singel post top banner

रसुवाको गल्छी–बेत्रावती सडकमा ट्र्याक खुल्यो, एक साताभित्र बेलिब्रिज जडान गर्ने लक्ष्य

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, आश्विन १५, २०८३
59 Views
रसुवाको गल्छी–बेत्रावती सडकमा ट्र्याक खुल्यो, एक साताभित्र बेलिब्रिज जडान गर्ने लक्ष्य
समाचार सारांश
  • काठमाडौं ।
  • बाढीले क्षति पुर्‍याएको गल्छी–बेत्रावती सडकखण्डमा ट्र्याक खोलिएको छ।

काठमाडौं । बाढीले क्षति पुर्‍याएको गल्छी–बेत्रावती सडकखण्डमा ट्र्याक खोलिएको छ। ट्र्याक खुलेसँगै सडकमा सर्वसाधारणको आवतजावत सुरु भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्।

मन्त्री लम्सालको सचिवालयका अनुसार रसुवासँग जोडिने मुख्य सडकमार्गको ट्र्याक खुले पनि सडकको ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम बाँकी छ। सडक निर्माण तथा मर्मत भइरहेका बेला सवारीसाधनको चाप बढ्दा काम प्रभावित भएको भन्दै मन्त्री लम्सालले आवश्यक सहजीकरण गरिदिन सबैसँग आग्रह गरेका छन्।

ट्र्याक खोल्ने काम पूरा भएसँगै सडकखण्डमा बेलिब्रिज जडानको तयारी पनि अघि बढाइएको छ। नुवाकोटतर्फ पुल निर्माणका लागि फाउन्डेसन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलिब्रिज जडान गर्ने तयारी भइरहेको छ।

रसुवातर्फको बेलिब्रिजको फाउन्डेसन निर्माण पनि अन्तिम चरणमा पुगेको मन्त्री लम्सालले बताएका छन्। निर्माणलाई तीव्रता दिँदै आगामी एक साताभित्र बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।

बाढीले सडक संरचनामा क्षति पुर्‍याएपछि रसुवा आवतजावत प्रभावित हुँदै आएको थियो। ट्र्याक खुलेसँगै यातायात सञ्चालन सहज हुने र बेलिब्रिज जडानपछि सडकमार्ग थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

वडाध्यक्ष र पत्रकारबीच झडप, प्रहरी नियन्त्रणमा लिइएको पत्रकार ऐश्वर्या कुँवर
वडाध्यक्ष र पत्रकारबीच झडप, प्रहरी नियन्त्रणमा लिइएको पत्रकार ऐश्वर्या कुँवर
काठमाडौं र भक्तपुरमा यातायात बिचौलियाविरुद्ध ठूलो अभियान, ३२ बिचौलिया पक्राउ
काठमाडौं र भक्तपुरमा यातायात बिचौलियाविरुद्ध ठूलो अभियान, ३२ बिचौलिया पक्राउ
नेपालमा डीएनए परीक्षण र डेटाबेसको लागि तत्काल कानुनी व्यवस्था आवश्यक
नेपालमा डीएनए परीक्षण र डेटाबेसको लागि तत्काल कानुनी व्यवस्था आवश्यक
सरकारको आश्वासनपछि झापा र इलामका चिया उद्योगहरू पुनः सञ्चालन
सरकारको आश्वासनपछि झापा र इलामका चिया उद्योगहरू पुनः सञ्चालन
मधेस प्रदेशलाई स्वायत्त घोषणा गर्न माग गर्दै जनमत पार्टीको प्रदर्शन
मधेस प्रदेशलाई स्वायत्त घोषणा गर्न माग गर्दै जनमत पार्टीको प्रदर्शन
विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी
विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी
झापाको बिर्तामोडमा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने जघन्य घटना, चार जना पक्राउ
झापाको बिर्तामोडमा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने जघन्य घटना, चार जना पक्राउ
रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाए
रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाए
एमालेमा युवा र पुराना नेताबीच सन्तुलन मिलाउन योगेश भट्टराईको आग्रह
एमालेमा युवा र पुराना नेताबीच सन्तुलन मिलाउन योगेश भट्टराईको आग्रह
नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विनिमयदरमा परिमार्जन गरी नयाँ दर तोकेको घोषणा
नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विनिमयदरमा परिमार्जन गरी नयाँ दर तोकेको घोषणा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?