singel post top banner

कञ्चनपुरमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ‘एचपीभी’ खोप लगाइँदै

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, माघ २७, २०८२
211 Views
कञ्चनपुरमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ‘एचपीभी’ खोप लगाइँदै
समाचार सारांश
  • कञ्चनपुर – जिल्लामा आजदेखि पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ‘एचपीभी’ खोप अभियान सञ्चालन भएको छ।
  • स्वास्थ्य कार्यालयले लक्षित समूहका किशोरी र छात्राहरुलाई लक्षित गरी यस वर्ष ५,०६७ जना किशोरीलाई खोप लगाउने योजना बनाएको छ।

कञ्चनपुर – जिल्लामा आजदेखि पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ‘एचपीभी’ खोप अभियान सञ्चालन भएको छ। स्वास्थ्य कार्यालयले लक्षित समूहका किशोरी र छात्राहरुलाई लक्षित गरी यस वर्ष ५,०६७ जना किशोरीलाई खोप लगाउने योजना बनाएको छ। यो अभियान फागुन १ गतेसम्म सञ्चालन हुनेछ।

स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनकबहादुर कुँवरका अनुसार, यस वर्षको अभियानअन्तर्गत कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय बाहिरका १० वर्ष उमेरका किशोरीलाई प्राथमिकता दिइनेछ। साथै, गत वर्ष खोप छुटेका कक्षा ७ देखि १० सम्मका छात्रा र ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई समेत खोप दिइनेछ।

उनका अनुसार, “प्रत्येक विद्यालयमा खोप केन्द्र तोकिएको छ। विद्यालयमा खोप नपाएको वा विद्यालय बाहिरका किशोरीहरूका लागि फागुन १ नजिकैको स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था मिलाइएको छ।” उनले थपे, “साथै, जिल्लाका ९ वटा स्थानीय तहमा जम्मा ४६५ वटा खोप केन्द्र तोकिएको छ, जसमा ३६२ वटा विद्यालय र १०३ वटा स्वास्थ्य संस्था समावेश छन्। सबैभन्दा बढी खोप केन्द्र भीमदत्त नगरपालिकामा रहेको छ, जहाँ १,३९० किशोरीलाई लक्षित गरिएको छ।”

विश्व स्वास्थ्य संगठनको मतानुसार, पाठेघरको मुखको क्यान्सर महिलामा हुने क्यान्सरमध्ये उच्च जोखिमयुक्त रोग हो। नेपालमा यस रोगको प्रमुख कारण ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) भएको अध्ययनले देखाएको छ। स्वास्थ्यकर्मीहरू भन्छन्, किशोरी अवस्थामाै एचपीभी खोप लगाउनाले क्यान्सरको जोखिम कम हुन्छ। चिकित्सकहरूको सुझाव अनुसार, ३० वर्ष पुगेका महिलाले नियमित रूपमा पाठेघरको मुखको जाँच गराउनु आवश्यक हुन्छ।

खोप अभियान सञ्चालनका लागि सबै खोप केन्द्रहरूमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र आवश्यक सामग्री उपलब्ध गराइएको छ। सबै लक्षित समूहलाई खोप लगाउन पूर्ण सावधानी अपनाइएको छ। सरकारले यस अभियानमार्फत पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत किशोरीलाई लक्षित गरी अभियान सञ्चालन गर्दै आएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बारामा सुरक्षा जिम्मेवारीमा व्यापक हेरफेर : सिमरा घटनापछि एसपी तामाङलाई आकस्मिक हेडक्वार्टर तानिए
बारामा सुरक्षा जिम्मेवारीमा व्यापक हेरफेर : सिमरा घटनापछि एसपी तामाङलाई आकस्मिक हेडक्वार्टर तानिए
कृषि मन्त्री परियारको हेटौँडा दुग्ध संस्थानको अवलोकन, बक्यौता भुक्तानी र बजार व्यवस्थामा जोड
कृषि मन्त्री परियारको हेटौँडा दुग्ध संस्थानको अवलोकन, बक्यौता भुक्तानी र बजार व्यवस्थामा जोड
विश्वव्यापी तेल संकट: इरान-अमेरिका तनावबाट उत्पन्न थप संकट र यसको प्रभाव
विश्वव्यापी तेल संकट: इरान-अमेरिका तनावबाट उत्पन्न थप संकट र यसको प्रभाव
अनुप सिंह उर्फ मनोज कुमार: बेलायत र अमेरिकामा ठगीका मुख्य आरोपी, अदालतमा मुद्दा दर्ता
अनुप सिंह उर्फ मनोज कुमार: बेलायत र अमेरिकामा ठगीका मुख्य आरोपी, अदालतमा मुद्दा दर्ता
सिरहामा अस्थायी पुलको निर्माण, वर्षाका कारण अवरुद्ध सवारी आवागमन पुनः सञ्चालन
सिरहामा अस्थायी पुलको निर्माण, वर्षाका कारण अवरुद्ध सवारी आवागमन पुनः सञ्चालन
विदेशी स्थायी आवासीय अनुमति लिएको आरोपमा नापी अधिकृतलाई मन्त्रालयले स्पष्टीकरण सोध्यो
विदेशी स्थायी आवासीय अनुमति लिएको आरोपमा नापी अधिकृतलाई मन्त्रालयले स्पष्टीकरण सोध्यो
मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु
मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु
मकवानपुरमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
मकवानपुरमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
जनकपुरधाममा निर्वाचन आचारसंहिता उल्लंघन, १५ सयभन्दा बढी अवैध प्रचार सामग्री हटाइयो
जनकपुरधाममा निर्वाचन आचारसंहिता उल्लंघन, १५ सयभन्दा बढी अवैध प्रचार सामग्री हटाइयो
सेती नदीमा पहिरो र चट्टान खसेपछि जोखिम न्यूनीकरणका लागि तत्काल कदमहरू; प्रशासनको निर्देशन
सेती नदीमा पहिरो र चट्टान खसेपछि जोखिम न्यूनीकरणका लागि तत्काल कदमहरू; प्रशासनको निर्देशन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?