singel post top banner

काठमाडौँ: ११ लाखको अखाद्य वस्तु जफत, १७ व्यवसायीविरुद्ध मुद्दा

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, मंसिर १, २०८२
194 Views
काठमाडौँ: ११ लाखको अखाद्य वस्तु जफत, १७ व्यवसायीविरुद्ध मुद्दा
समाचार सारांश
  • काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ठूलो अभियान सञ्चालन गरी ११ लाखभन्दा बढी मूल्यको अखाद्य वस्तु जफत गरी नष्ट गरेको छ।
  • यससँगै, खाद्य स्वच्छता तथा गुणस्तर ऐनको उल्लंघना गरेको १७ व्यवसायीमाथि मुद्दा दायर गरिएको छ।

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ठूलो अभियान सञ्चालन गरी ११ लाखभन्दा बढी मूल्यको अखाद्य वस्तु जफत गरी नष्ट गरेको छ। यससँगै, खाद्य स्वच्छता तथा गुणस्तर ऐनको उल्लंघना गरेको १७ व्यवसायीमाथि मुद्दा दायर गरिएको छ।

विभागले सार्वजनिक गरेको जानकारीअनुसार, साउनदेखि असोजसम्म ४३ कार्यालय र विभागले जम्मा २,९१८ पटक बजार अनुगमन गरेको थियो। विशेषगरी चाडपर्वलाई लक्षित गरी गरिएको यस अभियानमा, उपभोग्य मिति सकिएको, अनुमति पत्र नलिएका र पूर्ण लेबल नभएका खाद्य वस्तुहरू जफत गरी ११ लाख ५६ हजार २०६ रुपैयाँ बराबरको खाद्य पदार्थ नष्ट गरिएको हो। यी वस्तुहरूमा मिठाई, पेय पदार्थ, मसला, खाद्यान्न, बियर, मैदा, सुजी, दालमोठ, चिप्स, तेल, जुस जस्ता सामग्री थिए।

सबैभन्दा बढी अवैध पिउने पानीको गुणस्तर प्रतिकुल

सङ्कलन गरिएका ५६६ नमुनामध्ये ३३२ वटा परीक्षण गरिएर, ११ वटा नमुनामा गुणस्तर प्रतिकुलता पाइएको हो। तीमध्ये दुध तथा दुग्ध पदार्थ, प्रशोधित पिउने पानी, तेल र खाद्यान्नमा विशेष समस्या देखिएको छ। परीक्षण परिणाम अनुसार, ११ वटा नमुनामा गुणस्तर उल्लंघन पुष्टि भएको छ।

तेलघ्युका मुद्दामा उच्च संख्यामा केस

अर्थम वर्ष २०८२/८३ को पहिलो त्रैमासमा, खाद्य ऐन तथा नियम उल्लंघनका कारण १७ वटा मुद्दा विभिन्न जिल्ला अदालतमा दायर भएको छ। तीमध्ये ११ वटा तेल तथा घ्यूजन्य पदार्थ, १ वटा दुध, २ वटा फलफूल र सागपात, १ वटा खाद्यान्न, १ वटा मसलाका र १ वटा चिया/कफीका मुद्दा रहेका छन्। अधिकांश मुद्दाहरू न्यूनस्तर र लेबल सम्बन्धी रहेका छन्।

स्वच्छता सर्भिलेन्स र उद्योग नियमन

यसैबीच, स्वच्छता सर्भिलेन्स अन्तर्गत ९०० नमुनाको जाँच गरिएको छ। साथै, प्रथम त्रैमासमा २,९१८ पटक निरीक्षण गरी, नयाँ उद्योगको अनुज्ञापत्र जारी २६०, नवीकरण १८१ र नयाँ उद्योग स्थापना गर्न सिफारिस ३४८ गरी कुल ७८९ उद्योगलाई नियमन गरिएको हो।

आयात र निर्यात क्षेत्रमा पनि ठूलो कदम

यस अवधिमा, ५४ वटा खाद्य वस्तुको आयात अनुमति अस्वीकृत भएको छ। यसमा जाइफल, तुर दाल, केराउ रसगुल्ला, गुलाब जामुन जस्ता विविध खाद्य पदार्थहरू छन्। साथै, १४,५५९ वटा आयात निर्यात प्रमाणपत्र जाँच गरी १६ नमुना प्रतिकुल पाइएको छ।

यो अभियानले खाद्य क्षेत्रको स्वच्छता र गुणस्तर सुनिश्चित गर्न गरेको कडा कदमले उपभोक्ताको स्वास्थ्य र सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ। विभागले थप कडाइका साथ अनुगमन र कारबाही जारी राख्ने जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा ल्याउँदै आएको रु २० लाख ५० हजार मूल्यका ३५ आइफोन बरामद गरेको
रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा ल्याउँदै आएको रु २० लाख ५० हजार मूल्यका ३५ आइफोन बरामद गरेको
प्रहरीको घेराबाट दौडिएपछि चर्चामा आएकी नेहा बोरा को हुन्?
प्रहरीको घेराबाट दौडिएपछि चर्चामा आएकी नेहा बोरा को हुन्?
चितवनमा ५७ जुवाडेलाई नियन्त्रण, रु ८ लाख ३८ हजार नगदसहित पक्राउ
चितवनमा ५७ जुवाडेलाई नियन्त्रण, रु ८ लाख ३८ हजार नगदसहित पक्राउ
इरानमा व्यापक प्रदर्शन, हिंसात्मक दमनपछि मृतक संख्या ११६ पुग्यो
इरानमा व्यापक प्रदर्शन, हिंसात्मक दमनपछि मृतक संख्या ११६ पुग्यो
मनाङको चामेमा थुनिएको मर्स्याङ्दी खोल्न ब्लास्ट गर्ने प्रयास असफल, उपकरणबाट खोतलिँदै
मनाङको चामेमा थुनिएको मर्स्याङ्दी खोल्न ब्लास्ट गर्ने प्रयास असफल, उपकरणबाट खोतलिँदै
भक्तपुरमा पछिल्लो एक महिनामा १५२ आपराधिक मुद्दा दर्ता
भक्तपुरमा पछिल्लो एक महिनामा १५२ आपराधिक मुद्दा दर्ता
युरोपका ६ देशमा शिक्षा खर्च, बेरोजगारी र महँगो आवासविरुद्ध प्रदर्शन चर्कियो
युरोपका ६ देशमा शिक्षा खर्च, बेरोजगारी र महँगो आवासविरुद्ध प्रदर्शन चर्कियो
अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवस’ का अवसरमा काठमाडौँमा विरोध प्रदर्शन
अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवस’ का अवसरमा काठमाडौँमा विरोध प्रदर्शन
खानेपानी डिभिजन कार्यालय प्रमुखसहित, ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
खानेपानी डिभिजन कार्यालय प्रमुखसहित, ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
भियतनामको मध्य क्षेत्रमा बाढी : मृत्यु ५५ पुग्यो, लाखौं घर र बाली डुबानमा
भियतनामको मध्य क्षेत्रमा बाढी : मृत्यु ५५ पुग्यो, लाखौं घर र बाली डुबानमा
singel sidbar banner
singel sidbar banner 2