singel post top banner

सिरहामा निर्माणाधीन गागन खोलाको पुल भासिए, सुरक्षा जोखिम र वैकल्पिक मार्गको समस्या

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, आषाढ ९, २०८३
47 Views
सिरहामा निर्माणाधीन गागन खोलाको पुल भासिए, सुरक्षा जोखिम र वैकल्पिक मार्गको समस्या
समाचार सारांश
  • सिरहा ।
  • सिरहाको ओरही गाउँपालिका-५ स्थित गागन खोलाको निर्माणाधीन पुल भासिँदा हुलाकी राजमार्ग अवरुद्ध भएको छ।

सिरहा । सिरहाको ओरही गाउँपालिका-५ स्थित गागन खोलाको निर्माणाधीन पुल भासिँदा हुलाकी राजमार्ग अवरुद्ध भएको छ। सडक भासिदै जाँदा दुर्घटनाको जोखिम बढेपछि अहिले सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ।

स्थानीयका अनुसार, पुरानो पुलको छेउमा नयाँ पुल निर्माणका क्रममा जथाभावी माटो उत्खनन गर्दा सडक भासिएको हो। वर्षाको तीव्र कटानले सडकको भित्री भाग पूर्ण रूपमा खोक्रो बनेर सडक भासिएको स्थानीयहरू बताउँछन्।

बाहिरबाट सामान्य देखिए पनि भित्रको माटो बगिसकेकाले जुनसुकै बेला थप भासिने र ठूलो दुर्घटना हुन सक्ने सम्भावना रहेको स्थानीयहरूकाे भनाइ छ।

स्थानीय दीपेन्द्र कुमार यादवले निर्माण कम्पनी र सम्बन्धित निकायको लापरबाहीका कारण यस्तो अवस्था आएको आरोप लगाए। उनले भने, “समयमै माटो संरक्षण र कटान नियन्त्रणको काम भएको भए आज सडक भासिने अवस्था आउँदैनथ्यो। अहिले सर्वसाधारणले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ।”

अर्का स्थानीय श्रीदेव यादवले सडक भासिएको स्थानमा सुरक्षा व्यवस्था नहुँदा रातिको यात्रा अझै जोखिमपूर्ण भएको बताए। उनले भने, “सडकको भित्री भाग पूरै खाली भइसकेको छ। बाहिरबाट नदेखिने भएकाले कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्छ। सम्बन्धित निकायले तुरुन्त सुरक्षा व्यवस्था र मर्मतको काम सुरु गर्नुपर्छ।”

स्थानीय सुरेशकुमार यादवले वर्षायाम नजिकिँदै गर्दा पुल निर्माणका लागि जथाभावी उत्खनन नै अहिलेको समस्या भएको दाबी गर्दै यात्रुहरूको सुरक्षा पहिलो प्राथमिकता बनाउन आग्रह गरे।

गागन खोलामा ४० मिटर लामो पुल निर्माणका लागि २०८२ असार ४ गते ठेक्का सम्झौता भएको थियो। २०८४ असार ३ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित, कर्जन्हा नगरपालिका–५, सिरहाका जेबिएम जवाहर जेडी निर्माण कम्पनीले ८ करोड ६७ लाख ८१ हजार ४०७ रुपैयाँको ठेक्का पाएको हो।

हुलाकी सडक निर्देशनालय, जनकपुरका इन्जिनियर सूर्यनारायण मण्डलले सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन भइरहेको जानकारी दिए। उनले भने, “निर्माण कम्पनीलाई क्षतिग्रस्त सडक तुरुन्त मर्मत गर्न निर्देशन दिइसकेको छ। वर्षाका कारण सडक कटान भएको हो। मौसम अनुकूल भएमा सडक पुनः सञ्चालनमा आउन करिब एकदेखि दुई हप्ता लाग्न सक्छ।”

हुलाकी राजमार्ग अन्तर्गत जनकपुर निर्देशनालयको कार्यक्षेत्रमा पर्ने चार जिल्लामा कुल २१ वटा पुल निर्माण हुने योजना रहेको छ। तीमध्ये सिरहा जिल्लामा पाँच वटा पुल निर्माण हुनु पर्नेछ। हाल कमला, त्रिशूला र गागन खोलामा निर्माण कार्य भइरहेको भए पनि बाँकी पुलहरूको काम अझै सुरु हुन सकेको छैन।

सिरहा र धनुषालाई जोड्ने मुख्य मार्गमा आएको अवरोधले लामो दूरीको यात्रा गर्न बाध्य भएका सर्वसाधारणहरु अहिले वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन्। यस अवस्थाले स्थानीय नागरिकको जीवन र व्यवसायमा प्रभाव परिरहेको छ भने, निर्माण कार्यको समयमा सुरक्षा र मर्मतको अपरिहार्य आवश्यकता देखिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

पर्सामा १६० किलो गाँजा सहित कार चालक पक्राउ, २२,५०० रुपैयाँ नगद र स्मार्टफोन समेत बरामद
पर्सामा १६० किलो गाँजा सहित कार चालक पक्राउ, २२,५०० रुपैयाँ नगद र स्मार्टफोन समेत बरामद
आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?
आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?
झापाको शिवसताक्षीमा बस दुर्घटना, १९ यात्रु घाइते
झापाको शिवसताक्षीमा बस दुर्घटना, १९ यात्रु घाइते
ट्राफिक नियम उल्लंघनमा कडा कारबाही, ट्राफिक प्रहरीले निषेधित स्थानमा जथाभावी हिँड्ने सवारीलाई समात्दै
ट्राफिक नियम उल्लंघनमा कडा कारबाही, ट्राफिक प्रहरीले निषेधित स्थानमा जथाभावी हिँड्ने सवारीलाई समात्दै
युवा नेतृत्वले मुलुकको द्रुत विकासमा मद्दत गर्नुपर्ने – मन्त्री कुलमान घिसिङ
युवा नेतृत्वले मुलुकको द्रुत विकासमा मद्दत गर्नुपर्ने – मन्त्री कुलमान घिसिङ
दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान: मन्त्री सीता बादी र उपसभामुख रुबी कुमारीबीच छलफल
दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान: मन्त्री सीता बादी र उपसभामुख रुबी कुमारीबीच छलफल
नेपालमा सुनको मूल्य नयाँ रेकर्ड, तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगे
नेपालमा सुनको मूल्य नयाँ रेकर्ड, तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगे
रसुवागढ़ी नाका पुनः सञ्चालन सीमा यातायात सुरु, निर्माण कार्य सम्पन्न
रसुवागढ़ी नाका पुनः सञ्चालन सीमा यातायात सुरु, निर्माण कार्य सम्पन्न
विवाह पञ्चमीको अवसरमा मलंगवामा मदिरा तथा माछामासु बिक्री पूर्ण रूपमा प्रतिबन्ध
विवाह पञ्चमीको अवसरमा मलंगवामा मदिरा तथा माछामासु बिक्री पूर्ण रूपमा प्रतिबन्ध
मौसमका कारण नेपालका हवाई उडानहरू प्रभावित, चक्रवात ‘मोन्था’को असरले वर्षा र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा समस्या
मौसमका कारण नेपालका हवाई उडानहरू प्रभावित, चक्रवात ‘मोन्था’को असरले वर्षा र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा समस्या
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?