singel post top banner

कक्षा ११–१२ मा शिक्षक अभाव: सामुदायिक विद्यालयमा एक शिक्षक बराबर ६० विद्यार्थी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, आश्विन १८, २०८३
43 Views
कक्षा ११–१२ मा शिक्षक अभाव: सामुदायिक विद्यालयमा एक शिक्षक बराबर ६० विद्यार्थी
समाचार सारांश
  • काठमाडौँ ।
  • देशभरका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ का लागि शिक्षक दरबन्दी अत्यन्तै न्यून रहेको सरकारी प्रतिवेदनले देखाएको छ।

काठमाडौँ । देशभरका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ का लागि शिक्षक दरबन्दी अत्यन्तै न्यून रहेको सरकारी प्रतिवेदनले देखाएको छ। स्वीकृत दरबन्दीका आधारमा यी कक्षामा एक शिक्षक बराबर ६० विद्यार्थी छन्। राहत, करार तथा अन्य शिक्षकसमेत गणना गर्दा अनुपात १ः५० पुग्छ।

असोज दोस्रो साता सार्वजनिक शिक्षा तथा खेलकुद मन्त्रालयको *वार्षिक प्रगति प्रतिवेदन २०८२/०८३* अनुसार विद्यालय शिक्षाका अन्य तहको तुलनामा कक्षा ११–१२ मा शिक्षक र विद्यार्थीको अनुपात असन्तुलित छ। शिक्षा ऐन, २०२८ को आठौँ संशोधनपछि कक्षा ११ र १२ लाई माध्यमिक तहमा समेटिए पनि यी कक्षाका लागि सरकारले स्थायी शिक्षक दरबन्दी सिर्जना गरेको छैन।

शिक्षा नियमावलीले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्याको मापदण्ड हिमाली क्षेत्रमा ४०, पहाडी क्षेत्रमा ४५ तथा उपत्यका र तराई क्षेत्रमा ५० तोकेको छ। तर कक्षा ११–१२ मा यी मापदण्डभन्दा बढी विद्यार्थीलाई सीमित शिक्षकले पढाउनुपर्ने अवस्था छ।

महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार उपत्यका तथा तराई क्षेत्रका कक्षा ११–१२ मा औसत शिक्षक–विद्यार्थी अनुपात १ः७८ छ। मधेसमा यो अनुपात १ः१०८, कोशीमा १ः७८, लुम्बिनीमा १ः७९ र बागमतीमा १ः६५ रहेको छ।

हिमाली क्षेत्रमा कक्षा ११–१२ को औसत अनुपात १ः५७ र पहाडी क्षेत्रमा १ः५१ छ। हिमाली क्षेत्रतर्फ कोशीमा १ः५७ र कर्णालीमा १ः५३ विद्यार्थी बराबर एक शिक्षक छन्। पहाडी क्षेत्रमा कोशीको अनुपात १ः५५, बागमतीको १ः५६ र लुम्बिनीको १ः४७ छ।

प्रतिवेदनको विश्लेषणअनुसार हिमाली क्षेत्रमा कक्षा १२, पहाडी क्षेत्रमा कक्षा ११ र १२ तथा उपत्यका र तराई क्षेत्रमा कक्षा ६, ८, ११ र १२ मा तोकिएको मापदण्डअनुसार शिक्षक–विद्यार्थी अनुपात कायम छैन। यसले विशेषगरी माथिल्ला कक्षामा शिक्षक दरबन्दीको अभाव देखाउँछ। अर्कोतर्फ, कक्षा ११–१२ बाहेकका तल्ला कक्षामा अनुपात ५० भन्दा कम रहेको पाइएको छ।

सामुदायिक विद्यालयमा चाप बढी

निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढी र शिक्षक दरबन्दी कम रहेको प्रतिवेदनले औँल्याएको छ। शिक्षक अभावका कारण विद्यार्थीले विषयगत रूपमा पर्याप्त ध्यान र मार्गदर्शन पाउन नसकेको तथा पठनपाठनको गुणस्तरमा असर परेको देखिन्छ।

