singel post top banner

बैतडी सुर्नया गाउँपालिकामा तीन हप्ता लामो तालाबन्दी, जेनजी समूहका माग पूरा गर्नुपर्ने दबाव

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
शनिबार, कार्तिक १५, २०८२
195 Views
बैतडी सुर्नया गाउँपालिकामा तीन हप्ता लामो तालाबन्दी, जेनजी समूहका माग पूरा गर्नुपर्ने दबाव
समाचार सारांश
  • बैतडीको सुर्नया गाउँपालिकामा जेनजी समूहले तीन हप्तादेखि गरेको तालाबन्दी अझै खुलेको छैन।
  • विभिन्न ११ बुँदे माग राख्दै, असोज २४ गतेदेखि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको जेनजी समूहका नेतृत्वकर्ता विशाल भट्टले बताएका छन्।

बैतडीको सुर्नया गाउँपालिकामा जेनजी समूहले तीन हप्तादेखि गरेको तालाबन्दी अझै खुलेको छैन। विभिन्न ११ बुँदे माग राख्दै, असोज २४ गतेदेखि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको जेनजी समूहका नेतृत्वकर्ता विशाल भट्टले बताएका छन्। उहाले भने, “हामी गाउँपालिकाको हितको लागि र सुशासन कायम गर्नका लागि माग अघि सारेका हौं। सूचनाको मागलाई तुरुन्तै कार्यान्वयन गर्नुपर्छ। नभए हामी तालाबन्दी खोल्ने पक्षमा छैनौं।”

जेनजी समूहले २०७४ सालदेखिको अवधिदेखि संघ, प्रदेश र स्थानीय तहबाट विनियोजन भएका योजना, आयोजना, विषयगत कार्यक्रम र खर्चको विवरण सार्वजनिक गर्न माग गरेको छ। उनीहरूको मुख्य मागमा आर्थिक वर्ष २०८१/८२ को चालु र पुँजीगत खर्चको विवरण, जनप्रतिनिधि र कर्मचारीले लिएको घर भाडा, गाडी भाडा, भ्रमण भत्ता, इन्धन खर्च र मर्मत खर्चको छुट्टाछुट्टै विवरण, कार्यपालिकाको निर्णयको प्रतिलिपि उपलब्ध गराउने काम सामेल छ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेश, स्थानीय सेवा गठन तथा सञ्चालन ऐनअनुरूप र सङ्घीय मन्त्रिपरिषद्को निर्णयअनुरूप दरबन्दीविहीन करार कर्मचारीहरुलाई हटाउनुपर्ने र माथिल्लो सरकारी निकायबाट लागू गरिएको पत्र परिपत्रको कार्यान्वयन यथाशीघ्र गर्नुपर्ने उनीहरूको मागमा परेको छ। महालेखा परीक्षकको प्रतिवेदन अनुसार, गाउँपालिकाबाट असुल गर्नुपर्ने रकम तुरुन्तै असुल गरी सार्वजनिक गर्नुपर्ने र शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत्, यातायात, विपद् र खानेपानी जस्ता अति आवश्यक क्षेत्रका योजनाहरू तुरुन्तै कार्यान्वयन गर्नुपर्ने उल्लेख छ। साथै, वडामा विनियोजन भएको १३ लाख ५० हजारको मसलन्द खर्चलाई कटौती गरी नियमन गर्नुपर्ने र युवाको क्षेत्रमा बजेट विनियोजन गरी तत्काल गाउँपालिकामा स्थानीय युवा परिषद् गठन गर्नुपर्ने माग पनि राखिएको छ।

