singel post top banner

आर्थिक दबाबबीच मधेश सरकारले ४ करोडको विलासी गाडी किन्दै; टेन्डर आह्वान

belwo post title ad banner
अलका कुमारी अलका कुमारी
मंगलबार, आश्विन १३, २०८३
52 Views
आर्थिक दबाबबीच मधेश सरकारले ४ करोडको विलासी गाडी किन्दै; टेन्डर आह्वान
समाचार सारांश
  • जनकपुरधाम ।
  • मुलुक आर्थिक दबाबमा रहेका र रसुवामा आएको विनाशकारी बाढीपछि राहत तथा पुनर्निर्माणको आवश्यकता बढिरहेका बेला मधेश सरकारले करिब ४ करोड रुपैयाँ पर्ने विलासी गाडी खरिद प्रक्रिया अघि बढाएको छ ।

जनकपुरधाम । मुलुक आर्थिक दबाबमा रहेका र रसुवामा आएको विनाशकारी बाढीपछि राहत तथा पुनर्निर्माणको आवश्यकता बढिरहेका बेला मधेश सरकारले करिब ४ करोड रुपैयाँ पर्ने विलासी गाडी खरिद प्रक्रिया अघि बढाएको छ ।

श्रम तथा यातायात मन्त्रालयले गाडी खरिदका लागि भदौ २५ गते बोलपत्र आह्वान गरेको हो । चालु आर्थिक वर्षमा मन्त्रालयको शीर्षकमा चारपाङ्ग्रे सवारीसाधन खरिदका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको थियो । थप ५० लाख रुपैयाँ उपलब्ध गराउन मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र पठाएको छ ।

टेन्डर प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयसँग स्वीकृति मागिएको श्रम तथा यातायात मन्त्रालयका उपसचिव जयकुमार राउतले बताए ।

यसैबीच, अर्थ मन्त्रालयले विनियोजित बजेटबाट करिब ७ अर्ब रुपैयाँ घट्ने अनुमान गर्दै विभिन्न शीर्षकमा २० देखि १०० प्रतिशतसम्म कटौती गर्न मातहतका निकायलाई पत्राचार गरेको छ । केही शीर्षकको बजेट पीएलएमबीएसमा रोक्का गरिएको छ, जसमा सवारीसाधन खरिदको बजेट पनि परेको छ ।

तर, श्रम तथा यातायात मन्त्रालयका निमित्त सचिव रञ्जित यादवले चालु आर्थिक वर्षको बजेटमै अतिविशिष्ट अतिथिका लागि सवारीसाधन खरिद गर्न रकम विनियोजन भएकाले प्रक्रिया अघि बढाइएको बताए । उनका अनुसार गाडी खरिद प्रक्रिया अघि बढाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पत्राचार भएको थियो ।

अर्थ मन्त्रालयले अन्य सवारीसाधन खरिदका लागि बजेट रोक्का गरे पनि अतिविशिष्ट व्यक्तित्वका लागि खरिद गरिने गाडीको बजेट भने रोक्का नगरिएको दाबी गरेको छ । नयाँ गाडी राष्ट्रपति वा प्रधानमन्त्री मधेश भ्रमणमा आउँदा प्रयोग गर्ने उद्देश्यले खरिद गर्न लागिएको बताइएको छ ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अलका कुमारी साह
अलका कुमारी साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सुनवलको सगरमाथा होटलमा खाद्य स्वच्छता कमजोर, सुधार नभएसम्म सञ्चालनमा रोक
सुनवलको सगरमाथा होटलमा खाद्य स्वच्छता कमजोर, सुधार नभएसम्म सञ्चालनमा रोक
उदयपुरमा स्कुल बस र अटोको टक्कर, २ जनाको मृत्यु, ३ जना घाइते
उदयपुरमा स्कुल बस र अटोको टक्कर, २ जनाको मृत्यु, ३ जना घाइते
नवलपरासीमा सवारी दुर्घटना; स्कुटर चालकको मृत्यु
नवलपरासीमा सवारी दुर्घटना; स्कुटर चालकको मृत्यु
चन्द्रपुरमा महेन्द्र राजमार्ग खुल्यो: ग्यास बुलेट हटाइएपछि यातायात सञ्चालन
चन्द्रपुरमा महेन्द्र राजमार्ग खुल्यो: ग्यास बुलेट हटाइएपछि यातायात सञ्चालन
अस्ट्रेलियामा महिला सांसदलाई सदन प्रवेशमा प्रतिबन्ध, बुर्का लगाएर सदन जानेविरुद्ध विवाद
अस्ट्रेलियामा महिला सांसदलाई सदन प्रवेशमा प्रतिबन्ध, बुर्का लगाएर सदन जानेविरुद्ध विवाद
राष्ट्रपतिले निर्वाचन सफलताको लागि राष्ट्रिय एकता र जिम्मेवारीको महत्त्वमा जोड दिए
राष्ट्रपतिले निर्वाचन सफलताको लागि राष्ट्रिय एकता र जिम्मेवारीको महत्त्वमा जोड दिए
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
विराटनगरका व्यवसायी लालजीप्रसाद गुप्ता केशलिया खोलामा मृत फेला
विराटनगरका व्यवसायी लालजीप्रसाद गुप्ता केशलिया खोलामा मृत फेला
माचाला जेल हिंसात्मक दङ्गामा कम्तीमा ३१ कैदीको मृत्यु, अन्तरद्वन्द्व र सुरक्षा चासो बढ्यो
माचाला जेल हिंसात्मक दङ्गामा कम्तीमा ३१ कैदीको मृत्यु, अन्तरद्वन्द्व र सुरक्षा चासो बढ्यो
सर्लाहीमा दादुरा संक्रमण फैलिनास्‍कने, 8 हजार बालबालिकालाई विशेष खोप अभियान सुरु
सर्लाहीमा दादुरा संक्रमण फैलिनास्‍कने, 8 हजार बालबालिकालाई विशेष खोप अभियान सुरु
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?