singel post top banner

झापाको कमल गाउँपालिकामा मतदातामाथि आक्रमण, राजनीतिक दबाब र डर फैलिँदै

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, फाल्गुन १७, २०८२
119 Views
झापाको कमल गाउँपालिकामा मतदातामाथि आक्रमण, राजनीतिक दबाब र डर फैलिँदै
समाचार सारांश
  • दमक ।
  • झापाको कमल गाउँपालिका–६ को चोमलुङ चोकमा अहिले ठूलो राजनीतिक र सुरक्षा समस्या देखिएको छ।

दमक । झापाको कमल गाउँपालिका–६ को चोमलुङ चोकमा अहिले ठूलो राजनीतिक र सुरक्षा समस्या देखिएको छ। स्थानीयहरू आफूमाथि आक्रमण हुने त्रासमा छन्। गत बुधबार साँझ एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगै तीन दर्जनभन्दा बढी गाडीमा आएका युवा कार्यकर्ताहरूले स्थानीय युवतीहरूलाई ‘भोट केमा?’ भनेर सोध्नासाथ परिस्थिति जटिल बनेको हो।

युवाले ‘सूर्यमा’ भन्ने अपेक्षा राख्दै ‘घण्टीमा’ भन्ने जवाफ दिएपछि उनीहरूले आक्रोशित भई महिलाहरूमाथि भनाभन र जाइलागे। यसक्रममा सञ्चारकर्मी अर्जुन आचार्यमाथि आक्रमण भएको थियो। घटनाको प्रत्यक्षदर्शी रिता धिमालले भनिन्, ‘हामी यहाँ काम गर्न आएको थियौं, तर युवाहरूले भिडियो खिच्दाखेरी लछारपछार गरेर गाडीमा हाल्ने प्रयास गरे। डरले हामी काम गर्न सक्दैनौं।’

अर्का प्रत्यक्षदर्शी पुष्पा राईले भने, ‘५–१० मिनेटसम्म कुटपिट भयो। पत्रकार भाइलाई घेरेर हाने, मोबाइल पनि लखेटे। भिडियो डिलिट गर्न भने, तर मोबाइल लक भएकाले गर्न सकेनन्। सबैजना आफ्नै धुनमा थिए।’ गाउँका वृद्ध अवस्थाकी बेदमाया मुखिया पनि यस घटनाबाट निकै आक्रोशित छन्। उनले भने, ‘पत्रकारलाई कसरी कुटे हो भन्ने कुराले मन दुख्छ। भोट माग्न आउनेहरूले यस्तो गर्नु सही होइन। हामीले सुरक्षा नपाउँदा डर लाग्छ।’

स्थानीय जनता र पत्रकारहरूका अनुसार, यस्तो आक्रमण भने मात्रै होइन, मतदातालाई धम्की र दबाव दिइराख्ने क्रम जारी छ। मतदातालाई ‘भोट हाल, नत्र यस्तो गर्छु’ भनेर धम्की दिइएको र घरघरमा धम्की दिने प्रयास भएको रिपोर्टहरू छन्।

Jhapa (1)

यस घटनाको पछि राजनीतिक दलको व्यवहारप्रति शंका पैदा भएको छ। जनता भन्छन्, मतदातालाई नम्र भएर भोट माग्नुपर्ने हो तर यहाँ धम्की र डर देखाइन्छ। गाउँमा अहिले ठूलो त्रास फैलिएको छ। प्रहरी र प्रशासनले भने सुरक्षाको वातावरण सुनिश्चित गरेको दाबी गरे पनि, आक्रमण र धम्कीको घटनाले सुरक्षा निकायको भूमिकाप्रति प्रश्न उठाएको छ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘सार्वजनिक स्थानमा असुरक्षा महसुस भइरहेको छ।’ तर, हिँडेका आक्रमणकारी अझै पनि खुलेआम हिँडिरहेका छन्। उच्च स्रोतहरूले भने, एमालेको भोलेन्टियर्स फोर्सले परिणाम नआउने आशङ्कामा जे पनि गर्नसक्ने अवस्था रहेको बताएका छन्।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख किशोर लम्सालले भने, ‘सुरक्षा बल बलियो छ र निर्वाध रुपमा मतदान हुन सक्ने वातावरण बनाइएको छ।’ तर, स्थानीय र सञ्चारकर्मीको अनुभव भने विपरीत देखिन्छ। यस क्रममा, सञ्चारकर्मीहरूलाई धम्की र आक्रमणको प्रयास भइरहेकाले, निर्वाचनको स्वतंत्रता र सुरक्षा गम्भीर चुनौतीमा परेका छन्। स्थानीय जनता र पत्रकारहरू सबै मिलेर यस घटनालाई गम्भीरता पूर्वक लिनुपर्ने देखिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

