singel post top banner

सडक डिभिजन विराटनगरले तोड्यो दुई ठेक्का, ३० दिनभित्र वित्तीय फरफारक गर्न अल्टिमेटम

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, आश्विन २६, २०८३
195 Views
सडक डिभिजन विराटनगरले तोड्यो दुई ठेक्का, ३० दिनभित्र वित्तीय फरफारक गर्न अल्टिमेटम
समाचार सारांश
  • काठमाडौं ।
  • सडक डिभिजन विराटनगरले कामको प्रगति सन्तोषजनक नभएको भन्दै दुई निर्माण कम्पनीसँगका ठेक्का तोडेको छ।

काठमाडौं । सडक डिभिजन विराटनगरले कामको प्रगति सन्तोषजनक नभएको भन्दै दुई निर्माण कम्पनीसँगका ठेक्का तोडेको छ। डिभिजनले एम/एस हिम सगरमाथा–बी एन्ड बी–आर वान जेभी, काठमाडौं र एमएस कृष्ण निर्माण सेवा, सुनसरीसँगका ठेक्का रद्द गरेको हो।

हिम सगरमाथा–बी एन्ड बी–आर वान जेभीले महेन्द्र राजमार्गको इटहरी–मावा खोला पुल तथा इनरुवा–सखुवागाछी सडकखण्डको नियमित मर्मतको जिम्मा पाएको थियो। उक्त कम्पनीलाई कोशी राजमार्गको धरान–भेडेटार खण्ड मर्मत गर्ने जिम्मेवारीसमेत दिइएको थियो।

त्यस्तै, कृष्ण निर्माण सेवा, सुनसरीले मोरङको जरुवापानी होली कल्भर्ट निर्माणको ठेक्का पाएको थियो।

डिभिजनका अनुसार दुवै कम्पनीको मर्मत तथा निर्माण कार्यको प्रगति सन्तोषजनक थिएन। कार्यप्रगतिमा सुधार गर्न पटक–पटक मौखिक तथा लिखित निर्देशन दिँदा पनि काम अघि नबढेको र पेस गरिएको कार्यतालिकाअनुसार निर्माण कार्य नभएको कार्यालयले जनाएको छ। ठेक्का तोडेपछि कार्यालयले दुवै कम्पनीलाई ३० दिनभित्र सम्पर्कमा आई वित्तीय फरफारक गर्न अल्टिमेटम दिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन सुधार: ‘म्याजिक लाइट’ हस्तान्तरण
काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन सुधार: ‘म्याजिक लाइट’ हस्तान्तरण
गृहमन्त्री गुरुङले भने, कानुनभन्दा माथि कोही छैन, ओली र लेखकलाई पक्राउ गर्नुभएको हो
गृहमन्त्री गुरुङले भने, कानुनभन्दा माथि कोही छैन, ओली र लेखकलाई पक्राउ गर्नुभएको हो
मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् आज थपिने ४ मन्त्री
मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् आज थपिने ४ मन्त्री
नेपालमा जेन–जी आन्दोलन: भ्रष्टाचार, कुशासन र जवाफदेहिता अभावको परिणाम
नेपालमा जेन–जी आन्दोलन: भ्रष्टाचार, कुशासन र जवाफदेहिता अभावको परिणाम
हुथीले साउदी अरबको अबहा विमानस्थललाई ब्यालिस्टिक मिसाइल र ड्रोनद्वारा लक्षित
हुथीले साउदी अरबको अबहा विमानस्थललाई ब्यालिस्टिक मिसाइल र ड्रोनद्वारा लक्षित
पर्वतमा सुक्खा पहिरोले घर पुरिँदा ६५ वर्षीय आचार्य घाइते
पर्वतमा सुक्खा पहिरोले घर पुरिँदा ६५ वर्षीय आचार्य घाइते
मधेश प्रदेशमा मुख्यमन्त्रीको राजीनामापछि सरकार गठनको सङ्कट गहिरिँदै, कांग्रेस सर्वदलीय सरकारको तयारीमा
मधेश प्रदेशमा मुख्यमन्त्रीको राजीनामापछि सरकार गठनको सङ्कट गहिरिँदै, कांग्रेस सर्वदलीय सरकारको तयारीमा
नेपाल र किर्गिस्तानबीच भलिबल फाइनल आज कोलम्बोमा हुँदै, तेस्रो स्थानको प्रतिस्पर्धा पनि तय
नेपाल र किर्गिस्तानबीच भलिबल फाइनल आज कोलम्बोमा हुँदै, तेस्रो स्थानको प्रतिस्पर्धा पनि तय
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि घोषणा, आन्तरिक र अन्तर्राष्ट्रिय मूल्यमा वृद्धि
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि घोषणा, आन्तरिक र अन्तर्राष्ट्रिय मूल्यमा वृद्धि
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?