singel post top banner

‘रोबोट फोन’ ल्याउँदै अनर, रोबोटिक आर्मले खिच्नेछ तस्बिर र भिडिओ

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बिहिबार, कार्तिक ६, २०८२
321 Views
‘रोबोट फोन’ ल्याउँदै अनर, रोबोटिक आर्मले खिच्नेछ तस्बिर र भिडिओ
समाचार सारांश
  • काठमाडौँ ।
  • चिनियाँ स्मार्टफोन ब्रान्ड अनरले रोबोट फोन घोषणा गरेको छ ।

काठमाडौँ । चिनियाँ स्मार्टफोन ब्रान्ड अनरले रोबोट फोन घोषणा गरेको छ । हालै एक भिडिओ जारी गर्दै कम्पनीले रोबोटिक आर्म (यान्त्रिक अङ्ग) जडित क्यामेरा भएको ‘रोबोट फोन’को घोषणा गरेको हो ।

यो यस्तो अवधारणाको फोन हो, जसको पछाडिको भागबाट क्यामेरा बाहिर निस्किन्छ । र, स्वचालित रूपमा विभिन्न दिशाबाट तस्बिर तथा भिडिओ खिच्न सक्छ । कम्पनीले हालसम्म यस फोनको एउटा कम्प्युटर ग्राफिक्स (सीजीआई) मा आधारित भिडिओ मात्र सार्वजनिक गरेको छ । यसबारे थप विस्तृत जानकारी अर्को वर्ष बार्सिलोनामा आयोजना हुने ‘मोबाइल वर्ल्ड कङ्ग्रेस’ (एमडब्लूसी) मा दिइने अनरले जनाएको छ ।

सार्वजनिक गरिएको टिजर भिडिओ अनुसार यो फोन सामान्यभन्दा केही मोटो देखिन्छ र यसको पछाडि स्प्लिट क्यामेरा मोड्युल रहेको छ । अनरको परम्परागत लोगोको सट्टा ‘अल्फा’ लोगो प्रयोग गरिएको छ ।

यसले कम्पनीको ‘अल्फा प्लान’ नामक भविष्यको भिजनलाई सङ्केत गरेको छ । भिडिओमा क्यामेरा जडित रोबोटिक आर्म फोनबाट बाहिर निस्किएर विभिन्न कोणमा घुमेको देखाइएको छ । यसबाट फोनको उक्त आर्म स्वचालित रूपमा सञ्चालन हुन सक्ने देखिन्छ ।

कम्पनीका अनुसार ‘रोबोट फोन’को अवधारणाले भविष्यको फोनलाई एउटा उपकरण मात्र नभई एक ‘भावनात्मक साथी’ को रूपमा परिकल्पना गरेको छ । “यो फोनले एक रोबोट जस्तै प्रयोगकर्ताको आवश्यकतालाई बुझ्ने, त्यसअनुसार आफूलाई ढाल्ने र माया, आनन्द तथा ज्ञानले प्रयोगकर्ताको जीवनलाई समृद्ध बनाउनेछ,” अनरले एक विज्ञप्तिमा भनेको छ ।

यो परियोजना आर्टिफिसियल इन्टेलिजेन्सलाई आफ्ना उत्पादनमा इन्टिग्रेट गर्ने कम्पनीको बृहत् प्रयास अन्तर्गत पर्छ । अनरले आगामी पाँच वर्षभित्र आफूलाई एआई-केन्द्रित डिभाइस कम्पनीमा रूपान्तरण गर्न १० अर्ब डलर लगानी गर्ने योजना बनाएको छ । हाल कम्पनीले प्रयोगकर्तालाई ई-कमर्स साइटमा किनमेल गर्न, ट्याक्सी बोलाउन र फोटोग्राफीसम्बन्धी सुझाव दिन मद्दत गर्ने एआई उपकरण सार्वजनिक गरिरहेको छ ।

अहिलेसम्म यो फोनको कुनै वास्तविक प्रोटोटाइप भने देखाइएको छैन । कम्पनीले आगामी वर्ष एमडब्लूसीमा यसको बारेमा थप जानकारी र सम्भवतः वास्तविक हार्डवेयर नै प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

रोबोटिक आर्ममा जडित क्यामेराको अवधारणाले फोटोग्राफी र भिडिओग्राफीमा नयाँ सम्भावना खोल्न सक्ने भए तापनि यसको टिकाउपन र उत्पादन लागतबारे भने प्रश्नहरू उठेका छन् । यसअघि ह्वावे लगायत अन्य विभिन्न स्मार्टफोन निर्माता कम्पनीले स्मार्टफोनमा पप-अप सेल्फी क्यामेरा प्रस्तुत गरेका थिए । तर, छिट्टै नै त्यस्तो क्यामेरा बिग्रिने भएपछि कम्पनीहरूले उत्पादन नै बन्द गरेका थिए ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

रत्नपार्क–भक्तपुर मेट्रो रेल: सन् २०४० सम्म सञ्चालन गर्ने गुरुयोजनाको लक्ष्य
रत्नपार्क–भक्तपुर मेट्रो रेल: सन् २०४० सम्म सञ्चालन गर्ने गुरुयोजनाको लक्ष्य
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
नेपालमा सुनको मूल्य नयाँ रेकर्ड, तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगे
नेपालमा सुनको मूल्य नयाँ रेकर्ड, तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगे
डिजिटल हिंसा न्यूनीकरणका लागि महिला पत्रकार र सरकारको साझा जिम्मेवारी
डिजिटल हिंसा न्यूनीकरणका लागि महिला पत्रकार र सरकारको साझा जिम्मेवारी
सुनको मूल्य दोहोर्याएर घट्यो, चाँदीको मूल्य समेत घट्दै
सुनको मूल्य दोहोर्याएर घट्यो, चाँदीको मूल्य समेत घट्दै
सप्तरीको बोदेबरसाईन नगरपालिका-५ मा पानी निकास नहुँदा सडक अवरुद्ध
सप्तरीको बोदेबरसाईन नगरपालिका-५ मा पानी निकास नहुँदा सडक अवरुद्ध
सुर्खेतमा बाघको आक्रमणले ५७ वर्षीय महिलाको मृत्यु
सुर्खेतमा बाघको आक्रमणले ५७ वर्षीय महिलाको मृत्यु
इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटले जकार्ताको अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित
इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटले जकार्ताको अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित
झापाको भद्रपुरमा कटुवा पेस्तोलसहित होटल सञ्चालक पक्राउ
झापाको भद्रपुरमा कटुवा पेस्तोलसहित होटल सञ्चालक पक्राउ
काठमाडौँमा अपहरण र फिरौतीको घटनामा सात जना पक्राउ
काठमाडौँमा अपहरण र फिरौतीको घटनामा सात जना पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?