singel post top banner

शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व उत्साहपूर्वक मनाउँदै

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, फाल्गुन ६, २०८२
88 Views
शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व उत्साहपूर्वक मनाउँदै
समाचार सारांश
  • काठमाडौँ — शेर्पा समुदायले आज विभिन्न परम्परागत र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरी ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन्।
  • ल्हो अर्थात् वर्ष र छार भनेको नयाँ भन्ने अर्थ हुन्छ।

काठमाडौँ — शेर्पा समुदायले आज विभिन्न परम्परागत र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरी ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन्। ल्हो अर्थात् वर्ष र छार भनेको नयाँ भन्ने अर्थ हुन्छ। यस पर्वलाई नेपाली हिमाली क्षेत्रका शेर्पा समुदायले नयाँ वर्षको रूपमा मनाउने परम्परा रहेको छ।

ग्याल्पो ल्होसारको अवसरमा, शेर्पा समुदायले आफ्ना गाउँघर र टोलका बाटोघाटो तथा पानीका मूलहरू सरसफाइ गर्ने कार्य गरिरहेका छन्। साथै, परिकारको रूपमा नौ प्रकारको अन्न मिसिएको गुथुक र खाप्से खानु परम्परा हो। यस पर्वलाई शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्न र सामाजिक मेलमिलापलाई प्रवर्द्धन गर्न विशेष कार्यक्रमहरू आयोजना गरिन्छ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय र महायान बौद्ध परम्परामा यो पर्व चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिमा मनाइन्छ। यस दिन, स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले ग्याल्पो ल्होसारलाई अझ पावन र अर्थपूर्ण बनाउँछ।

यो पर्वले नयाँ आशा, उमङ्ग र उल्लास बोकेर समाजमा प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरिएको छ। यस पर्वले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सिर्जना गर्दछ।

अवसरमा गुम्बा दर्शन, धर्मगुरु र लामाबाट आशिर्वाद प्राप्त गर्ने परम्परा कायम राखिएको छ। साथै, परिकार खाप्से, डेशिल र गुथुकको स्वाद लिनु र परिवारसँग मिलेर उल्लासपूर्वक समय बिताउनु नेपालीहरुको मौलिक पहिचान हो। यस पर्वले नेपाली सांस्कृतिक धरोहरलाई जोगाउँदै नयाँ उत्साह र उमङ्गको संचार गर्दछ। रासस

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

आज २०८१ साल फागुन १८ गते आइतबारको राशिफल
आज २०८१ साल फागुन १८ गते आइतबारको राशिफल
झापामा बेपत्ता युवकको शव विरिङ पुलमुनि गाडिएको अवस्थामा फेला, हिरासतमा दुई जना
झापामा बेपत्ता युवकको शव विरिङ पुलमुनि गाडिएको अवस्थामा फेला, हिरासतमा दुई जना
“हिन्दू राष्ट्र” अभिव्यक्तिपछि तनाव, आक्रमणको आरोप (भिडियो सहित)
“हिन्दू राष्ट्र” अभिव्यक्तिपछि तनाव, आक्रमणको आरोप (भिडियो सहित)
विश्वासको मत नपुग्ने निश्चित भएपछि मधेस प्रदेशका मुख्यमन्त्री यादव आजै राजीनामा दिने तयारी
विश्वासको मत नपुग्ने निश्चित भएपछि मधेस प्रदेशका मुख्यमन्त्री यादव आजै राजीनामा दिने तयारी
आज २०८१ साल फागुन २६ गते सोमबारको राशिफल
आज २०८१ साल फागुन २६ गते सोमबारको राशिफल
सिंहदरबारमा भएको आगलागी र तोडफोडपछि पुनःनिर्माण र सरसफाइका कार्य तीव्र, ऐतिहासिक संरचनाको संरक्षणमा सरकारको ध्यान
सिंहदरबारमा भएको आगलागी र तोडफोडपछि पुनःनिर्माण र सरसफाइका कार्य तीव्र, ऐतिहासिक संरचनाको संरक्षणमा सरकारको ध्यान
बर्दिबासमा बालविवाह न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन, समाजमा सचेतना फैलाउन युवा अभियन्ताको प्रयास
बर्दिबासमा बालविवाह न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन, समाजमा सचेतना फैलाउन युवा अभियन्ताको प्रयास
नेपालको लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन आवश्यक; गृह मन्त्री अर्याल
नेपालको लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन आवश्यक; गृह मन्त्री अर्याल
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
सडक अवरुद्ध हुँदा आपतकालीन अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्न चुनौती
सडक अवरुद्ध हुँदा आपतकालीन अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्न चुनौती
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?