singel post top banner

उदयपुरमा स्कुल बस र अटोको टक्कर, २ जनाको मृत्यु, ३ जना घाइते

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, भाद्र ८, २०८३
28 Views
उदयपुरमा स्कुल बस र अटोको टक्कर, २ जनाको मृत्यु, ३ जना घाइते
समाचार सारांश
  • उदयपुर — उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
  • दुर्घटना सोमबार बिहान पौने १० बजे भएको हो।

उदयपुर — उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। दुर्घटना सोमबार बिहान पौने १० बजे भएको हो।

प्राप्त जानकारी अनुसार, सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को.१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा अस्पताल धरान लगिएको थियो। उपचारको क्रममा बेलका नगरपालिका–५ की करिब ३४ वर्षीया मन्दिरा मगर र पहिचान नखुलेकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनालाई अस्पतालका चिकित्सकले मृत घोषित गरेका थिए।

त्यसैगरी, अटो चालक, बेलका नगरपालिका–५ का करिब २८ वर्षीय इन्द्र थापा गम्भीर घाइते भएका छन्। विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङको अवस्था मध्यम रहेको र बेलका नगरपालिका–५ का १८ वर्षीय रोशन मगर पनि गम्भीर घाइते भएका छन्। उनीहरू तीनै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले दुर्घटनामा संलग्न बस र बसका चालक बेलका नगरपालिका–५ का करिब ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको जनाएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

पाँच निर्माण कम्पनीलाई कालो सूचीमा राखिने निर्णय; सरकारी खरिदमा प्रतिबन्ध
पाँच निर्माण कम्पनीलाई कालो सूचीमा राखिने निर्णय; सरकारी खरिदमा प्रतिबन्ध
सर्लाहीमा प्रेमिकासँग विवाह गराउने माग गर्दै टावरमा चढेका युवकलाई प्रहरीको सफल उद्धार
सर्लाहीमा प्रेमिकासँग विवाह गराउने माग गर्दै टावरमा चढेका युवकलाई प्रहरीको सफल उद्धार
महोत्तरीसहित नेपालको जलस्रोत संकट गहिरिंदै, चुनावी प्रचारप्रसार प्रभावित
महोत्तरीसहित नेपालको जलस्रोत संकट गहिरिंदै, चुनावी प्रचारप्रसार प्रभावित
कञ्चनपुरमा महाकाली सिँचाइ परियोजना; भारतसँग पानी छोड्ने पहल जारी
कञ्चनपुरमा महाकाली सिँचाइ परियोजना; भारतसँग पानी छोड्ने पहल जारी
वीरगञ्ज भन्सार कार्यालयले पाँच महिनामा रु ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन
वीरगञ्ज भन्सार कार्यालयले पाँच महिनामा रु ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन
१४ वर्षदेखि अलपत्र कमला पुल अब तीन महिनामा पूरा गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
१४ वर्षदेखि अलपत्र कमला पुल अब तीन महिनामा पूरा गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल भवन निर्माणमा ढिलाइ, मन्त्री घिसिङको कडा चेतावनी
स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल भवन निर्माणमा ढिलाइ, मन्त्री घिसिङको कडा चेतावनी
पोखरा विश्वविद्यालयले पहिलोपटक इन्जिनियरिङमा पीएचडी कार्यक्रम संचालन
पोखरा विश्वविद्यालयले पहिलोपटक इन्जिनियरिङमा पीएचडी कार्यक्रम संचालन
महोत्तरीमा मिथिला माध्यमिकी परिक्रमा यात्रा सुरु
महोत्तरीमा मिथिला माध्यमिकी परिक्रमा यात्रा सुरु
उपेन्द्र यादवले संविधान संशोधन आवश्यक रहेको बताए
उपेन्द्र यादवले संविधान संशोधन आवश्यक रहेको बताए
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?