तर, तीन हप्तादेखि जारी तालाबन्दीका बाबजुद पनि निष्कर्षमा पुग्न नसकेको गाउँपालिकाका अध्यक्ष अम्मर कुँवरले बताएका छन्। उहाँले भन्नुभयो, “हामी निरन्तर छलफलमा छौं। केही बुँदामा सहमति हुन बाँकी रहेकाले छलफल जारी छ।” खासगरी करारका कर्मचारी हटाउने विषयमा सहमति नभएको अध्यक्ष कुँवरले बताए। उहाँले थप्नुभयो, “करारका कर्मचारी हटाउँदा शिक्षा, स्वास्थ्य र प्रशासनिक क्षेत्र नै ठप्प हुने खतरा छ। १७० जना करार कर्मचारी एकैपटक बाहिरिनुहुँदा विद्यालय र स्वास्थ्य संस्थाहरू बन्द हुने अवस्था आउन सक्छ। यसकारण यो विषयमा पुर्नविचार गर्न जेनजीलाई आग्रह गरेका छौं।”

अध्यक्ष कुँवरले तालाबन्दी खोल्नका लागि पहिलो चरणमा सूचना दिने प्रक्रिया अघि बढाउनु पर्ने धारणा व्यक्त गरे। उहाँले भन्नुभयो, “गाउँपालिकामा तालाबन्दी गरेर हामीले कहाँबाट सूचना दिने, सर्वप्रथम तालाबन्दी खोलिनुपर्छ अनि त्यसपछि मात्रै प्रक्रिया अघि बढ्छ।” यसप्रकार, छलफल र वार्ताका माध्यमबाट समस्या समाधानको प्रयास जारी रहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

धनुषामा मोटरसाइकल चोरी गिरोह पक्राउ: १२ जना नियन्त्रणमा, ११ चोरीका मोटरसाइकल बरामद
धनुषामा मोटरसाइकल चोरी गिरोह पक्राउ: १२ जना नियन्त्रणमा, ११ चोरीका मोटरसाइकल बरामद
मुम्बईमा शुक्रबार रिलिज भएका नयाँ फिल्महरूले बक्स अफिसमा राम्रो व्यापार, ‘बाहुबली द एपिक’ र ‘द ताज स्टोरी’को प्रारम्भिक सफलता
मुम्बईमा शुक्रबार रिलिज भएका नयाँ फिल्महरूले बक्स अफिसमा राम्रो व्यापार, ‘बाहुबली द एपिक’ र ‘द ताज स्टोरी’को प्रारम्भिक सफलता
वर्षा र पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, कतिपय सडक पूर्ण अवरुद्ध
वर्षा र पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, कतिपय सडक पूर्ण अवरुद्ध
नेपालमा छुर्पी निर्यात ३२ प्रतिशतले बढ्यो, कोशी प्रदेश प्रमुख उत्पादन केन्द्र
नेपालमा छुर्पी निर्यात ३२ प्रतिशतले बढ्यो, कोशी प्रदेश प्रमुख उत्पादन केन्द्र
सुरक्षा मन्त्री भण्डारीले श्रमिक ठगी विरुद्ध कडा कदम, ‘सिन्डिकेट’ खारेजी र कार्यविधि सुधारको घोषणा
सुरक्षा मन्त्री भण्डारीले श्रमिक ठगी विरुद्ध कडा कदम, ‘सिन्डिकेट’ खारेजी र कार्यविधि सुधारको घोषणा
हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
सिराहा प्रहरीको ठूलो सफलता: २२ ग्राम ब्राउन सुगरसहित ४ युवक पक्राउ
सिराहा प्रहरीको ठूलो सफलता: २२ ग्राम ब्राउन सुगरसहित ४ युवक पक्राउ
प्रधानमन्त्री सहित शीर्ष नेताहरुबीच निर्वाचनका विषयमा छलफल, निर्वाचन मिति टुंगो लगाउने प्रयास
प्रधानमन्त्री सहित शीर्ष नेताहरुबीच निर्वाचनका विषयमा छलफल, निर्वाचन मिति टुंगो लगाउने प्रयास
सञ्चार मन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता
सञ्चार मन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता
ओलीविरुद्ध एमाले भित्रको विभाजन र पुनर्गठन तयारी, गुन्डुमा बैठक
ओलीविरुद्ध एमाले भित्रको विभाजन र पुनर्गठन तयारी, गुन्डुमा बैठक
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?