singel post top banner

संसद्‍मा थप १४ विधेयक दर्ता गर्ने तयारी, ३६ वटा विधेयक विचाराधीन

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, आश्विन २०, २०८३
43 Views
संसद्‍मा थप १४ विधेयक दर्ता गर्ने तयारी, ३६ वटा विधेयक विचाराधीन
समाचार सारांश
  • काठमाडौं ।
  • सरकारले थप १४ वटा विधेयक संघीय संसद्मा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

काठमाडौं । सरकारले थप १४ वटा विधेयक संघीय संसद्मा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार विधेयकहरू संसद्मा पेस गर्ने प्रक्रिया अघि बढिरहेको छ।

हाल संघीय संसद्मा ३६ वटा विधेयक विचाराधीन छन्। तीमध्ये २४ वटा संसदीय समितिमा दफावार छलफलका क्रममा छन्। एउटा विधेयक राष्ट्रिय सभामा रहेको छ भने बाँकी विधेयक सम्बन्धित सभामै छन्।

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार पछिल्ला दुई अधिवेशनमा दुवै सभाबाट १२ वटा विधेयक पारित भएका छन्। तीमध्ये ११ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् भने एउटा प्रमाणीकरणको प्रक्रियामा छ।

संसद्मा दर्ताको तयारीमा रहेका विधेयकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक र राष्ट्रिय सतर्कता केन्द्रसँग सम्बन्धित ऐन संशोधन विधेयक छन्। कम्पनी ऐन संशोधन विधेयक, पाँचवटा संहिता संशोधन विधेयक र औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक पनि दर्ता गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन र विदेशी विनिमयसम्बन्धी विधेयक अघि बढाएको छ। ऊर्जा मन्त्रालयले नवीकरणीय ऊर्जासम्बन्धी विधेयक तथा जलस्रोतसम्बन्धी ऐन संशोधन विधेयकको प्रक्रिया अगाडि बढाएको छ।

त्यस्तै, पूर्वाधार न्यायाधिकरण र कृषिसम्बन्धी विधेयक पनि तयारीको चरणमा छन्। पशु वधशालासम्बन्धी विधेयकसमेत छिट्टै संसद्मा दर्ता गर्ने गरी काम भइरहेको मन्त्रालयले जनाएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कुन विधेयक कुन चरणमा पुगेको छ भन्नेबारे अनुगमन गरिरहेको छ। थप १४ वटा विधेयक संसद्मा दर्ता गर्ने प्रक्रिया अघि बढिरहेको मन्त्रालयको भनाइ छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको माग गर्दै आन्दोलनको तयारी
घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको माग गर्दै आन्दोलनको तयारी
रास्वपा सांसद डा. अमरेशकुमार सिंहको कडा आलोचना: सरकारलाई ‘तासको पत्ता’को संज्ञा
रास्वपा सांसद डा. अमरेशकुमार सिंहको कडा आलोचना: सरकारलाई ‘तासको पत्ता’को संज्ञा
भोटेकोशी नदीमा आकस्मिक बाढी, २९१ विदेशीसहित ३८४ पर्यटक तथा पदयात्री बेपत्ता
भोटेकोशी नदीमा आकस्मिक बाढी, २९१ विदेशीसहित ३८४ पर्यटक तथा पदयात्री बेपत्ता
बाँकेमा जुवा खेल्ने ५ जना पक्राउ, रु. २ लाख २ हजार बरामद
बाँकेमा जुवा खेल्ने ५ जना पक्राउ, रु. २ लाख २ हजार बरामद
नेपालमा सुनको मूल्य घट्यो, आज तोलामा ६०० रुपैयाँले घटेर २,६७,५०० मा पुगे
नेपालमा सुनको मूल्य घट्यो, आज तोलामा ६०० रुपैयाँले घटेर २,६७,५०० मा पुगे
आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
अवधेश मण्डललाई नछोडिए आन्दोलन गर्ने राष्ट्रिय एकता दलको चेतावनी
अवधेश मण्डललाई नछोडिए आन्दोलन गर्ने राष्ट्रिय एकता दलको चेतावनी
सिरहाका सत्यनारायण साफीको संघर्ष र सफलता: गरिबीलाई चुनौती दिएर डाक्टर बन्ने प्रेरणादायक कथा
सिरहाका सत्यनारायण साफीको संघर्ष र सफलता: गरिबीलाई चुनौती दिएर डाक्टर बन्ने प्रेरणादायक कथा
नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
त्रिवि शिक्षण अस्पतालले बिहानको सत्रमा मात्र सेवा सञ्चालन गर्ने
त्रिवि शिक्षण अस्पतालले बिहानको सत्रमा मात्र सेवा सञ्चालन गर्ने
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?