singel post top banner

दक्षिण कोरियाले नेपाललाई भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्यो

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, भाद्र २१, २०८३
24 Views
दक्षिण कोरियाले नेपाललाई भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्यो
समाचार सारांश
  • काठमाडौं — दक्षिण कोरियाले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीपछिको पुनर्निर्माण प्रयासमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
  • आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनबीच भएको भेटवार्तामा उक्त इच्छा व्यक्त गरिएको हो।

काठमाडौं — दक्षिण कोरियाले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीपछिको पुनर्निर्माण प्रयासमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनबीच भएको भेटवार्तामा उक्त इच्छा व्यक्त गरिएको हो।

भेटका क्रममा, गत अगस्ट २६ मा भोटेकोशी नदीमा आएको भयानक बाढीपछि भइरहेको खोज, उद्धार, राहत कार्य र बेपत्ता कोरियाली नागरिकहरूको खोजीका विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। मन्त्री खनालले कोरियाली विपद् राहत टोली र अन्तरनिकाय र्‍यापिड रेस्पोन्स टोली पठाएकोमा कोरियाली सरकारलाई धन्यवाद व्यक्त गरे।

मन्त्री खनालले मानवीय सहायता र राहत सामग्री आपूर्तिका लागि प्रशंसा व्यक्त गर्दै, आगामी दिनमा विपद्‌ प्रतिरोधी, दिगो र बलियो पूर्वाधार निर्माण नेपालको मुख्य प्राथमिकता रहेको बताए। यसका लागि उनले कोरियाबाट निरन्तर सहयोगको अपेक्षा पनि व्यक्त गरे।

जवाफस्वरूप, कोरियाली परराष्ट्रमन्त्री चो ह्युनले नेपाललाई विपद् पुनर्निर्माणमा सहयोग गर्न कोरिया सरकार पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे। उनले जलवायु परिवर्तनका कारण नेपालजस्ता देशहरूले भोग्नुपरेको क्षतिका लागि विश्व समुदायको ऐतिहासिक जिम्मेवारी रहेको औंल्याउँदै, यस विषयमा कोप जस्ता विश्वव्यापी मञ्चहरूमा अन्य देशहरूलाई सचेत गराउन नेपाल र कोरियाले हातेमालो गर्नुपर्नेमा जोड दिए।

त्यसैगरी, नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउने आर्थिक सहयोगका विषयमा दक्षिण कोरियाले आफ्नो तर्फबाट आवाज उठाउने प्रतिबद्धता जनाए। दुवै मन्त्रीले लामो समयदेखिको मित्रता, आपसी विश्वास र सहकार्यमा आधारित द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्दै नयाँ उचाइमा पुर्‍याउन नजिकबाट काम गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

दक्षिण कोरियाका परराष्ट्रमन्त्री ह्युन तीनदिने भ्रमणमा नेपाल आएका हुन्। यस भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

पाल्पामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ
पाल्पामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
उपराष्ट्रपति यादवको भनाइ: जेनजी आन्दोलनले नेपालको नयाँ दिशा निर्धारण गर्‍यो
उपराष्ट्रपति यादवको भनाइ: जेनजी आन्दोलनले नेपालको नयाँ दिशा निर्धारण गर्‍यो
नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विनिमयदरमा परिमार्जन गरी नयाँ दर तोकेको घोषणा
नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विनिमयदरमा परिमार्जन गरी नयाँ दर तोकेको घोषणा
कञ्चनपुरमा नदीजन्य पदार्थको उत्खननमा असार १ देखि भदौ मसान्तसम्म रोक
कञ्चनपुरमा नदीजन्य पदार्थको उत्खननमा असार १ देखि भदौ मसान्तसम्म रोक
विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारंभ : नेपाल सरकारको यात्रु सुरक्षा र प्रवर्द्धनमा नयाँ पहल
विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारंभ : नेपाल सरकारको यात्रु सुरक्षा र प्रवर्द्धनमा नयाँ पहल
दोलखा जनकल्याण बहुउद्देश्यीय सकोसमा करोडौं हिनामिना; २४ घण्टा नबित्दै खड्काले तिरे ब्याजसहित १५ लाख ३९ हजार
दोलखा जनकल्याण बहुउद्देश्यीय सकोसमा करोडौं हिनामिना; २४ घण्टा नबित्दै खड्काले तिरे ब्याजसहित १५ लाख ३९ हजार
ओखलढुङ्गामा लुटपाट र हत्या: चार जनाको गिरोहलाई प्रहरीले पक्राउ, क्रूरतापूर्वक हत्या र लुटपाटका घटना सार्वजनिक
ओखलढुङ्गामा लुटपाट र हत्या: चार जनाको गिरोहलाई प्रहरीले पक्राउ, क्रूरतापूर्वक हत्या र लुटपाटका घटना सार्वजनिक
स्वयम्भूबाट पक्राउ परेका चिनियाँ नागरिक र नेपाली युवतीको साथबाट प्रहरीले १ करोड १० लाख बढी नगद र सुनका गहनाहरू बरामद, हुन्डी सम्बन्धी अनुसन्धान जारी
स्वयम्भूबाट पक्राउ परेका चिनियाँ नागरिक र नेपाली युवतीको साथबाट प्रहरीले १ करोड १० लाख बढी नगद र सुनका गहनाहरू बरामद, हुन्डी सम्बन्धी अनुसन्धान जारी
तिला गाउँपालिकाको जलविद्युत् आयोजना बन्द, उपकरण प्रयोगविहीन भएर लाखौँको क्षति
तिला गाउँपालिकाको जलविद्युत् आयोजना बन्द, उपकरण प्रयोगविहीन भएर लाखौँको क्षति
singel sidbar banner
singel sidbar banner 2