singel post top banner

विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सम्पन्न, मैथिली भाषा संरक्षण र विकासमा जोड

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, पौष १३, २०८२
251 Views
विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सम्पन्न, मैथिली भाषा संरक्षण र विकासमा जोड
समाचार सारांश
  • विराटनगर — प्रमुख डा.
  • सुरेन्द्र लाभ कर्णले मैथिली लोककण्ठमा रहेसम्म जीवन्त रहने बताएका छन्।

विराटनगर — प्रमुख डा. सुरेन्द्र लाभ कर्णले मैथिली लोककण्ठमा रहेसम्म जीवन्त रहने बताएका छन्। कोसी प्रदेशको विराटनगरमा शनिबारदेखि सुरु भएको दुईदिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन २०२५ को उद्घाटन गर्दै उनले मैथिली भाषा, संस्कृति, र साहित्यको संरक्षण तथा प्रवद्र्धन आवश्यक भएको बताए।

उद्घाटन समारोहमा बोल्दै उनले भने, “मैथिली एक समृद्ध भाषा, साहित्य र संस्कृति भएको भाषा हो। जबसम्म यो लोकभाषामा रहन्छ, तबसम्म जीवन्त रहन्छ। यसको संरक्षण र प्रवद्र्धन आवश्यक छ।” उनले आफ्नो जीवनभरि मैथिली भाषा र संस्कृतिको अभियानमा सक्रिय रहेको र आगामी दिनमा समेत यसको विकासमा प्रतिबद्ध रहेको स्पष्ट गरे। “पहिला म मैथिल हुँ, अनि त्यसपछि अरु केही,” उनले थपे।

मधेश प्रदेशका प्रमुख कर्णले यस अवसरमा समावेशीता र विविधता कायम गर्न आवश्यक रहेको बताए। उनले युवाहरूको पलायनको समस्यालाई मध्यनजर गर्दै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न जोड दिए। हस्तकला, चित्रकला, र अन्य उद्यमहरूमा जोड दिँदै उनले युवाहरूलाई प्रवृत्त गर्न आवश्यक रहेको बताए।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले मैथिली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। पूर्वमन्त्री जितेन्द्र नारायण देवले भने, “देशमै सबैभन्दा बढी बोलिने भाषा मैथिली हो, यसको संरक्षण आवश्यक छ,” भने।

मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडि भ्रमरले प्रदेशको नाम मधेश रहँदा पनि सरकारी तवरबाट मैथिली क्षेत्रमा कामहरु भइरहेको बताए। उनले आफ्नो संस्थाले पनि स्थानीय भाषाहरुलाई प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिए।

राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले यस्ता सम्मेलन निरन्तर आयोजना हुनुपर्ने बताए। कोसी प्रदेश सरकारको सहयोग सकारात्मक रहेको उनको भनाइ थियो। मैथिली एसोसिएसन नेपाल र मैथिली सेवा समितिको संयुक्त आयोजनामा भएको उद्घाटन कार्यक्रममा विभिन्न विद्वान्, कलाकार र अभियन्ताहरूले शुभकामना व्यक्त गरे।

अध्यक्ष प्रवीण नारायण चौधरीको अनुसार, मैथिली एसोसिएशन नेपालले पुस १२ र १३ गते दुई दिनको अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आयोजना गर्ने योजना बनाएको छ। कार्यक्रममा नेपाल, भारत र अन्य देशका करिब १०० भन्दा बढी विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ।

दुई दिने सम्मेलनमा विद्यापति स्मृति सभा, शोभा यात्रा, सांस्कृतिक झाँकी प्रदर्शन, शंखघोष, उद्घाटन समारोह, विद्वत् विमर्श, कवि सम्मेलन, र सांस्कृतिक साँझ जस्ता कार्यक्रम आयोजना गरिएका छन्। सम्मेलनको अन्त्यमा ‘विराटनगर घोषणा पत्र’ जारी गरी समापन गरिनेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

रामेछापबाट वृद्धवृद्धालाई बन्धक बनाएर डकैती गरेको पाँच जना पक्राउ
रामेछापबाट वृद्धवृद्धालाई बन्धक बनाएर डकैती गरेको पाँच जना पक्राउ
दक्षिणी अफ्रिकामा भीषण वर्षा र बाढी, १०० भन्दा बढीको मृत्यु, लाखौं प्रभावित
दक्षिणी अफ्रिकामा भीषण वर्षा र बाढी, १०० भन्दा बढीको मृत्यु, लाखौं प्रभावित
नेपालमा विगत १२ वर्षमा चट्याङका घटना र जोखिम न्युनिकरणका उपायहरू – सम्भावित खतरा र बचावका सुझावहरू
नेपालमा विगत १२ वर्षमा चट्याङका घटना र जोखिम न्युनिकरणका उपायहरू – सम्भावित खतरा र बचावका सुझावहरू
मधेश प्रदेश सरकारले किसान र बेरोजगार युवाहरूलाई राहत र बेरोजगार भत्ता दिने घोषणा
मधेश प्रदेश सरकारले किसान र बेरोजगार युवाहरूलाई राहत र बेरोजगार भत्ता दिने घोषणा
छठपर्व: प्रकृति, समानता र परम्पराको मेलमा सारा मिथिलाञ्चल उत्साहित
छठपर्व: प्रकृति, समानता र परम्पराको मेलमा सारा मिथिलाञ्चल उत्साहित
आगामी माघ १६ गते रिलिज हुने ‘आ बाट आमा’ को दुई नयाँ पोस्टर सार्वजनिक, भावुक र कथावस्तु झल्काउने
आगामी माघ १६ गते रिलिज हुने ‘आ बाट आमा’ को दुई नयाँ पोस्टर सार्वजनिक, भावुक र कथावस्तु झल्काउने
मधेस प्रदेशको आगामी बजेट प्रस्ताव, विद्युत् सेवा र वित्तीय पहुँचमा व्यापक प्रगति
मधेस प्रदेशको आगामी बजेट प्रस्ताव, विद्युत् सेवा र वित्तीय पहुँचमा व्यापक प्रगति
रत्ननगर-९ मा विपद् व्यवस्थापन आधारभूत तालिम
रत्ननगर-९ मा विपद् व्यवस्थापन आधारभूत तालिम
काठमाडौंमा गैरकानुनी अन्तरराष्ट्रिय कल बाइपास सञ्चालन गर्ने युवक पक्राउ
काठमाडौंमा गैरकानुनी अन्तरराष्ट्रिय कल बाइपास सञ्चालन गर्ने युवक पक्राउ
महोत्तरीमा मिथिला माध्यमिकी परिक्रमा यात्रा सुरु
महोत्तरीमा मिथिला माध्यमिकी परिक्रमा यात्रा सुरु
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?