singel post top banner

रुकुमपूर्वमा भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रुहरू अलपत्र

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, श्रावण २८, २०८३
39 Views
रुकुमपूर्वमा भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रुहरू अलपत्र
समाचार सारांश
  • रुकुमपूर्व ।
  • रुकुमपूर्वमा बुधबार साँझ परेको भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।

रुकुमपूर्व । रुकुमपूर्वमा बुधबार साँझ परेको भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। भूमे गाउँपालिका-४ स्थित काडाबगर र धौलापहिरोमा लेदोसहितको भल र पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको हो।

सडक अवरुद्ध भएपछि काठमाडौं हुँदै रुकुमपूर्व, रुकुमपश्चिम र डोल्पातर्फ जाने यात्रुवाहक बस तथा अन्य सवारीसाधन बाटोमै रोकिएका छन्। पहिरोका कारण दर्जनौं यात्रुहरू अलपत्र परेका छन्।

प्रशासनले अवरुद्ध सडक खुलाउन डोजर लगायतका उपकरण परिचालन गरेको भए पनि लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन र सडक पुनः सञ्चालनमा ल्याउन समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिइन्।

उनीका अनुसार, सिस्ने र भूमे गाउँपालिकाका जेसीबीसमेत परिचालन गरिएको छ। तर, पहिरो ठूलो र सडक क्षतिग्रस्त भएकाले पूर्ण रूपमा सडक सञ्चालनमा आउन अझै केही समय लाग्ने उनले बताए।

वर्षा नरोकिएसम्म थप पहिरो खस्ने जोखिम रहेकाले यात्रुहरूलाई सावधानी अपनाउन र आवश्यक छ भने यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। स्थानीय प्रशासन र उद्धार टोलीले स्थिति नियन्त्रणमा ल्याउन निरन्तर प्रयास गरिरहेका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सिरहा नगरपालिका–१८ लक्ष्मीनिया निवासी दुई वर्षीय ऋषि मण्डलको पोखरीमा डुबेर मृत्यु
सिरहा नगरपालिका–१८ लक्ष्मीनिया निवासी दुई वर्षीय ऋषि मण्डलको पोखरीमा डुबेर मृत्यु
नेकपा एमालेका नेता र कार्यकर्ताको धर्ना: मुख्यमन्त्री यादवलाई काम गर्न दिनको माग
नेकपा एमालेका नेता र कार्यकर्ताको धर्ना: मुख्यमन्त्री यादवलाई काम गर्न दिनको माग
रौतहटमा प्रतिबन्धित लागुऔषधसहित दुई व्यक्ति पक्राउ
रौतहटमा प्रतिबन्धित लागुऔषधसहित दुई व्यक्ति पक्राउ
विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सुरु, बालबालिकामा स्वास्थ्य सचेतना प्रवर्द्धन
विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सुरु, बालबालिकामा स्वास्थ्य सचेतना प्रवर्द्धन
अमेरिका–इरान प्रारम्भिक सम्झौता पश्चात् पनि पेट्रोलियम मूल्यवृद्धि निरन्तर
अमेरिका–इरान प्रारम्भिक सम्झौता पश्चात् पनि पेट्रोलियम मूल्यवृद्धि निरन्तर
निर्वाचन आचारसंहिता कार्यान्वयनमा सूचना प्रविधिको दुरुपयोग रोक्न ठोस संयन्त्र आवश्यक
निर्वाचन आचारसंहिता कार्यान्वयनमा सूचना प्रविधिको दुरुपयोग रोक्न ठोस संयन्त्र आवश्यक
सप्तरीको कञ्चनरूपमा नुहाउने क्रममा डुबेका बालकको शव भेटियो
सप्तरीको कञ्चनरूपमा नुहाउने क्रममा डुबेका बालकको शव भेटियो
मधेश प्रदेशको मदरसा बोर्ड विधेयकबारे राष्ट्रिय एकता अभियानको गम्भीर प्रश्न
मधेश प्रदेशको मदरसा बोर्ड विधेयकबारे राष्ट्रिय एकता अभियानको गम्भीर प्रश्न
मधेस प्रदेश: खर्च कटौती र स्रोत व्यवस्थापनको कडाइ
मधेस प्रदेश: खर्च कटौती र स्रोत व्यवस्थापनको कडाइ
सरकारले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा घोषणा
सरकारले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा घोषणा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?