singel post top banner

प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मामिलामा सर्वोच्चबाट लिखित जवाफ माग

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, मंसिर ७, २०८२
238 Views
प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मामिलामा सर्वोच्चबाट लिखित जवाफ माग
समाचार सारांश
  • काठमाडौँ ।
  • सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध दायर गरिएको अदालत अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश जारी गरेको छ।

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध दायर गरिएको अदालत अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश जारी गरेको छ।

राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चले दिएको अन्तरिम आदेश पालना नभएको आरोपमा अधिवक्ता प्रतिभा उप्रेती र प्रेम सिलवालले दायर गरेको निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँल र न्यायाधीश अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले आइतबार प्रधानमन्त्री कार्कीसमक्ष लिखित जवाफ पेश गर्न आदेश दिएको हो।

वर्तमान सरकारले गत असोज ३० गते अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेका थिए।

यसअघि, सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न गत १६ कात्तिकमा अन्तरिम आदेश जारी गरेको थियो।

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सरकारले परराष्ट्र मन्त्रालयमा हाजिर हुन राजदूतहरूलाई निर्देशन दिएको थियो। हाल राजदूतहरू परराष्ट्र मन्त्रालयमै उपस्थित भएर कार्यरत रहेको मन्त्रालयले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मधेस प्रदेशमा मन्त्रीहरूको कार्यविभाजन सार्वजनिक, बाँकी मन्त्रालय मुख्यमन्त्रीकै जिम्मामा
मधेस प्रदेशमा मन्त्रीहरूको कार्यविभाजन सार्वजनिक, बाँकी मन्त्रालय मुख्यमन्त्रीकै जिम्मामा
बगदादमा अमेरिकी दूतावासमाथि पनिषण आक्रमण, इरान-इजरायल तनावको प्रत्यक्ष प्रभाव
बगदादमा अमेरिकी दूतावासमाथि पनिषण आक्रमण, इरान-इजरायल तनावको प्रत्यक्ष प्रभाव
उदयपुरमा स्कुल बस र अटोको टक्कर, २ जनाको मृत्यु, ३ जना घाइते
उदयपुरमा स्कुल बस र अटोको टक्कर, २ जनाको मृत्यु, ३ जना घाइते
राष्ट्र बैंकको त्रैमासिक समीक्षा : नीतिगत दर घट्यो, कर्जा प्रवाहका प्रावधान थप सहज
राष्ट्र बैंकको त्रैमासिक समीक्षा : नीतिगत दर घट्यो, कर्जा प्रवाहका प्रावधान थप सहज
नेपाली सेनाले संरक्षणमा जुटाउँदै १२ वटा राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा जनशक्ति परिचालन।
नेपाली सेनाले संरक्षणमा जुटाउँदै १२ वटा राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा जनशक्ति परिचालन।
मकवानपुरमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
मकवानपुरमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जले सफलतापूर्वक उद्धार गर्यो दुर्लभ अतिसङ्कटापन्न घडियाल गोही
चितवन राष्ट्रिय निकुञ्जले सफलतापूर्वक उद्धार गर्यो दुर्लभ अतिसङ्कटापन्न घडियाल गोही
दार्चुलामा फरार महिला र पुरुष करणी मुद्दामा ९ वर्षपछि पक्राउ
दार्चुलामा फरार महिला र पुरुष करणी मुद्दामा ९ वर्षपछि पक्राउ
प्रधानमन्त्री कार्कीलाई भेट्न भएका जेनजी युवाहरू सिंहदरबारमै आक्रोशित, भेट नपाएपछि तनावपूर्ण अवस्था
प्रधानमन्त्री कार्कीलाई भेट्न भएका जेनजी युवाहरू सिंहदरबारमै आक्रोशित, भेट नपाएपछि तनावपूर्ण अवस्था
नेपाली उपसभामुख र टोली चीनको न्याङ्ग्ची भ्रमण, सिजाङमा चिनियाँ नेतासँग भेटवार्ता तय
नेपाली उपसभामुख र टोली चीनको न्याङ्ग्ची भ्रमण, सिजाङमा चिनियाँ नेतासँग भेटवार्ता तय
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?