singel post top banner

उदयपुरमा स्कुल बस र अटोको टक्कर, २ जनाको मृत्यु, ३ जना घाइते

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, भाद्र ८, २०८३
60 Views
उदयपुरमा स्कुल बस र अटोको टक्कर, २ जनाको मृत्यु, ३ जना घाइते
समाचार सारांश
  • उदयपुर — उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
  • दुर्घटना सोमबार बिहान पौने १० बजे भएको हो।

उदयपुर — उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। दुर्घटना सोमबार बिहान पौने १० बजे भएको हो।

प्राप्त जानकारी अनुसार, सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को.१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा अस्पताल धरान लगिएको थियो। उपचारको क्रममा बेलका नगरपालिका–५ की करिब ३४ वर्षीया मन्दिरा मगर र पहिचान नखुलेकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनालाई अस्पतालका चिकित्सकले मृत घोषित गरेका थिए।

त्यसैगरी, अटो चालक, बेलका नगरपालिका–५ का करिब २८ वर्षीय इन्द्र थापा गम्भीर घाइते भएका छन्। विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङको अवस्था मध्यम रहेको र बेलका नगरपालिका–५ का १८ वर्षीय रोशन मगर पनि गम्भीर घाइते भएका छन्। उनीहरू तीनै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले दुर्घटनामा संलग्न बस र बसका चालक बेलका नगरपालिका–५ का करिब ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको जनाएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

गौरमा म्याद गुज्रिएका खाद्यवस्तु बिक्रीका लागि राखेको भेटिएपछि डेरी पसललाई २ लाख जरिवाना
गौरमा म्याद गुज्रिएका खाद्यवस्तु बिक्रीका लागि राखेको भेटिएपछि डेरी पसललाई २ लाख जरिवाना
झापामा सवारी दुर्घटना बालकको मृत्यु, १२ घाइते, बस चालक फरार
झापामा सवारी दुर्घटना बालकको मृत्यु, १२ घाइते, बस चालक फरार
बिहेको प्रलोभनसहितको शारीरिक सम्बन्धलाई स्वतन्त्र सहमति मान्न सकिन्न: सर्वोच्च अदालत
बिहेको प्रलोभनसहितको शारीरिक सम्बन्धलाई स्वतन्त्र सहमति मान्न सकिन्न: सर्वोच्च अदालत
आज २०८१ साल चैत ११ गते सोमबारको राशिफल
आज २०८१ साल चैत ११ गते सोमबारको राशिफल
रवि लामिछानेको चुनावी कार्यक्रमविरुद्ध नवलपरासी प्रशासनको कडा निगरानी
रवि लामिछानेको चुनावी कार्यक्रमविरुद्ध नवलपरासी प्रशासनको कडा निगरानी
कोशी प्रदेशका कारागार र बालसुधार गृहको अवस्था गम्भीर, सुधारको आवश्यकताको गम्भीर संकेत
कोशी प्रदेशका कारागार र बालसुधार गृहको अवस्था गम्भीर, सुधारको आवश्यकताको गम्भीर संकेत
काठमाडौंदेखि भक्तपुरसम्म सुन लुट्ने गिरोहका ८ जना पक्राउ, कारमा रेकी समूह परिचालनबाट लुटपाटको खुलासा
काठमाडौंदेखि भक्तपुरसम्म सुन लुट्ने गिरोहका ८ जना पक्राउ, कारमा रेकी समूह परिचालनबाट लुटपाटको खुलासा
धानको उचित मूल्य नपाउँदा किसान चिन्तित
धानको उचित मूल्य नपाउँदा किसान चिन्तित
बारेकोटमा सिकार दुर्घटना: एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ
बारेकोटमा सिकार दुर्घटना: एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ
जनकपुरधाम: सुविधाजनक र आधुनिक बसपार्कको अभावले जनकपुरधाम अस्तव्यस्त
जनकपुरधाम: सुविधाजनक र आधुनिक बसपार्कको अभावले जनकपुरधाम अस्तव्यस्त
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?