कार बम विस्फोट प्रकरण : आक्रमणकारीका सहयोगीलाई एनआईएको पक्राउ
कार बम विस्फोट प्रकरण : आक्रमणकारीका सहयोगीलाई एनआईएको पक्राउ
मधेस प्रदेशमा हाजिर–जवाफ प्रतियोगिताको सफल समापन: विद्यार्थीको ज्ञान, नेतृत्व र आत्मविश्वास प्रवर्द्धनमा महत्वपूर्ण कार्यक्रम
मधेस प्रदेशमा हाजिर–जवाफ प्रतियोगिताको सफल समापन: विद्यार्थीको ज्ञान, नेतृत्व र आत्मविश्वास प्रवर्द्धनमा महत्वपूर्ण कार्यक्रम
सप्तरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
सप्तरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
विपद् पुनर्निर्माणको पुरानो चक्रबाट बाहिर निस्केर नेपालको विकासको नयाँ ढाँचा आवश्यक – मन्त्री गौतम
विपद् पुनर्निर्माणको पुरानो चक्रबाट बाहिर निस्केर नेपालको विकासको नयाँ ढाँचा आवश्यक – मन्त्री गौतम
जेनजी आन्दोलनपछि विद्यार्थी संगठन अस्तित्व संकटमा: दलीय हस्तक्षेप
जेनजी आन्दोलनपछि विद्यार्थी संगठन अस्तित्व संकटमा: दलीय हस्तक्षेप
सरकारले गरिब तथा विपन्न बिरामीको लागि १० प्रतिशत शय्या निःशुल्क व्यवस्था गर्न निर्देशन
सरकारले गरिब तथा विपन्न बिरामीको लागि १० प्रतिशत शय्या निःशुल्क व्यवस्था गर्न निर्देशन
नेपालको सदर चिडियाखानाको ३०औं वार्षिकोत्सव: संरक्षण, व्यवस्थापन र समुदायको साझेदारीमा अग्रगामी पहल
नेपालको सदर चिडियाखानाको ३०औं वार्षिकोत्सव: संरक्षण, व्यवस्थापन र समुदायको साझेदारीमा अग्रगामी पहल
सर्लाहीमा प्रेमिकासँग विवाह गराउने माग गर्दै टावरमा चढेका युवकलाई प्रहरीको सफल उद्धार
सर्लाहीमा प्रेमिकासँग विवाह गराउने माग गर्दै टावरमा चढेका युवकलाई प्रहरीको सफल उद्धार
सिरहामा सवारी दुर्घटना: रिक्सा चालकको मृत्युपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध
सिरहामा सवारी दुर्घटना: रिक्सा चालकको मृत्युपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध
कैलालीमा स्वास्थ्य सेवा सुधार र नयाँ चुनौतीहरू: संक्रमण कम, नसर्ने रोग बढ्दै, अस्पतालको अवस्था जटिल
कैलालीमा स्वास्थ्य सेवा सुधार र नयाँ चुनौतीहरू: संक्रमण कम, नसर्ने रोग बढ्दै, अस्पतालको अवस्था जटिल
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?