धरानमा २१० किलो गाँजासहित पाँच जना पक्राउ, नियन्त्रणमा लिन प्रहरीले गर्यो हवाई फायर
- सुनसरी ।
- धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
सुनसरी । धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा उनीहरूले गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरी नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह, भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खे छन्। यादव बा.१ च ५०३८ नम्बरको र शाह को.१ च ८१८२ नम्बरको स्कार्पियोका चालक रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आज बिहान करिब ३ बजे प्राप्त गोप्य सूचनाका आधारमा टोली च्यानडाँडा पुगेको थियो। त्यहाँ दुवै गाडीमा आठ वटा पोकामा राखिएको करिब २१० किलो गाँजा लोड भइरहेको अवस्थामा फेला परेको थियो।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






