singel post top banner

आलोचनापछि भीभीआईपीका लागि विलासी गाडी खरिद प्रक्रिया रोक्यो मधेस सरकार

belwo post title ad banner
अलका कुमारी अलका कुमारी
बुधबार, आश्विन १४, २०८३
78 Views
आलोचनापछि भीभीआईपीका लागि विलासी गाडी खरिद प्रक्रिया रोक्यो मधेस सरकार
समाचार सारांश
  • जनकपुरधाम ।
  • चौतर्फी आलोचनापछि मधेस प्रदेश सरकारले भीभीआईपीका लागि ३ करोड ५० लाख रुपैयाँको विलासी गाडी खरिद गर्न आह्वान गरेको बोलपत्र प्रक्रिया स्थगित गरेको छ।

जनकपुरधाम । चौतर्फी आलोचनापछि मधेस प्रदेश सरकारले भीभीआईपीका लागि ३ करोड ५० लाख रुपैयाँको विलासी गाडी खरिद गर्न आह्वान गरेको बोलपत्र प्रक्रिया स्थगित गरेको छ।

श्रम तथा यातायातमन्त्री शारदादेवी थापाले मुलुकको विषम परिस्थितिमा गाडी खरिद गर्नु कति उचित हो भन्ने प्रश्न उठेपछि प्रक्रिया रोकिएको बताइन्। उनका अनुसार मुख्यमन्त्री कार्यालयको निर्देशनमा बोलपत्र आह्वान गरिएको थियो। तर, तत्काल भीभीआईपीको आवागमन हुने सम्भावना नरहेको र खरिदको औचित्यमाथि प्रश्न उठेपछि बोलपत्र अघि नबढाउने निर्णय गरिएको हो।

मन्त्री थापाले बोलपत्र आह्वान हुनुअघि आफूलाई यसबारे जानकारी नभएको बताइन्। “गाडीको औचित्यमाथि चौतर्फी प्रश्न उठेपछि र मलाई पनि यो समयसापेक्ष नलागेपछि मन्त्रालयका सचिवसँग बुझें। निर्णय भइसकेको अवस्था नरहेकाले प्रक्रिया रोकिएको हो,” उनले भनिन्।

सरकारले खर्च कटौती गर्ने नीति लिएका बेला श्रम तथा यातायात मन्त्रालयले गत भदौ २५ गते भीभीआईपी प्रयोजनका लागि ३ करोड ५० लाख रुपैयाँको गाडी खरिद गर्न बोलपत्र आह्वान गरेको थियो। आर्थिक दबाब झेलिरहेको प्रदेश सरकारले एउटै गाडीमा करोडौँ रुपैयाँ खर्च गर्न लागेको भन्दै त्यसको औचित्यमाथि आलोचना भएको थियो।

मधेस प्रदेशको चालु आर्थिक वर्षको बजेट कार्यान्वयनसम्बन्धी निर्देशिकाले ४४ शीर्षकमा २० देखि ७५ प्रतिशतसम्म खर्च कटौती गरेको छ। सवारीसाधन तथा मेसिनरी औजार खरिद वा भाडामा लिने खर्चमा शतप्रतिशत रोक लगाइएको छ। भत्ता, सञ्चार शुल्क तथा विशिष्ट व्यक्ति र प्रतिनिधिमण्डलको भ्रमण खर्चमा २० प्रतिशत; तालिम, गोष्ठी, सशर्त अनुदान, वन तथा वातावरण संरक्षण र भैपरी आउने खर्चमा ५० प्रतिशत; तथा पुँजीगत अनुसन्धान र परामर्श खर्चमा ७५ प्रतिशत कटौती गरिएको छ।

निर्देशिकाअनुसार मुख्यमन्त्रीका लागि समेत करिब डेढ करोड रुपैयाँसम्मको गाडी खरिद गर्न सकिने व्यवस्था छ। त्यसको तुलनामा भीभीआईपीका नाममा ३ करोड ५० लाख रुपैयाँको गाडी खरिद गर्न खोजिएको भन्दै प्रदेश सांसद र स्थानीयवासीले विरोध गरेका थिए।

मुख्यमन्त्री कार्यालयले आफैँले गर्न सक्ने खरिद प्रक्रिया श्रम तथा यातायात मन्त्रालयमार्फत किन अघि बढाइयो भन्ने प्रश्नमा मन्त्री थापाले विगतमा पनि यही मन्त्रालयबाट सवारीसाधन खरिद हुने गरेकाले यसपटक पनि प्रक्रिया अघि बढाइएको बताइन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अलका कुमारी साह
अलका कुमारी साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मेलम्ची खानेपानी आयोजना सम्बन्धी समस्या समाधान र विकासकार्यका लागि सरकारी सहमति
मेलम्ची खानेपानी आयोजना सम्बन्धी समस्या समाधान र विकासकार्यका लागि सरकारी सहमति
काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपित खरेलको बयान प्रक्रिया सुरु
काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपित खरेलको बयान प्रक्रिया सुरु
बारामा प्रहरीको सरकारी पेस्तोल हराएको घटना: अनुसन्धानमा नयाँ मोड
बारामा प्रहरीको सरकारी पेस्तोल हराएको घटना: अनुसन्धानमा नयाँ मोड
फिलिपिन्समा शक्तिशाली समुद्री आँधी फङ–वङको कारण बहुमूल्य जीवनको क्षति र सुरक्षा सतर्कता
फिलिपिन्समा शक्तिशाली समुद्री आँधी फङ–वङको कारण बहुमूल्य जीवनको क्षति र सुरक्षा सतर्कता
भदौसम्म निजी क्षेत्रको कर्जा १.६ प्रतिशतले बढ्यो, ५९ खर्ब ५० अर्ब नाघ्यो
भदौसम्म निजी क्षेत्रको कर्जा १.६ प्रतिशतले बढ्यो, ५९ खर्ब ५० अर्ब नाघ्यो
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ मा दलित समुदायको सामाजिक र आर्थिक उत्थानका लागि नयाँ पहल
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ मा दलित समुदायको सामाजिक र आर्थिक उत्थानका लागि नयाँ पहल
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
सिन्धुलीबाट भागेका जबरजस्ती करणीका प्रतिवादी सन्दीप पुन: पक्राउ
सिन्धुलीबाट भागेका जबरजस्ती करणीका प्रतिवादी सन्दीप पुन: पक्राउ
झापाको कमल गाउँपालिकामा मतदातामाथि आक्रमण, राजनीतिक दबाब र डर फैलिँदै
झापाको कमल गाउँपालिकामा मतदातामाथि आक्रमण, राजनीतिक दबाब र डर फैलिँदै
नेपाल प्रहरीमा स्वचालित मूल्यांकन प्रणाली लागू, कामकाजको पारदर्शी र वस्तुनिष्ठ मूल्याङ्कनको नयाँ युग
नेपाल प्रहरीमा स्वचालित मूल्यांकन प्रणाली लागू, कामकाजको पारदर्शी र वस्तुनिष्ठ मूल्याङ्कनको नयाँ युग
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?