singel post top banner

धनकुटाको चौबिसेमा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, आश्विन १३, २०८३
49 Views
धनकुटाको चौबिसेमा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
समाचार सारांश
  • धनकुटा ।
  • धनकुटाको चौबिसे गाउँपालिकामा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ।

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट २ लाख ३६ हजार २५० रुपैयाँ नगद र २१ बुक तास बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मंगलबार बिहान चौबिसे गाउँपालिका–२, डाँडागाउँस्थित दीपक सारु मगरको घरमा तास खेल भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरीले घरमा तास खेलिरहेका ६ जना र खेल हेरिरहेका ६ जना गरी १२ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।

भण्डारीका अनुसार घटनास्थलबाट खोलिएका चार बुक र नखोलिएका १७ बुक गरी जम्मा २१ बुक तास बरामद भएको छ।

तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएकामा चौबिसे गाउँपालिका–२ का ३६ वर्षीय इमा मगर र ५३ वर्षीय राजेन्द्र मगर, वडा नं. ६ राजारानीका ४५ वर्षीय गुणराज राई, ३६ वर्षीय लेखबहादुर लिम्बु (यलेक्स) र ४२ वर्षीय योगेन लिम्बु तथा वडा नं. ७ मौनाबुधुकका ४० वर्षीय राम चेम्जोङ छन्।

त्यस्तै, तास खेल हेरिरहेको अवस्थामा नियन्त्रणमा लिइएकामा चौबिसे गाउँपालिका–२ का ३० वर्षीय सुमन मगर, २१ वर्षीय समिर मगर, २६ वर्षीय प्रजल मगर, २४ वर्षीय प्रदीप मगर, १९ वर्षीय विशाल मगर तथा वडा नं. ६ राजारानीका ३५ वर्षीय धीरेन चेम्जोङ छन्।

प्रहरीका अनुसार प्रदीप मगर दीपक सारु मगरको घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए। घटनाबारे जिल्ला प्रहरी कार्यालय धनकुटाले अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकामाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

यसअघि सोमबार प्रहरीले धनकुटाको हिलेबाट तास खेलिरहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूको साथबाट १ लाख १४ हजार ५५० रुपैयाँ, खुला तासका चार बुक र विभिन्न अंक लेखिएका ११९ वटा गोटी बरामद भएको थियो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

भारतमा दिएको अभिव्यक्तिलाई लिएर अर्थमन्त्री वाग्लेको आलोचना, सरकारको धारणा माग
भारतमा दिएको अभिव्यक्तिलाई लिएर अर्थमन्त्री वाग्लेको आलोचना, सरकारको धारणा माग
मधेश प्रदेशका मुख्यमन्त्री र नयाँ प्रदेश प्रमुखबीच शिष्टाचार भेटवार्ता
मधेश प्रदेशका मुख्यमन्त्री र नयाँ प्रदेश प्रमुखबीच शिष्टाचार भेटवार्ता
धरान–२० बरडाँडाबाट ९५५ केजी गाँजा सहित दुई व्यक्ति पक्राउ
धरान–२० बरडाँडाबाट ९५५ केजी गाँजा सहित दुई व्यक्ति पक्राउ
पोखरा-दुबई नियमित उडान सफल र दिगो बनाउन नेपाल-यूएई बीच छलफल
पोखरा-दुबई नियमित उडान सफल र दिगो बनाउन नेपाल-यूएई बीच छलफल
भारी वर्षाको सम्भावना, हिमाली र पहाडी क्षेत्रहरूमा चट्याङ्ग र हिमपातको खतरा
भारी वर्षाको सम्भावना, हिमाली र पहाडी क्षेत्रहरूमा चट्याङ्ग र हिमपातको खतरा
कर्णालीमा दोस्रो प्रादेशिक महोत्सवले कृषि, जैविक विविधता र व्यवसाय प्रवर्द्धनमा टेवा पुर्‍यायो
कर्णालीमा दोस्रो प्रादेशिक महोत्सवले कृषि, जैविक विविधता र व्यवसाय प्रवर्द्धनमा टेवा पुर्‍यायो
दाङ गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्दा दायर
दाङ गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेश प्रदेशमा सात दलबीच नयाँ सरकार गठनको तयारी
मधेश प्रदेशमा सात दलबीच नयाँ सरकार गठनको तयारी
विनियोजन विधेयक, २०८३ का विषयमा छलफल स्थगित, मन्त्रीको अनुपस्थितिमा बैठक १५ मिनेटका लागि स्थगित
विनियोजन विधेयक, २०८३ का विषयमा छलफल स्थगित, मन्त्रीको अनुपस्थितिमा बैठक १५ मिनेटका लागि स्थगित
आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल
आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल
singel sidbar banner
singel sidbar banner 2