singel post top banner

वर्षा, बाढी र पहिरोका कारण नेपाल टेलिकमको सेवा प्रभावित

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, आश्विन ११, २०८३
49 Views
वर्षा, बाढी र पहिरोका कारण नेपाल टेलिकमको सेवा प्रभावित
समाचार सारांश
  • काठमाडौं ।
  • निरन्तरको वर्षा, हावाहुरी, बाढी तथा पहिरोका कारण नेपाल टेलिकमका विभिन्न स्थानमा दूरसञ्चार सेवा प्रभावित भएको छ।

काठमाडौं । निरन्तरको वर्षा, हावाहुरी, बाढी तथा पहिरोका कारण नेपाल टेलिकमका विभिन्न स्थानमा दूरसञ्चार सेवा प्रभावित भएको छ।

नेपाल टेलिकमका अनुसार २०८३ असोज ८ गतेदेखि परेको अविरल वर्षा र हावाहुरीले देशका विभिन्न क्षेत्रमा सेवा अवरुद्ध भएको हो। भारी वर्षा र पहिरोका कारण प्राविधिक टोलीलाई प्रभावित स्थानमा पुग्न कठिनाइ भएको छ भने अप्टिकल फाइबरमा समेत क्षति पुगेको छ।

विद्युत् आपूर्तिमा आएको अवरोध तथा हिमपात, वर्षा र बादलका कारण सोलार साइटको प्रभावकारिता घट्दा सेवा सञ्चालनमा थप समस्या देखिएको कम्पनीले जनाएको छ।

टेलिकमका अनुसार सिस्टममार्फत गर्न सकिने मर्मतसम्भारका काम जारी छन्। सम्भव भएका स्थानमा सेवा मर्मत भइरहेको छ। मौसममा सुधार आएलगत्तै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गर्न तयारी अवस्थामा राखिएको कम्पनीले जनाएको छ।

सेवा अवरुद्ध हुँदा ग्राहकलाई परेको असुविधाप्रति नेपाल टेलिकमले क्षमायाचना गरेको छ। कठिन परिस्थितिमा पनि धैर्य धारण गरेको भन्दै कम्पनीले ग्राहकप्रति आभार व्यक्त गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
पशुपतिनाथमा महाशिवरात्रि उत्सव: सुरक्षा व्यवस्था कडा, लाखौं दर्शनार्थीको भीड
पशुपतिनाथमा महाशिवरात्रि उत्सव: सुरक्षा व्यवस्था कडा, लाखौं दर्शनार्थीको भीड
चितवनमा ३०औँ वन्यजन्तु सप्ताह- २०८२ सुरु
चितवनमा ३०औँ वन्यजन्तु सप्ताह- २०८२ सुरु
मन्त्रिपरिषद्: नयाँ सरकारमा मन्त्री चयनको अन्तिम तयारी
मन्त्रिपरिषद्: नयाँ सरकारमा मन्त्री चयनको अन्तिम तयारी
धनुषाको बटेश्वरमा वित्तीय सचेतना अभिवृद्धि गर्न शैक्षिक हाटबजारको सफल आयोजना
धनुषाको बटेश्वरमा वित्तीय सचेतना अभिवृद्धि गर्न शैक्षिक हाटबजारको सफल आयोजना
सिन्धुलीको गागनमा बस–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते
सिन्धुलीको गागनमा बस–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक आज सिंहदरबारमा बस्ने
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक आज सिंहदरबारमा बस्ने
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नगर प्रहरी सहायक निरीक्षकको रकम लुट: चालक मुकेश विकको मास्टरमाइन्ड भूमिका खुल्यो
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नगर प्रहरी सहायक निरीक्षकको रकम लुट: चालक मुकेश विकको मास्टरमाइन्ड भूमिका खुल्यो
जेन जी आन्दोलनका बीच सशस्त्र प्रहरी निरीक्षकको संयमित नेतृत्वले जोगायो जिल्ला प्रशासन कार्यालय
जेन जी आन्दोलनका बीच सशस्त्र प्रहरी निरीक्षकको संयमित नेतृत्वले जोगायो जिल्ला प्रशासन कार्यालय
विराटनगरमा परोपकार घाटमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
विराटनगरमा परोपकार घाटमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?