singel post top banner

पोखरा बसपार्क क्षेत्रमा भूमिहीन र सुकुमबासीको अन्तिम विवरण टुंगो, स्थानान्तरण प्रक्रिया शुरू

belwo post title ad banner
रासस रासस
मंगलबार, भाद्र ९, २०८३
61 Views
पोखरा बसपार्क क्षेत्रमा भूमिहीन र सुकुमबासीको अन्तिम विवरण टुंगो, स्थानान्तरण प्रक्रिया शुरू
समाचार सारांश
  • पोखरा – पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबास गर्ने परिवारहरूको अन्तिम विवरण टुंगो लागेको छ।
  • महानगरले यस क्षेत्रको व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो।

पोखरा – पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबास गर्ने परिवारहरूको अन्तिम विवरण टुंगो लागेको छ। महानगरले यस क्षेत्रको व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो।

महानगरले बसपार्कमा बसोबास गरिरहेका परिवारहरूको दाबी–विरोध, संशोधन निवेदन र आवश्यक छानबिनपछि वडाको सहजीकरण समितिले तयार पारेको विवरणअनुसार ३२५ परिवार भूमिहीनको सूचीमा परेका छन् भने २४२ परिवार अव्यवस्थित बसोबास गर्न बाध्य भएको पुष्टि भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए। प्रारम्भिक रूपमा, भूमिहीन दलितका २००, भूमिहीन सुकुमबासीका २४८ र अव्यवस्थित बसोबास गर्ने परिवारका ११६ निवेदन प्राप्त भएका थिए। छानबिनपछि अन्तिम रूपमा १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुमबासीको सूचीमा परेका हुन्।

वडाले सार्वजनिक गरेको सूचनाअनुसार, दाबी–विरोध र छानबिनको प्रक्रिया सम्पन्न भएपछि अन्तिम सूची तयार गरिएको हो। वडा तहको सहजीकरण समितिले दाबी–विरोध र छानबिनपछि प्राप्त विवरणको आधारमा सिफारिस गरेको हो। वडा समितिको बैठकले यसलाई नियमानुसार स्वीकृत गरी आवश्यक सिफारिससहित महानगरपालिकामा पठाउने निर्णय गरेको छ।

महानगर प्रमुख आचार्यले भने, “हामीले वास्तविक भूमिहीन र सुकुमबासी परिवारहरूको पहिचान गरी कानुनबमोजिम व्यवस्था गर्न प्राथमिकता दिएका छौं। प्रक्रिया पूरा भएसँगै आवश्यक निर्णय गरी जिल्ला समितिमा सिफारिस पठाउने तयारी भइरहेको छ।” उनले थपे, “हामीले कसैलाई अन्याय नहोस् र पीडितलाई न्याय मिलोस् भन्ने उद्देश्य राखेका छौं।”

अब महानगरपालिकाको कार्यपालिकाले यस सम्बन्धमा छलफल गरी यसै साता जिल्ला समितिमा सिफारिस गर्ने तयारी गरेको छ। त्यसपछि बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुमबासी र अन्य परिवारहरूको व्यवस्थापन र स्थानान्तरण प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ। प्रक्रिया समयमा सम्पन्न भएमा अर्को साताबाट बसपार्क क्षेत्रको सुकुमबासी बस्ती स्थानान्तरणको काम सुरु हुने अपेक्षा गरिएको छ।

बसपार्कभित्र बसोबास गर्दै आएका सुकुमबासीले निष्पक्ष छानबिन र व्यवस्थापनमा सहकार्य गर्न तयार रहेको बताएका छन्। सुकुमबासी सरोकार समितिका संयोजक प्रेम गुरुङले भने, “हामी विकासका लागि बाधक होइनौं। बसपार्क बनाउनका लागि सहयोग गर्न तयार छौं, तर पहिले हाम्रो व्यवस्थापन हुनुपर्छ।”

विसं २०३२ मा जग्गा अधिग्रहण गरी निर्माणको योजनासहित बसेको बसपार्कको काम लामो समयदेखि पूर्ण हुन सकेको थिएन। जग्गा अतिक्रमण र व्यापारिक सटर हटाएपछि मात्र नयाँ योजनाको कार्यान्वयन सम्भव भएको हो। महानगरले नयाँ सुविधासम्पन्न बसपार्क निर्माण गर्नका लागि दातृ निकायको सहयोगमा योजना सार्वजनिक गरेको छ।

यस प्रयासले पोखरा शहरको यातायात र यात्री सेवा सुधार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
रासस
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मधेश भवनमा तोडफोडपछि तनाव, मुख्यमन्त्री यादवले दोषीमाथि कारवाहीको लगाए प्रतिबन्ध
मधेश भवनमा तोडफोडपछि तनाव, मुख्यमन्त्री यादवले दोषीमाथि कारवाहीको लगाए प्रतिबन्ध
तिलगंगा बस्ती हटाउने विरोध : स्थानीयले ७५ दिनदेखि धर्नामा, कानुनी हक र सहमतिको माग
तिलगंगा बस्ती हटाउने विरोध : स्थानीयले ७५ दिनदेखि धर्नामा, कानुनी हक र सहमतिको माग
कोशी अस्पतालको जग्गामा बनाइएका संरचनामा अस्पताल प्रशासनले डोजर चलाउँदै
कोशी अस्पतालको जग्गामा बनाइएका संरचनामा अस्पताल प्रशासनले डोजर चलाउँदै
विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ; २० दिन थुनामा राख्न अदालतसमक्ष अनुमति मागियाे
विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ; २० दिन थुनामा राख्न अदालतसमक्ष अनुमति मागियाे
नेपाल राष्ट्र बैंकले निर्वाचनका लागि खाता खोल्ने व्यवस्था र निर्देशन जारी
नेपाल राष्ट्र बैंकले निर्वाचनका लागि खाता खोल्ने व्यवस्था र निर्देशन जारी
स्वतन्त्र चालक फाउण्डेशन नेपालको शान्तिपूर्ण आन्दोलन राइडरहरूको हकहित र न्यायोचित भाडादरको माग
स्वतन्त्र चालक फाउण्डेशन नेपालको शान्तिपूर्ण आन्दोलन राइडरहरूको हकहित र न्यायोचित भाडादरको माग
सिरहामा गोलबजारका वडाध्यक्ष सोहेब अनवर पक्राउ
सिरहामा गोलबजारका वडाध्यक्ष सोहेब अनवर पक्राउ
अख्तियारद्वारा सर्लाहीमा ७ लाख ५० हजार घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
अख्तियारद्वारा सर्लाहीमा ७ लाख ५० हजार घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमनले लिन अस्वीकार, मानवसेवा आश्रममै राखिएको नयाँ विवाद
सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमनले लिन अस्वीकार, मानवसेवा आश्रममै राखिएको नयाँ विवाद
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?