाइकल र छवटा मोबाइल फोन पनि बरामद गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






