singel post top banner

कन्दरा ब्यान्डले कन्सर्टमार्फत २१ लाख रुपैयाँ राहत कोषमा हस्तान्तरण, बाढी पीडितलाई सहयोग

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, भाद्र १६, २०८३
63 Views
कन्दरा ब्यान्डले कन्सर्टमार्फत २१ लाख रुपैयाँ राहत कोषमा हस्तान्तरण, बाढी पीडितलाई सहयोग
समाचार सारांश
  • काठमाडौँ ।
  • नेपाली संगीत समूह कन्दरा ब्यान्डले बाढी पीडित नेपाली जनता हेतु ठूलो सहयोग जनाउँदै २१ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ।

काठमाडौँ । नेपाली संगीत समूह कन्दरा ब्यान्डले बाढी पीडित नेपाली जनता हेतु ठूलो सहयोग जनाउँदै २१ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ। यस आर्थिक सहयोगको व्यवस्था बिएनएम (BNM) द्वारा आयोजना गरिएको थियो, जसको नेतृत्व र आह्वान कन्दरा ब्यान्डका संस्थापक र गायक विवेक श्रेष्ठले गरेका थिए। यस कार्यक्रममा अमेरिकाको एटलान्टा स्थित नेपाली समुदाय, संघ–संस्था, व्यवसायी, कलाकार र शुभेच्छुकहरूको सक्रिय सहभागिता रहेको थियो।

कन्दरा ब्यान्डले आफ्नो सामाजिक संजालमार्फत जानकारी गराउँदै उल्लेख गरेको छ कि उक्त रकम नेपलिज एसोसिएसन अफ जर्जियाको बैंक खाताबाट प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको हो। यो सहयोग बाढी पीडित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको राहत, उद्धार र पुनर्स्थापनाका लागि समर्पित गरिएको छ।

विवेक श्रेष्ठले भने, “संकटको यस घडीमा हामीले संगीतलाई मनोरञ्जनबाट सेवातर्फ मोड्ने निर्णय गर्‍यौँ। नेपाली दाजुभाइ–दिदीबहिनीको एकता, माया र सहयोगले यो सम्भव भयो।” उनले थपे, “संगीतलाई दुःखको घडीमा मल्हम बनाउने माध्यम बनाउने हाम्रो प्रयास छ।”

गत ७ अगस्टदेखि अमेरिका भ्रमणमा रहेको कन्दरा ब्यान्डले बोस्टन शहरबाट आफ्नो “रिदम अफ चेंज” नामक सांगीतिक टुर सुरु गरेको हो। यस टुरको क्रममा उनीहरूले आगामी ३० सेप्टेम्बरसम्म दुई महिना लामो यात्रा गर्दैछन्। टुरको बाँकी दुई सहर—वर्जिनिया र कोलोराडोमा पनि ब्यान्डले भोटेकोशी–त्रिशूलीको विनाशकारी बाढीले प्रभावित परिवार र समुदायप्रति समर्थन जनाउने योजना बनाएको छ।

यो अभियान नेपाली संगीत र समाजसेवाको मेलजोलको उत्कृष्ट उदाहरण हो, जसले नेपाली समुदायमा एकता र सहयोगको भावना जगाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

एनपिएलमा उत्कृष्ट खेलभावनालाई स्पिरिट अफ क्रिकेट अवार्ड
एनपिएलमा उत्कृष्ट खेलभावनालाई स्पिरिट अफ क्रिकेट अवार्ड
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
त्रिभुवन विमानस्थलको अव्यवस्था र सुरक्षाका खाल्तीमाथि सांसद भण्डारीको गम्भीर टिप्पणी
त्रिभुवन विमानस्थलको अव्यवस्था र सुरक्षाका खाल्तीमाथि सांसद भण्डारीको गम्भीर टिप्पणी
रसुवागढी नाका देखि त्रिशूली र भोटेकोशी नदीसम्मको बाढीमा बगेका पुलको कुल लम्बाइ २७९२ मिटर
रसुवागढी नाका देखि त्रिशूली र भोटेकोशी नदीसम्मको बाढीमा बगेका पुलको कुल लम्बाइ २७९२ मिटर
सुर्खेतमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको होस्टल संचालक आरोपमा पक्राउ
सुर्खेतमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको होस्टल संचालक आरोपमा पक्राउ
स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु र २९ घाइते
स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु र २९ घाइते
काठमाडौँ: ११ लाखको अखाद्य वस्तु जफत, १७ व्यवसायीविरुद्ध मुद्दा
काठमाडौँ: ११ लाखको अखाद्य वस्तु जफत, १७ व्यवसायीविरुद्ध मुद्दा
धरानमा पार्किङमा राखिएका ६ बसमा आगलागी, तीन जलेर पूर्णरूपमा नष्ट, अनुसन्धान जारी
धरानमा पार्किङमा राखिएका ६ बसमा आगलागी, तीन जलेर पूर्णरूपमा नष्ट, अनुसन्धान जारी
थानकोटमा ६८ किलो २४४ ग्राम चाँदीसहित भारतीय नागरिक पक्राउ
थानकोटमा ६८ किलो २४४ ग्राम चाँदीसहित भारतीय नागरिक पक्राउ
सप्तरीको हनुमाननगर कंकालिनीबाट ३०२ किलो गाँजा सहित व्यक्तिसहित पक्राउ
सप्तरीको हनुमाननगर कंकालिनीबाट ३०२ किलो गाँजा सहित व्यक्तिसहित पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?