singel post top banner

विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सम्पन्न, मैथिली भाषा संरक्षण र विकासमा जोड

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, पौष १३, २०८२
283 Views
विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सम्पन्न, मैथिली भाषा संरक्षण र विकासमा जोड
समाचार सारांश
  • विराटनगर — प्रमुख डा.
  • सुरेन्द्र लाभ कर्णले मैथिली लोककण्ठमा रहेसम्म जीवन्त रहने बताएका छन्।

विराटनगर — प्रमुख डा. सुरेन्द्र लाभ कर्णले मैथिली लोककण्ठमा रहेसम्म जीवन्त रहने बताएका छन्। कोसी प्रदेशको विराटनगरमा शनिबारदेखि सुरु भएको दुईदिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन २०२५ को उद्घाटन गर्दै उनले मैथिली भाषा, संस्कृति, र साहित्यको संरक्षण तथा प्रवद्र्धन आवश्यक भएको बताए।

उद्घाटन समारोहमा बोल्दै उनले भने, “मैथिली एक समृद्ध भाषा, साहित्य र संस्कृति भएको भाषा हो। जबसम्म यो लोकभाषामा रहन्छ, तबसम्म जीवन्त रहन्छ। यसको संरक्षण र प्रवद्र्धन आवश्यक छ।” उनले आफ्नो जीवनभरि मैथिली भाषा र संस्कृतिको अभियानमा सक्रिय रहेको र आगामी दिनमा समेत यसको विकासमा प्रतिबद्ध रहेको स्पष्ट गरे। “पहिला म मैथिल हुँ, अनि त्यसपछि अरु केही,” उनले थपे।

मधेश प्रदेशका प्रमुख कर्णले यस अवसरमा समावेशीता र विविधता कायम गर्न आवश्यक रहेको बताए। उनले युवाहरूको पलायनको समस्यालाई मध्यनजर गर्दै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न जोड दिए। हस्तकला, चित्रकला, र अन्य उद्यमहरूमा जोड दिँदै उनले युवाहरूलाई प्रवृत्त गर्न आवश्यक रहेको बताए।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले मैथिली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। पूर्वमन्त्री जितेन्द्र नारायण देवले भने, “देशमै सबैभन्दा बढी बोलिने भाषा मैथिली हो, यसको संरक्षण आवश्यक छ,” भने।

मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडि भ्रमरले प्रदेशको नाम मधेश रहँदा पनि सरकारी तवरबाट मैथिली क्षेत्रमा कामहरु भइरहेको बताए। उनले आफ्नो संस्थाले पनि स्थानीय भाषाहरुलाई प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिए।

राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले यस्ता सम्मेलन निरन्तर आयोजना हुनुपर्ने बताए। कोसी प्रदेश सरकारको सहयोग सकारात्मक रहेको उनको भनाइ थियो। मैथिली एसोसिएसन नेपाल र मैथिली सेवा समितिको संयुक्त आयोजनामा भएको उद्घाटन कार्यक्रममा विभिन्न विद्वान्, कलाकार र अभियन्ताहरूले शुभकामना व्यक्त गरे।

अध्यक्ष प्रवीण नारायण चौधरीको अनुसार, मैथिली एसोसिएशन नेपालले पुस १२ र १३ गते दुई दिनको अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आयोजना गर्ने योजना बनाएको छ। कार्यक्रममा नेपाल, भारत र अन्य देशका करिब १०० भन्दा बढी विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ।

दुई दिने सम्मेलनमा विद्यापति स्मृति सभा, शोभा यात्रा, सांस्कृतिक झाँकी प्रदर्शन, शंखघोष, उद्घाटन समारोह, विद्वत् विमर्श, कवि सम्मेलन, र सांस्कृतिक साँझ जस्ता कार्यक्रम आयोजना गरिएका छन्। सम्मेलनको अन्त्यमा ‘विराटनगर घोषणा पत्र’ जारी गरी समापन गरिनेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नर्सहरूको आन्दोलन: १५ बुँदे माग पूरा गर्न माग, जीवन रक्षाका लागि आवाज
नर्सहरूको आन्दोलन: १५ बुँदे माग पूरा गर्न माग, जीवन रक्षाका लागि आवाज
काठमाडौँ अदालत र प्रहरी परिसरले आगजनीको घटनाको अनुसन्धानका लागि जाहेरी दर्ता, क्षति मूल्याङ्कन ६२ करोड
काठमाडौँ अदालत र प्रहरी परिसरले आगजनीको घटनाको अनुसन्धानका लागि जाहेरी दर्ता, क्षति मूल्याङ्कन ६२ करोड
बैतडीमा भिरबाट लडेर तीनजनाको मृत्यु, खोजी जारी
बैतडीमा भिरबाट लडेर तीनजनाको मृत्यु, खोजी जारी
पारदर्शी र सुरक्षित निर्वाचनका लागि ७३ हजार सुरक्षाकर्मी परिचालनको तयारी
पारदर्शी र सुरक्षित निर्वाचनका लागि ७३ हजार सुरक्षाकर्मी परिचालनको तयारी
गृह मन्त्रालयले निर्वाचनको वातावरण बनाउन क्रियाशील रहेको भन्दै अनावश्यक प्रदर्शन नगर्न आग्रह।
गृह मन्त्रालयले निर्वाचनको वातावरण बनाउन क्रियाशील रहेको भन्दै अनावश्यक प्रदर्शन नगर्न आग्रह।
नेपाल बाल सङ्गठनको रकम हिनामिना मुद्दामा ३ जना पक्राउ
नेपाल बाल सङ्गठनको रकम हिनामिना मुद्दामा ३ जना पक्राउ
विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्री भएपछि प्रिय क्लास छुटेको स्वीकार
विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्री भएपछि प्रिय क्लास छुटेको स्वीकार
मधेश प्रदेशमा सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारिता र पहुँचका चुनौतीहरू: परामर्श कार्यशालाबाट निष्कर्ष
मधेश प्रदेशमा सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारिता र पहुँचका चुनौतीहरू: परामर्श कार्यशालाबाट निष्कर्ष
देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३१ जना पक्राउ
देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३१ जना पक्राउ
मोरङमा बालिका करणीका पीडितको पहिचान खुलाउने सञ्चारकर्मी पक्राउ
मोरङमा बालिका करणीका पीडितको पहिचान खुलाउने सञ्चारकर्मी पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?