प्रतिवेदनअनुसार कक्षा ९ देखि १२ सम्म १६ लाख ६६ हजार ५ सय ५३ विद्यार्थी अध्ययनरत छन्। उनीहरूलाई पढाउन ६७ हजार ८७ शिक्षक कार्यरत छन्। प्रतिवेदनले कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकको सङ्ख्या उल्लेख्य रूपमा बढाउन सुझाव दिएको छ।

तल्ला कक्षामा विद्यार्थी सङ्ख्या कम हुँदा शिक्षक दरबन्दी तुलनात्मक रूपमा बढी देखिनु र कक्षा ११–१२ मा विद्यार्थी चाप उच्च हुँदा पनि दरबन्दी सिर्जना तथा मिलान नहुनुले मन्त्रालयको शिक्षक व्यवस्थापनमा समस्या रहेको प्रतिवेदनको निष्कर्ष छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सिरहा गोलबजारमा कर्फ्यु खुकुलो, सुरक्षा अवस्थाको समीक्षापछि साँझसम्मका लागि राहत
सिरहा गोलबजारमा कर्फ्यु खुकुलो, सुरक्षा अवस्थाको समीक्षापछि साँझसम्मका लागि राहत
निर्वाचन आयोगले नयाँ दल दर्ताको समयावधि बढाउँदै, मंसिर ६ गतेसम्म निवेदन दिन सकिने
निर्वाचन आयोगले नयाँ दल दर्ताको समयावधि बढाउँदै, मंसिर ६ गतेसम्म निवेदन दिन सकिने
राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेता प्रवेश, उज्यालो नेपाल पार्टीलाई थप सशक्त बनाउने आशा
राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेता प्रवेश, उज्यालो नेपाल पार्टीलाई थप सशक्त बनाउने आशा
नेपाल सरकारले वाणिज्य नीति २०८१ को कार्यान्वयनका लागि नयाँ कार्ययोजना स्वीकृत
नेपाल सरकारले वाणिज्य नीति २०८१ को कार्यान्वयनका लागि नयाँ कार्ययोजना स्वीकृत
सुनसरीमा निर्वाचन आचारसंहिता पालन र सुरक्षा व्यवस्था सुनिश्चित – निष्पक्ष निर्वाचनको तयारी पूर्ण
सुनसरीमा निर्वाचन आचारसंहिता पालन र सुरक्षा व्यवस्था सुनिश्चित – निष्पक्ष निर्वाचनको तयारी पूर्ण
पोखरा सहकारी ठगी: १२ करोडभन्दा बढी रकम हिनामिना, तीन जना पक्राउ
पोखरा सहकारी ठगी: १२ करोडभन्दा बढी रकम हिनामिना, तीन जना पक्राउ
नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिकामा सहमति नहुँदा विभाजनको आशंका, नयाँ बानेश्वरमा छलफल जारी
नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिकामा सहमति नहुँदा विभाजनको आशंका, नयाँ बानेश्वरमा छलफल जारी
भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै दिल्लीमा फेरि प्रदर्शन
भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै दिल्लीमा फेरि प्रदर्शन
जेनजी केन्द्रको स्थापना, २२ सदस्यीय संयोजन समिति सहित देशव्यापी संगठन विस्तारको तयारी
जेनजी केन्द्रको स्थापना, २२ सदस्यीय संयोजन समिति सहित देशव्यापी संगठन विस्तारको तयारी
नेपाल फुटबल संघ (एन्फा) फिफाको निर्देशनअनुसार गतिविधि सुरु गर्न तयार
नेपाल फुटबल संघ (एन्फा) फिफाको निर्देशनअनुसार गतिविधि सुरु गर्न तयार
singel sidbar banner
singel sidbar banner 2