singel post top banner

रुकुमपूर्वमा भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रुहरू अलपत्र

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, श्रावण २८, २०८३
68 Views
रुकुमपूर्वमा भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रुहरू अलपत्र
समाचार सारांश
  • रुकुमपूर्व ।
  • रुकुमपूर्वमा बुधबार साँझ परेको भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।

रुकुमपूर्व । रुकुमपूर्वमा बुधबार साँझ परेको भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। भूमे गाउँपालिका-४ स्थित काडाबगर र धौलापहिरोमा लेदोसहितको भल र पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको हो।

सडक अवरुद्ध भएपछि काठमाडौं हुँदै रुकुमपूर्व, रुकुमपश्चिम र डोल्पातर्फ जाने यात्रुवाहक बस तथा अन्य सवारीसाधन बाटोमै रोकिएका छन्। पहिरोका कारण दर्जनौं यात्रुहरू अलपत्र परेका छन्।

प्रशासनले अवरुद्ध सडक खुलाउन डोजर लगायतका उपकरण परिचालन गरेको भए पनि लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन र सडक पुनः सञ्चालनमा ल्याउन समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिइन्।

उनीका अनुसार, सिस्ने र भूमे गाउँपालिकाका जेसीबीसमेत परिचालन गरिएको छ। तर, पहिरो ठूलो र सडक क्षतिग्रस्त भएकाले पूर्ण रूपमा सडक सञ्चालनमा आउन अझै केही समय लाग्ने उनले बताए।

वर्षा नरोकिएसम्म थप पहिरो खस्ने जोखिम रहेकाले यात्रुहरूलाई सावधानी अपनाउन र आवश्यक छ भने यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। स्थानीय प्रशासन र उद्धार टोलीले स्थिति नियन्त्रणमा ल्याउन निरन्तर प्रयास गरिरहेका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मधेश प्रदेशमा वन अतिक्रमण: संघीयता पछि पनि समस्या र चुनौतीहरू
मधेश प्रदेशमा वन अतिक्रमण: संघीयता पछि पनि समस्या र चुनौतीहरू
कोशी प्रदेशको राजनीतिक समीकरणमा नयाँ मोड: सरकार परिवर्तनको सम्भावना र वामपन्थी गठबन्धनको भूमिका
कोशी प्रदेशको राजनीतिक समीकरणमा नयाँ मोड: सरकार परिवर्तनको सम्भावना र वामपन्थी गठबन्धनको भूमिका
बझाङमा साढे ५ किलो चरेसजस्तो पदार्थसहित एक जना पक्राउ
बझाङमा साढे ५ किलो चरेसजस्तो पदार्थसहित एक जना पक्राउ
काठमाडौं–कनकाई नगरपालिका ४ मा शङ्कास्पद वस्तु फेला
काठमाडौं–कनकाई नगरपालिका ४ मा शङ्कास्पद वस्तु फेला
मोरङ रंगेलीबाट खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ
मोरङ रंगेलीबाट खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ
पोखरा बसपार्क क्षेत्रमा भूमिहीन र सुकुमबासीको अन्तिम विवरण टुंगो, स्थानान्तरण प्रक्रिया शुरू
पोखरा बसपार्क क्षेत्रमा भूमिहीन र सुकुमबासीको अन्तिम विवरण टुंगो, स्थानान्तरण प्रक्रिया शुरू
सिरहामा सीमा क्षेत्रबाट २६ लाखभन्दा बढी मूल्यको अवैध सामान बरामद
सिरहामा सीमा क्षेत्रबाट २६ लाखभन्दा बढी मूल्यको अवैध सामान बरामद
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रास्वपा सभापति रविलामिछानेबीच भेटवार्ता !
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रास्वपा सभापति रविलामिछानेबीच भेटवार्ता !
कपिलवस्तुका पूर्वमेयर किरण सिंहको हराइरहेकाे अवस्थामा खोजी जारी, मोटरसाइकल जंगलमा फेला
कपिलवस्तुका पूर्वमेयर किरण सिंहको हराइरहेकाे अवस्थामा खोजी जारी, मोटरसाइकल जंगलमा फेला
सरकारको आश्वासनपछि झापा र इलामका चिया उद्योगहरू पुनः सञ्चालन
सरकारको आश्वासनपछि झापा र इलामका चिया उद्योगहरू पुनः सञ्चालन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?